h

Biography

  • news

    महाकविको सङ्क्षिप्त जीवनी

    तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी देवकोटाका छ भाइ छोराहरूमध्ये लक्ष्मीप्रसाद देवकोटा साइँला छोरा थिए । लक्ष्मीप्रसादका सात जना दिदीहरू थिए । लक्ष्मीप्रसाद देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते शुक्रबार काठमाडौ, डिल्लीबजारमा भएको थियो । उनको न्वारानको नाउँ तिर्थमाधव देवकोटा हो । तर तिहारको लक्ष्मीपूजामा जन्मेका हुँदा उनलाई लक्ष्मीप्रसाद भनियो । देवकोटा जन्मेदेखि...

  • news

    सुदूर पूर्वमा उदाएका ज्योति – गणेशबहादुर राई

     ~ देवराज राई ~ आफ्नो जीवनको अधिकांश समय ताप्लेजुङको हाङपाङमा बिताएर त्यस क्षेत्रको शैक्षिक र समाजिक विकासमा अमूल्य योगदान दिनु भएका विद्वान साहित्यकार, शिक्षासेवी गणेशबहादुर राई जहाँ बसे पनि नेपाली भाषा, साहित्य, संस्कृतिको माया गर्नुपर्छ भन्ने विचार व्यक्त गर्नु हुन्थ्यो र उहाँले जहाँजहाँ पाइला टेक्नुभयो ती ठाउँहरुमा नेपाली भाषा, साहित्य र शिक्षालाई मलजल अनि गोडमेल...

  • news

    महासमालोचक वासुदेव त्रिपाठीको जीवनी

    © नरेन्द्रराज प्रसाई ••• नेपाली भाषासाहित्यका वरिष्ठ व्यक्तित्व वासुदेव त्रिपाठीले समालोचकका रूपमा प्रसिद्धि पाएका छन् । उनका आलोचनात्मक लेखहरूको सङ्ग्रह ‘नेपाली कविताको सिंहावलोकन’ले नेपाली साहित्यको पटभूमिमा अतुलनीय स्थान ओगटेको छ । आफ्ना आलोचनामा सकारात्मक मत दिन सिपालु त्रिपाठीले विविध विधा र कृतिहरूको समीक्षामा आफ्नो कलम चलाए तापनि नेपाली कविताको...

  • news

    नेपाली साहित्यका महारथीः डा. इन्द्रबहादुर राईको जीवनी

    ©नरेन्द्रराज प्रसाई ••• राईको जन्म र शिक्षाः नेपाली साहित्यका महारथीहरूमध्ये एक इन्द्रबहादुर राई दार्जिलिङको बालसन खोलाको बगरमा १९८४ साल माघ १७ गते जन्मेका थिए । रणवीर राई तथा हस्तमाया राईका जेठा छोरा इन्द्रबहादुर राई. बाल्यकालदेखि परिश्रमी थिए । पढेर रूपनारायण सिंहजस्तो वकिल बन्नुपर्छ. भनेर यिनलाई सधैँ प्रेरित गरिन्थ्यो । रूपनारायण सिंहकै प्रेरणाले उनी धेरै....

  • news

    एउटी विद्रोही प्राज्ञ : प्रेमा शाह

    - नरेन्द्रराज प्रसाई ★ म सूर्यसँग सम्भोग गर्छु ★ आउ मलाई सम्भोग गर ! प्रेमा शाहको जन्म: प्रेमा शाहको जन्म संवत् २००२ असार १६ गते शुक्रबार वीरगन्जको श्रीपुरमा भएको थियो । यिनको चिनाको नाउँ गिरिराजलक्ष्मी शाह थियो । प्रेमा शाहको जन्म भएपछि यिनलाई उनका बुबा पूर्णेन्द्रविक्रम शाह तथा आमा अरुणा शाहको न्यानो काखबाट अलग्याइयो । अर्थात् जन्मेको चौध दिनमा उनलाई...

  • news

    लिम्बुनी बडीको सेवा

    बिष्णुमाया आङबुहाङ लिम्बुनीको नाउँ लिन पनि भाग्य चाहिन्छ । आज म मेरो त्यही भाग्यप्रति गौरवी छु । किनभने पूर्वी पहाडकी एउटी महामनाबारे केही शब्द लेख्ने मलाई आज मौका जुरेको छ । बिष्णुमाया आङबुहाङ लिम्बुनीको नाउँ मैले बाल्यकालमा नै सुनेको थिएँ । वारी हाङपाङबाट पारी चाँगेको नेशम देखाएर मेरी आमा भागीरथा प्रसाई भन्ने गर्थिन्- "पुल थाप्ने लिम्बुनी बडीआमाको घर त्यतै हो ।...

  • news

    राष्ट्रिय विभूति: महागुरू फाल्गुनन्दको जीवनी

    फाल्गुनन्दले आफ्नो जीवन सङ्घर्षको निष्कर्षमा जातीय सुधार गरे । अनि उनले आफ्नो चोलामा अध्ययन गरेको सम्पूर्ण शास्त्रीय परम्परालाई पनि चालेर, केलाएर र खारेर लिम्बु संस्कृतिको मर्यादाका लागि अघि सारे । उनले लिम्बुहरुको कल्याणका लागि क्रान्तिकारी कदमहरू चालेका थिए । फाल्गुनन्द मानवतावादी थिए । तर उनी मानवपूजारी मात्र पनि थिएनन् । किनभने उनी सृष्टिका जीवजन्तुलाई पनि...

  • news

    विदुषी बुलु शर्माको कथा

    बुलु शर्मा सत्याल संवत् १९८५ भदौ २२ गते बनारसको नामी रामपुराको नेपाली कोठीमा जन्मेकी थिइन् । शर्माका अनुसार त्यस घडी बनारसमा त्यो घर नेपाली कोठीका रूपमा प्रख्यात थियो । जमिनदार शारदाप्रसाद उपाध्याय र सुशीला उपाध्यायकी छोरी शर्माले त्यसै घरमा कखरा पढिन् । धनीकी छोरी भए तापनि उनले लगातार स्कुल गएर पढ्न पाइनन् । सात कक्षा पढ्दापढ्दै यिनले फेरि स्कुल छाड्नुपरेको थियो...

  • news

    एउटा शक्तिशाली गायकको कथा: हामीलाई एक्लै छाडी पन्नाकाजी पनि हिंडे

    *** तिरिरी मुरली बज्यो बनैमा लौ माया नमारे कसको यो सम्झना मेरो मनैमा लौ माया नमारे । (स्वर : पन्नाकाजी, सङ्कलन : सरोजकुमार शाक्य) नेपाली सङ्गीतका शिखरमध्ये एउटा अर्का विशष्टि शिखर अथवा भनौं पन्नाकाजी शाक्य पनि अब हामीबाट विदा भए । २०७३ सालको माघ १२ गते एकाबिहानै यस धर्तीबाट उनको भौतिक चोला उठ्यो । पन्नाकाजी पुरानो पुस्ताका सङ्गीत श्रोताहरूको अत्यन्तै मन पर्ने नाउँ हो । उनी...

  • news

    सौतेनी आमाले हेप्ता क्रिश्चियन बनेका : पादरी गङ्गाप्रसाद प्रधानको जीवनकथा

    पादरी गङ्गाप्रसाद प्रधान नेपाली भाषा भनेपछि प्राणको पनि बाजी मार्थे । नेपाली बोलीमा उनको मोह जोडिएको थियो । रूपनारायण प्रधान तथा राजमती प्रधानका छोरा गङ्गाप्रसाद प्रधानको जन्म १९०८ असार २२ गते ठंहिटी, काठमाडौंमा भएको थियो । गङ्गाप्रसाद सानो हुँदा उनकी आमा स्वर्गीय भइन् । रूपनारायण काठमाडौंको हनुमान ढोका दरबारमा द्वारे थिए । श्रीमती खसेपछि उनी काठमाडौंमा टिक्नै सकेनन्...

  • news

    डा. लक्ष्मीनारायण प्रसादको जीवनकथा - आँखा, कान, नाक र घाँटीका पहिलो विशेषज्ञ

    नरेन्द्रराज प्रसाई ~~~ डा. लक्ष्मीनारायण प्रसाद नेपाली धरामा मन, वचन र कर्ममा समर्पित नाउँ हो । उनी समाज सेवाका फाँटमा एक जना सुपरिचित व्यक्तित्व थिए । डा.द्वारिकाप्रसाद श्रीवास्तव र आमा सुनैनादेवीका सुपुत्रका रुपमा लक्ष्मीनारायणको जन्म १९८६ साल माघ ५ गते रौतहटमा भएको थियो । अनि उनको बिवाह उन्नाईस वर्षको उमेरमा किरणमइदेवीसँग भएको थियो । समाजसेवामा जुट्ता डा.प्रसाद...

  • news

    संस्कृतिमा फैलिएकी भारती खरेल

      - नरेन्द्रराज प्रसाई   भारती खरेल एउटी प्रतिभासम्पन्न कवयित्री हुन् । खरेल उपन्यासलेखनमा पनि स्थापित नाउँ हो र कथा, नाटक एवम् निबन्धलेखनका फाँटमा पनि उनले आफ्नो सृजनात्मक हैसियत कायम गरेकी छन् । खरेलले आफ्नो साहित्यिक यात्रामा हिँड्दै जाँदा २०४६ सालमा 'एउटी आमाको कथा' नामक सामाजिक उपन्यास लेखिन्, फेरि उनले २०४६ सालमा 'गङ्गा जमुना' नामक अर्को सामाजिक उपन्यास...

  • news

    कहाँ दुक्छ घाउ - हरिभक्त कटुवाल

    कतिकति आँखाहरु बाटो छेक्न आँउछन् परेलीमा बास माग्न कति आँखा धाँउछन् ।     हरिभक्त कटुवाल जति रसिक थिए त्यति नै पीडादायी जिन्दगी भोग्ने क्रममा पनि बाँधिएका थिए । उनी हाँस्ता पनि रुन्थे र रुँदा पनि हाँस्थे । उनी प्रकृतिप्रेमी कवि थिए तर प्रकृतिले उनलाई धोकैधोका दिएको थियो । यति हुँदाहुँदै पनि नेपाली भाषासाहित्य संसारमा उनी चिरञ्जीबि भए । उनलाई धेरैले माया गरे ।...

  • news

    बालकृष्ण समको सङ्क्षिप्त परिचय

    समरशमशेर तथा कर्ीर्तिराज्यलक्ष्मी राणाका सुपुत्र बालकृष्णशमशेर जबराको जन्म १९५९ साल माघ २४ गते काठमाडौंको ज्ञानेश्वरमा भएको थियो । बालकृष्ण समले दरबार हाइस्कुलमा दशौं कक्षासम्मको अध्ययन गरेपछि कोलकाताबाट म्याटि्रक गरे । त्यसपछि उनले त्रिचन्द्र कलेजमा विज्ञान पढेे । त्यसै बखत उनी सैनिक सेवाको कप्तानमा पनि प्रवेश भए । लेफ्टिनेन्ट कर्र्णोल भएपछि बालकृष्णले सैनिक सेवा...

  • news

    नेपालको कला र पुरातात्विक विषयलाई अन्तराष्ट्रिय जगतमा थप चिन्हाउने नेपालका गौरवः लैनसिंह वाङ्देल

     लैनसिंह वाङ्देलको जन्म १९८१ साल पुस ७ गते दार्जीलिङको तकभर चिया कमानमा भएको थियो । उनी रङ्गलाल र्राई र विमला र्राईका कान्छा छोरा थिए । रङ्गलाल र्राई भन्नु त्यहाँ सिकर्मीको काम गर्थे र पछि उनी चिया कमानको क्लर्क भए । साथै आमा विमला र्राईचाहिँ लैनसिंह जन्मेको डेढ वर्षा नै स्वर्गीय भइन् । वाङ्देल सानैदेखि जेहेन्दार थिए । उनले दार्जीलिङ हाइस्कुलमा पढे । म्याटि्रक पास...