h

News

‘भाग्यले बाँचेकाहरू’ हङ्कङमा प्रदर्शन हुँदै

2016-09-24

news

काठमाडौँ, 23 Sep 2016 । नेपालको विनाशकारी भूकम्पमा परी चमत्कारिक रूपमा नयाँ जीवन पाएका नेपालीको कथामा तयार पारिएको चर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरू’ हङ्कङमा पनि प्रदर्शन हुने भएको छ । हङ्कङमा प्रदर्शन हुन लागेको यो पहिलोपटक हो ।

 लमजुङ सेवा समिति हङ्कङको आयोजनामा आगामी अक्टोबर २ तारिख आइतबारका दिन युनलोङ टाउन हलमा हुन लागेको प्रदर्शनमा हङ्कङ र मकाउका नेपाली समुदायको उपस्थिति हुने समितिका अध्यक्ष सरोज गुरुङ (खम)ले बताउनुभयो ।

 प्रदर्शनीबाट सङ्कलित रकम लमजुङको सदरमुकाम बँेसीसहरमा सहजी फुटबल मैदान निर्माणका लागि सहयोग गर्ने लमजुङ सेवा समितिका सचिव सुरेन्द्रमान घलेले बताउनुभयो । विश्वका ३२ वटा देशका ६५ वटा भन्दा बढी अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शनीका लागि छनोट भइसकेको छ ।

 शारदा गैरेको निर्माण, कुमार शाहको सम्पादन, विनोद विष्टको छायाङ्कन, जुगल डङ्गोलको सङ्गीत संयोजन तथा सम्राट मुभिजको पोस्टप्रडक्सनमा बनेको डकुमेन्ट्रीमा धरहरा ढल्दै गरेको प्रत्यक्ष भिडियोदेखि वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परेर चमत्कारिक रूपमा नयाँ जीवन पाएका नौजना नेपालीको कथालाई पर्दामा उतारिएको छ । - रासस

Comment

Related News