h

News

टीकापुर घटनामा संलग्नलाई आममाफी नदिन माग

2016-09-26

news

काठमाडौँ, ९ असोज । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत वर्ष कैलालीको टीकापुरमा घटेको घटनामा संलग्न अपराधी तथा आरोपीलाई आम माफी नदिन माग गरेको छ ।

सङ्गठनले सरकारद्वारा सो घटनामा संलग्नलाई आममाफी दिने तयारी गरेकोमा सोको विरोधमा आज माइतीघरमा प्रदर्शन गरी सो माग गरेको हो । त्यसैगरी, उक्त घटनामा संलग्नलाई कारबाहीको माग गर्न २४ घन्टे अल्टिमेटम पनि दिइएको छ ।

सङ्गठनका अध्यक्ष नवीना लामाले सरकार सबैको अभिभावक भएकाले उक्त घटनाका पीडितलाई पीडा दिनेगरी निर्णय नगर्न आग्रह गर्दै यसले मुलुकमा दण्डहीनता मौलाउने बताउनुभयो ।

सङ्गठनको सचिवालय सदस्य नारायण घर्तीका अनुसार मुलुकमा सामाजिक सद्भाव बिगार्न सुनियोजित तरिकाले घटाइएको सो जघन्य घटनाका अपराधीलाई सरकारले माफी दिएमा त्यसका विरुद्ध सङ्गठनले सशक्त कार्यक्रम गर्नेछ । गत वर्ष संविधान जारी हुन केही दिन अगाडि घटेको सो घटनामा वरिष्ठ प्रहरी उपरीक्षक लगायतका प्रहरी तथा दुई वर्षीय बालकसहित धेरै मानिसको हत्या भएको थियो । रासस

Comment

Related News