h

News

‘द स्पोन्सर’को एक्रेलिक पेन्टिङ पोस्टर सार्वजनिक

2016-10-01

news

प्रणय लिम्वु निर्देशित चलचित्र ‘द स्पोन्सर’को एक्रेलिक पेन्टिङ पोस्टर आज आइतवार अनामनगरस्थित मण्डला थिएटरमा अनवरण गरिएको छ । चित्रकार साजिद शाक्यले उक्त पोस्टर अनवरण गरेका हुन् ।
प्रदशोन्मुख यो चलचित्र प्रणय लिम्वुले निर्देशन गरेका हुन्, जसले यसअघि ‘इतिहास जित्नेहरुका लागि’ वृत्तचित्र वनाएका थिए । आरबिए फिल्म्सको व्यानरको द स्पोन्सर रुद्रवहादुर गुरुङले निर्माण गरेका हुन् ।
तीन घण्टा लामो चलचित्र पूर्वी नेपालको सप्तकोसी किनारमा वस्ने एक टुहुरी कौशिकाको वरीपरी घुमेको वताइन्छ । माछा मारेर जीविका धान्ने पारिवारिक पृष्टभूमीकी कौसिका कसरी अमेरिका पुग्छिन्, के उनको दुखका दिनहरु अन्त्य हुन्छ ?
चलचित्रमा प्रविण खतिवडा, ग्रीष्मा नेपाल, कामेश्वर चौरासिया, एलिना श्रेष्ठ, रेखा कर्ण, रमेश्रञ्जन झा, रामभजन कामत, सुरेश नेपाल आदिको अभिनय रहेको वताइन्छ । द स्पोन्सरको प्रिमियर आगमी मंसीर दोस्रो साता हङकङस्थित युन लङ थिएटरमा हुने निर्माता गुरुङले वताए । पोडे आर्ट सोसाइटी, हङकङको आयोजनामा हुने उक्त प्रिमियरमा नेपालीका साथै चिनिया फिल्मकर्मी समेत उपस्थित हुने उनको भनाई छ ।
 

Comment

Related News