h

News

महिला क्रिकेट टोलीलाई जनही रु पच्चीस हजार दिइने

2016-10-20

news

 काठमाडौँ, ३ कात्तिक । हङ्कङमा भएको आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा दोस्रो स्थान हासिल गरेको नेपाली महिला क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही रु २५ हजार दिने घोषणा गरेको छ ।
युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले टोलीलाई बधाइ ज्ञापन गर्दै प्रोत्साहन स्वरुप उक्त रकम दिने घोषणा गर्नुभएको हो ।  उहाँले एसिया कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेमा अझ सम्मान गर्ने प्रतिबद्वतासमेत व्यक्त गर्नुभयो ।

 विश्वकप क्रिकेटको अन्तिम छनोट खेल्ने अवसर नपाए पनि नेपाल एसिया कप क्रिकेटका लागि भने छनोट भएको थियो । डबल राउन्ड रोविन लिगका आधारमा खेलाइएको उक्त प्रतियोगितामा नेपाली महिला टोलीले दोस्रो स्थान हात पार्दै एसिया कपमा स्थान पक्का बनाएको हो ।

उक्त प्रतियोगितामा ६ खेल खेलेको नेपालले तीन खेलमा जित तथा तीन खेलमा हार व्यहोरेको थियो । रासस

Comment

Related News