h

News

फिलिपिन्सका राष्ट्रपतिद्वारा अमेरिकासँगको सहकार्यबाट ‘पृथक’ बनेको घोषणा

2016-10-20

news

बेइजिङ (चीन), ४ कात्तिक । चीन भ्रमणमा रहनुभएका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले फिलिपिन्स लामो समयदेखि अमेरिकाको सहयोगी रहँदै आएको चर्चा गर्दै आफ्नो मुलुक अमेरिकासँगको सहकार्यलाई अन्त्य गरेको घोषणा बिहीबार गर्नुभएको छ ।

“म अमेरिकासँग रहँदै आएको सहकार्यबाट ‘पृथक’ भएको घोषणा गर्दछु,” फिलिपिन्सका राष्ट्रपति डुटेर्तेले एक कार्यक्रमबीच बताउनुभयो । डुटेर्तेले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई तियानमिनस्थित स्क्वाएर ग्रेट हल अफ द पिपुल्समा भेटेपछि अमेरिकासँगको सहकार्य अन्त्य भएको घोषणा गर्नुभएको हो ।

चिनियाँ राष्ट्रपति सी र फिलिपिन्सका राष्ट्रपति डुटेर्तेबीच आगामी दिनमा दुई छिमेकीबीचको विश्वासलाई थप मजबुत एवम् मैत्रीपूर्ण बनाउँदै अघि बढ्ने र सामुद्रिक सिमानामा देखिने विवादलाई वार्ताद्वारा कम गर्दै जाने विषयमा छलफल भएको फिलिपिन्सले बताएको छ ।

यसैबीच अमेरिकी अधिकारीले भने फिलिपिन्सद्वारा अमेरिकासँगको सहकार्य अन्त्य गर्ने सम्बन्धमा कुनै औपचारिक पत्राचार नभएको जनाएको छ । रासस/सिन्ह्वा

Comment

Related News