h

News

वाल गायिका प्रीशा श्रेष्ठको 'प्रीशा' सार्वजानिक

2016-11-10

news

-- Anuz Kulung / Nepal
वाल गायिका प्रीशा श्रेष्ठको 'प्रीशा' एल्वममा समाविष्ट 'टुक्रिएको देश हैन हो मलाई सिङ्गै  नेपाल चाहिन्छ' वोलको राष्ट्रिय भावनाले ओतप्रोत गीतको  म्यूजिक भिडियो सार्वजनिक  भएको छ। जसमा गीतकार प्रकाश सुवेदीको शव्द,वसन्त सापकोटाको संगीत र साहश शाक्यको संगीत संयोजन रहेको छ भने सो गीतमा प्रीशालाई गायनमा स्वरूपराज आचार्यले समेत साथ दिएका छन् ।

विभिन्न वर्ग,समूदाय,जात जाति र दलहरुमा एक आपसमा मतभिन्नता आउॅदा देश भावनात्मक रुपमा टुक्रिने हुनाले सवै जनाले एक अर्काको संस्कृतिलाई आत्मसात गर्दै मिलेर वस्नुपर्छ भन्ने भाव गीतकार प्रकाश सुवेदीले प्रस्तुत गरेका छन्।

हामी हिमाल,पहाड,तराई जो जहारहे पनि केवल नेपाली भएको हुंदा सवैमा नेपाली मन र नेपालीपन हुनुपर्छ । विभिन्न कारणले एक आपसमा सृजित सामाजिक,सांस्कृतिक र राजनीतिक दरारहरुलाई एकताको भावले हटाउदै जानुपर्छ भन्ने मूल मर्म गीतले वोकेको छ ।

पोखरा,वन्दिपुर र काठमाण्डौका विभिन्न स्थानमा छायाङ्कन गरिएको उक्त गीतको  म्यूजिक भिडियोको निर्देशन रमेश वावा नेपाल,छायाङ्कन अजय रेग्मी र सम्पादन प्रकाश तुलाधरले गरेका छन् । भिडियोमा विभिन्न पर्यटन,सांस्कृतिक,धार्मिक र सामाजिक महत्वलाई  दर्शाउन खोजिएको छ।

Comment

Related News