h

News

केशर माङयुङको नयाँ गीत ः भिडियो सार्बजनिक

news

बाह्र वर्ष मलेसियामा बिताएर नेपाल आई  “परिवेश” एल्बमको तयारी गरिरहेका गीतकार केशर माङयुङको नयाँ गीति भिडियो जसलाई तिमी माया गर्छौ सार्बजनिक भएको छ ।  नेपाली संगीत क्षेत्रमा उदाउँदै गरेको पछिल्लो संगीतकार तथा गायक अनुज कुलुङको संगीत र स्वरमा यो गीत एल्बमका रुपमा आउन लागेको हो । अनुजको यो अघि आफ्नै स्वरमा पछ्यौरीले मुख छोप्दै भन्ने गीत अनुरोध एल्बममा डेब्यू गरेपछिको दोश्रो गीत हो ।

केशर माङयुङकै शब्दमा परिवेश एल्बमको लागि झारिसके आँशु मैले, तिमीसँग केहि कुरा, रामनवमी बजार आउनु है माया, आमा बोलको गीतहरु रेकर्ड भै भिडियो पनि तयार भैसकेको गीतकार केशर बताउँछन्। आम मानिसको जीबन भोगाईलाई गीतमा समेट्दै नाम र दामकोलागि भन्दा पनि आफ्नो आत्मसन्तुष्टिको लागि गीत संगीत क्षेत्रमा लागेको बताउछन् आफुलाई ।
यो गीतलाई राज चाम्लिङले भिडियो निर्देशन गरेका हुन् भने खगेन्द्र पन्धाक लिम्बुले सम्पादन गरेका हुन् । भिडियोमा गीतकार केशर माङयुङ, युनिशा राई, अभिषेक केरुङ, दीपा योङहाङले मोडलिङ गरेका छन् । निर्माता शान्ता योङहाङले यो गीतलाई निर्माण गरेका छन् ।

Comment

Related News