h

News

प्रा. डा. कृष्णहरि बराल दुबाईमा सम्मानित

news

२४-१२-०१६,
यूएइ / विश्व नेपाली साहित्य महासंघ, यूएई शाखाले प्रा. डा. कृष्णहरि बराललाई नेपाली साहित्यमा पुर्याउनु भएको योगदानको उच्च मूल्याँकन गर्दै एक गजल लेखन विषयक अन्तर्कृयात्मक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । उक्त कार्यक्रममा निश्चल, पिएस लिम्बूद्वारा लिखीत गजलसंग्रह "सिसिफस जीवन" को समिक्षा कवि समदर्शी कॉइलाले गरेका थिए भने सृजना वाचन डबली, यूएईले पनि सोही अवसरमा डा.बराललाई सम्मान गरेका थिए ।

प्रा डा बराल प्रमुख अतिथि रहेको कार्यक्रम विश्व नेपाली साहित्य महासंघ, यूएई शाखाका कार्यवाहक अध्यक्ष सरोज पहाङ्गोको अध्यक्षतामा भएको थियो । उक्त कार्यक्रम (उनि) उमेश राई र निमेश गिरीले संयुक्तरुपमा सन्तालन गरेका कार्यक्रमका अतिथिहरुमा कवि समदर्शी कॉइला, गजलकार/कवि निश्चल, पिएस लिम्बू, कवि तारा बलाल, गीत/ग़ज़लकार दलबीरसिं बराइली "घायल", ग़ज़लकार टक गुरुङ, ग़ज़लकार/पत्रकार जे सागर पत्रकार उनाकान्त पाण्डे आदि थिए ।

डा. कृष्णहरि बराल 9th NEFTA Award 2072 मा समारोहकोलागि दुबाई आउनु भएको अवसर पारी यो कार्यक्रमको आयोजना गरिएको थियो ।

Comment

Related News