h

News

हङकङमा नेपाली भाषा, साहित्य र संस्कृति सप्ताहको रौनक

news

- डिसेम्बर २६, २०१६
नेपाली समाजको आधार नेपाली भाषा साहित्य संस्कृति भएकोले भाषा, कला, साहित्य, संस्कृति जाति पहिचानको आधार मानेर यसलाई संस्थागत गर्दै  यसकै आधारमा नेपाली एकता र समृद्धिलाई बढावा दिँदै लैजाने उद्देश्यले हङकङमा ‘नेपाली भाषा साहित्य संस्कृति सप्ताह २०१६’ कार्यक्रम विगत वर्षहरुमा जस्तै भव्यरुपमा आयोजना भइरहेको छ ।

हङकङका नेपाली समुदायको सहभागीतामा डिसेम्बर २६ तारिखका दिन शोभायात्रामा झाँकी प्रदर्शन गरियो । यहाँका विभिन्न प्राथमिक, माध्यमिक, उच्चतर माध्यमिक तथा प्रिन्सिपल, भाइस प्रिन्सिपल, शिक्षक, नेपाली विधार्थीहरु तथा तिनको अभिभावकहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, पत्रकार, जिल्ला पार्षदहरु स्थानीय जननेताहरुको साथमा युनलङको घडी पार्कदेखि यावसान स्ट्रीट, होपयिक रोड, म्यानह्याटन प्लाजा, ताइतोङ रोड, काउयुक रोड तथा मातिन रोड हुँदै युनलङ परिक्रम गरी युनलङ टाउनहल पुगेको थियो ।

विभिन्न जातीय संस्कृतिको योग नै नेपाली संस्कृति भएको यथार्थलाई आधार मानी हङकङ नेपाली समुदायभित्रका जातीय संस्कृति झल्कने भेषभुषा, नेपाली बाजागाजाहरु यात्रभर प्रदर्शन गरिएको थियो । शोभायात्रामा नेपाली हृदय नजीकका नेपाली समुदायहरुलाई एकता प्रदान गर्ने नेपाली धुनहरु बजाइएका थिए । विभिन्न जातीय गीतहरु समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा विभिन्न विद्यालयका साथ नेपाली संघसंस्थाले समेत सहभागीता जनाएको थियो । हङकङ जस्तो भव्य ट्राफिक व्यस्तता हुने प्रमुख बाटाहरुमा प्रहरी तथा ट्राफिकहरुले यातायात ठप्प बनाइ दिएका थिए ।

याात्राभर कला संस्कृतिमा धनी संस्थाहरु किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, नेवार समाज, हेभेन्लीपाथ हङकङ, बृटिश गोर्खा भूतपूर्व सैनिक संघ, भारतीय गोर्खा भूतपूर्व गोर्खा सैनिक संघ लगायतका विभिन्न नेपाली संघसंस्थाहरुको प्रतिनिधिहरुले जातीय धुन तथा नृत्य, बाजागाजाहरु आकार्षक रुपमा प्रस्तुत गरको थिए । शोभायात्रामा पीएच सेन्ट्रल प्राइमरी स्कुल, बेथल हाईस्कुल, ड्वीट ओन वल्ड स्कुल (अनलाईन स्कुल), आईकेटीएमसी माध्यमिक विद्यालय, सीएमए माध्यमिक विद्यालय, म्याडम लाउ माध्यमिक विद्यालय, लि पो चुन वल्ट कलेजका प्रिन्सिपल, शिक्षक, विधार्थीहरु समेत शोभायात्रामा सहभागी थिए ।

नेपालका प्रमुख जातजातिहरुको भेषभूषा सजिएका विधार्थीहरु तिनका अभिभावकहरुले माहोल नेपालीमय बनाएका थिए । शोभायात्रा पछि किरात याक्थुङ चुम्लुङ, स्थानीय ब्यागपाइपर, विधार्थीहरुले विभिन्न झाँकी एवं साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा किसन राईले स्वागत मन्तव्य, अमोद राईले कार्यक्रम बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा मिलन राईले सेतो पुतली अभियानको बारेमा प्रकाश पारेका थिए । पशन तमूले कार्यक्रममा आयोजकका तर्फबाट धन्यवाद् व्यक्त गर्नु भएको थियो ।

नेपाली सप्ताहको उद्घाटन समारोह बेथल हाईस्कुलमा भएको थियो । २५ तारिखका दिन सम्पन्न कार्यक्रममा विधार्थीहरुको संगोष्ठि, विविध साँस्कृति कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । कलाकार मिलन राईको सेता पुतलीहरु समेत प्रदर्शनी गरिएका थिए ।

नेपाली सप्ताहको अन्यकार्यक्रमहरु

२७ डिसेम्बर
भूपी – वाङदेल जयन्ती एवं साहित्यिक कार्यक्रम
आईकेटीएमसी समय ः १ः३० बजे

२८ डिसेम्बर
वीर गोर्खाहरुको सम्झनामा सेता पुतलीहरु
गोर्खा समाधिस्थल सानतिन
समय ः ११ बजेदेखि १ बजेसम्म

३० डिसेम्बर
विधार्थी सम्मान एवं पुरस्कार वितरण समारोह
स्थान चाईनीज युनिभर्सिटी हङकङ
समय ः ५ बजे

नेपाली सप्ताहको आयोजना हङकङ नेपाली कला मन्दिर, नेपाली भाषा तथा साहित्य परिषद्, गोर्खा सेमेइट्रीज ट्रष्ट तथा यसको संयोजन हङकङ नेपालीज फाउण्डेशनले गरेको छ । कार्यक्रमलाई नेपाल एयरलाइन्सले प्रायोजन र सेन्ट जोसेफ सोसियल सर्भिस सेन्टर र द चाईनीज युनिभर्सीले कार्यक्रममा साथ दिएको छ ।

Comment

Related News