h

News

वोझ नहोस् मेरो माया-- Music Video

2016-12-28

news

वोझ नहोस् मेरो माया वाधा पनि नहोस् भन्छु
जुन दिन मनले पराई ठान्छ हासी हासी छुटौं भन्छु

वरिष्ठ गीतकार दिनेश अधिकारीको शव्द र कर्ण्प्रिय स्वरका धनि गायक कर्णदासको स्वरर संगीतमा रहेको ’वोझ नहोस् मेरो माया......वोलको गीतको भिडियो भर्खरै म्यूजिक नेपालको युट्यूव च्यानल वाट सार्वजनिक भएको छ ।

विनोद केसीको छायाङ्कन, सुरेश राउतको सम्पादन, भानु वरालको निर्देशन र भानु वराल,उमेश खड्का र अम्विका प्रधानको अभिनय रहेको उक्त भिडियो अष्ट्रेलियाका विभिन्न स्थानमा नेपासेल नामक संस्थाको सहयोगमा छायाङ्कन गरिएको छ ।
यदि प्रेमीप्रेमिका या श्रीमान्/श्रीमती विभिन्न कारणले  एक आपसमा मिलेर बस्न या विछोडिने अवस्था आयो भने पनि पछिसम्म साथीको सम्वन्ध रहने तरिकाले छुट्न सक्नुपर्छ भन्ने भाव गीतमा दर्शाइएको छ ।

Comment

Related News