h

News

शप्तकोशीमा जोखिम मोल्दै २० करोडको बांस व्यापार

news

सप्तकोशी नदीमा बार्षिक २० करोड रुपैया भन्दा बढीको वासको घाना वग्ने गरेको धेरैलाई पत्यार नलाग्न सक्छ । ती बांस वगेपनि सुनसरीको चतरासम्म मात्र वगाउने गरिएको छ । उदयपुरको घारे, धनकुटाको छिन्ताङ, भोजपुरको अख्वाटार, हसनपुर, हलुदेटार, उदपयुरको मैनामैनी, मैयुटार, हिन्दुला, भोजपुरको दुम्बाना खोटाङबाट ती बांसका घानाहरु सुनसरीको चतरा नजिकै रहेको तेह्र आरडी र मसानघाटसम्ममात्र ल्याइपु¥याएपछि डिपो गर्ने गरिएको छ ।

एकैपटक धेरै बांस एकपसमा चोयाले बांधेर मान्द्रोजस्तो चौडा र नडुव्ने बनाएपछि  शप्तकोशीमा सरदर एक देखि दुइदिन समय लगाएर हेलाउदै ल्याउदा ‘एडभेन्चर’ व्याबसाय गरेको अनुभव गर्दै आएका छन् बांसका व्यापारीहरु ।
बांस ढुवानी गर्न सडक र यातायातको पहुच नपुगेका क्षेत्रमा सवैभन्दा बढी गुणस्तरीय बांस पाइने भएकाले व्यापारीहरुले ती क्षेत्रवाट जोखिम मोलेर सप्तकोशी नदीमा वास हेलाउदै नदीलाई ढुवानी गर्ने माध्यम बनाएका छन् । व्यापारीहरुका अनुसार बार्षिक पाच लाख घाना बांस दुइदिनसम्म कोशीमा हलाउदै चतरा ल्याउने गरिएको छ । पहाडमै प्रतिघाना सयरुपैया भन्दा बढी पर्छ । सुनसरी, मोरङ, झापा र काठमाडौं पुग्दा ती बांस प्रतिघाना तीन सय रुपैया पुग्छ ।

बांसका व्यापारीहरुका अनुसार चतरासम्म ल्याइपु¥याएका ती बांसलाई किनारमा डिपो गरेपछि ट्रकमा लोड गरेर झापा, मोरङ, सुनसरीदेखि काठमाडौ पु¥याइने गरेको छ । शप्तकोशी आसपासका पहाडी जिल्लाहरु भोजपुर, उदयपुर, धनकुटा र खोटाङबाट बांसका स्थानीय व्यापारीले नदीमा जोखिम मोलेर ती बांसका घाना हेलाउदै ल्याउने गरेका छन् ।  

शप्तकोशी किनारमा पहाडका बांस डिपो गरेर मालवाहक ट्रकमा लोड गरिरहेका व्यापारी पुण्य प्रसाद गौतमले भने, ‘सडक र यातायात नभएको ठाउबाट जोखिम मोलेर कोशी नदिलाई जल पारवहनको माध्यम बनाएर बांस ल्याउने गरेका छौं ।’ उनले शप्तकोशीमा दैनिक १५ सय देखि २ हजार घाना वांस ल्याउन सप्तकोशी नदीलाई जल पारवहन माध्यम बनाउन बाध्य भएको  बताए ।

बांस व्यापार हुने मुख्य सिजन पुस माघ महिना भएपनि कार्तिक देखि जेठसम्म आठ महिना वासंको व्यापार हुने गर्दछ । मुख्य सिजनको महिनामा दैनिक ५ हजार देखि १० हजार घानासम्म दैनिक वांस सप्तकोशी नदीको माध्यमवाट आईपुग्ने गरेको मुख्य व्याबासायी मिनकुमार कार्कीले बताए । उनले भने, ‘सवैलाई बांस नै चाहिन्छ । तर राम्रो बांस भने दुर्गम जिल्लामा पाइन्छ । दुइदिनको समय लगाएर शप्तकोशी नदिमा हेलाउदै ल्याएको बांस नै विभिन्न प्रयोजनकालागि अरुले किन्ने गरेका छन् ।’
     उदपुरको मैनामैनी ७ बस्ने व्याबसायी खड्गबहादुर चौहानले रात परेपछि नदिकिनारमा किला गाडेर नवगोस भनेर डोरीले बांधेर त्यहि नजिकैको ठाउमा बास बस्ने र दिनमा ¥याफ्टिङ खेले जस्तै नदिसंगै हेलिदै ज्यानको बाजी लगाएर बांस ल्याउनु परेको बताए । उनले भने, ‘जोखिम मोलेर त ल्याइन्छ नि । निकासी कर भनेर प्रतिघाना ३ रुपैया दरले रकम असूल्छ जिविका ठेकेदार ।’ उनले निकासी कर महंगो भएको बताए । 

Comment

Related News