h

News

विश्व साइकल यात्री प्याराग्लाईडिङ प्रशिक्षण लिँदै

news

संसारलाई पाँच फन्को साइकलबाट यात्रा गर्दै सगरमाथाको चुचुरोमा पुगि आनो संकल्प पूरा गरेका पहिलो विश्व साइकल यात्री पुष्कर शाहले गत मंगलबारबाट बाबु एड्भेन्चर्स स्कुलमा प्याराग्लाईडिङ प्रशिक्षण लिन थालेका छन् । “संसारलाई साढे पाँच फन्को” भन्ने शिर्षकको पुस्तक केहि बर्षयता बजारमा ल्याएका शाह पछिल्लो समय आफ्नै जन्मथलो दोलखा मकैबारीमा समाजसेवा कार्यमा सक्रिय रुपले लागिरहेका थिए ।

पहिलो दिनको प्याराग्लाईडिङ क्रममा भन्दै थिए “यो मेरो धेरै पहिलेदेखिको सिक्ने चाहना थियो तर सिक्ने एउटा समय र मौका मिलिरहेको थिएन । सानो बाबु सुनुवारसंग मेरो निकै लामो समयदेखि चिनजान भइराखेकोले आज बल्ल यो सिक्ने अवसर प्राप्त भयो । धेरै उत्साहित छु ।”

आफु प्याराग्लाईडिङ कोर्ष कुनै व्यवसायिक प्रयोजनकोनिम्ति नसिकेको बताउछन् । आफ्नो व्यक्तिगत रुचि र साहसिक क्षेत्रको जुनसुकै विधा पनि आफूलाई मन परेकोले प्रक्षिण लिएको उनी बताउँछन्  ।  उहाँसंगै स्याङजा जिल्लामा पर्यटनलाई प्रबद्र्धन गर्ने व्यवसायी कृष्णजङ्ग के.सी. लगायत नेपाली तथा विदेशी प्रशिक्षार्थीहरु बाबु एड्भेन्चर्स प्याराग्लाईडिङ स्कुलमा सिकिरहेका छन् ।

पछिल्लो केहि समयदेखि नेपालमै पहिलो प्याराग्लाइडिङ स्कुल बाबु एड्भेन्चर्स स्कुल स्वरेक १ स्याङजाले विदेशी तथा स्वदेशी व्यक्तिहरुलाई प्याराग्लाईडिङ सिकाइरहका छन् । नेपालको पर्यटनलाई अझ बृहत बनाउनको निम्ति धेरै भन्दा धेरै दक्ष पाइलटहरु उत्पादन गरिरहेका यस स्कुलले २०१७ को नयाँ शेसन सञ्चालनमा ल्याएको हो ।
 

Comment

Related News