h

News

सुरेन्द्र लिम्बू परदेशीलाई अस्वीकृत विचार–साहित्य पुरस्कार साहित्यकार

2017-01-26

Dev Raj Rai

news

काठमाडौँ माघ ११, ०७३ । अस्वीकृत विचार–साहित्य गुठी, काठमाडाँैले ०७३/७४ सालको अस्वीकृत विचार–साहित्य पुरस्कार र अस्वीकृत विचार–साहित्य सम्मान घोषणा गरेको छ । अस्वीकृत विचार–साहित्य पुरस्कार साहित्यकारी सुरेन्द्र लिम्बू परदेशी हाल (भारत) लाई र अस्वीकृत विचार–साहित्य सम्मान वरिष्ठ साहित्यकारद्वय कृष्णप्रकाश श्रेष्ठ (मास्को, रुस) र प्रा.डा. कविता लामा (सिक्किम, भारत) लाई प्रदान गर्ने निर्णय गरेको छ ।

साहित्यकार सुरेन्द्र लिम्बू परदेशी मादी न.पा. १३ फाबिङ, संखुवासभा, नेपालमा जन्मनु भई हाल भारतमा कार्यरत हुनुहुन्छ । उहाँका अधुरो जीवन (उपन्यास) र परदेशीको चुनौति (कथा संग्रह) साथै १४० जति फुटकर रचनाहरु प्रकाशित छन् । उहाँले अपाराधी को हो ?, तिम्रै लागि, र बसन्त ऋतु नामक चलचित्रमा अभिनय गरेका छन् । उहाँले नेपालमा तङसिङ (त्रैमासिक ०५४—५६) र सुनौलो प्रभात (अर्धवार्षिक ०५७—५९) सम्पादन गर्नुभएको थियो भने भारातमा अस्ताएको जुन (विविध रचना संग्रह, २०६४) र परदेशी बिम्बहरु.. साहित्यिक वार्षिक (२०६५ देखि हाल नवौँ अंकसम्म) सम्पादन गरिरहनु भएको छ । हाल उहाँ ‘अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूह’का अध्यक्ष तथा ‘विश्व नेपाली साहित्य महासंघ’ विश्व केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।

वरिष्ठ सर्जक कृष्णप्रकाश श्रेष्ठ १९९४ मा थानकोट, काठमाडौँमा जन्मनु भई हाल मास्को, रुसमा स्थापित हुनुहुन्छ । पेशाले पत्रकार, अनुवादक श्रेष्ठका सहित्यिक विधा समालोचना, नियात्रा संस्मरण, कविता, भाषानुबाद रही आएको छ । १९६१ मा रुसमा किरण (प्रथम नेपाली भाषा पत्रिका) को सम्पादनबाट सुरु भएको उहाँको सृजनशीलता १९६२ देखि रुसी भाषामा मौलिक रचनाका साथै नेपालभाषा साहित्यको रुसी भाषामा अनुवाद र १९६८ देखि रुसी भाषाका कृतिहरु नेपालीमा अनुबादमा झांगिन थालेको थियो । हालसम्म उहाँका नेपाली भाषाका मौलिक कृति ८, रुसी भाषाका मौलिक कृति ६, रुसी भाषाबाट नेपालीमा अनुबाद ९, नेपालीबाट रुसी भाषामा अनुबाद १३, संस्कृतबाट नेपाल भाषामा अनुबाद १ र रुसी भाषाबाट हिन्दीमा अनुबाद १ प्रकाशित कृतिहरु छन् । हालसम्म उहाँले जगदम्बा श्री— २०५९ समेत १२ वटा सम्मान पत्र, कदरपत्र र पदकहरु प्राप्त गर्नुभएको छ ।

वरिष्ठ सर्जक प्रा.डा. कविता लामा १९६५ मा खर्साङ, भारतमा जन्मनु भई हाल सिक्किम विश्वविद्यालयका सहप्राध्यपक तथा लेपाली विभाग प्रमूखका रुपमा सिक्किम, भारतमा कार्यरत हुनुहुन्छ । पेशाले प्रा.डा. लामाका सहित्यिक विधा समालोचना र कविता हो भने विशेष दखल र रुची नेपाली साहित्य तर्फको शोध, लैङ्गिक अध्ययन, र बाल साहित्य रहिआएको छ । नेपाली र अंग्रेजी पत्रपत्रिका, पुस्तक र जर्नलका सम्पादनका साथै आमन्त्रित विज्ञको रुपमा देश विदेशमा कार्यपत्र तथा प्रवचन पेश गर्नु हुने प्रा.डा. लामाका हालसम्म ४ पुस्तक र सहलेखनमा १ पुस्तक प्रकाशित छन् । उहाँका पुस्तक तथा कृतिहरु भारतका विभिन्न विद्यालय तथा विश्वविद्यालयहरुमा सँन्दर्भ सामग्रीको रुपमा समावेश छन् । हालसम्म उहाँले २० वटा राष्ट्रिय अन्तर्राष्ट्रिय विभिन्न पुरस्कार र सम्मानहरु पाउनु भएको छ ।

विज्ञानसम्मत सिर्जनात्मक र जीवनवादी मौलिक साहित्य श्रृजना गर्ने क्रममा तत्कालिन स्थापित मूल्य र मान्यताहरूका कसीमा उपेक्षित रही ओझेलमा परेका गतिबादी साहित्यकारहरूका अभिष्टमा टेवा पु¥याउने उद्देश्यले ०५४ सालमा स्थापित यस गुठीले नयाँ आयामको खोजी गर्ने प्रगतिउन्मूख विचारहरूलाई प्रतिपादन गर्ने वा त्यस्ता बिचारहरूको सृजनात्मक प्रयोग गर्ने एकजनालाई हरेक बर्ष सम्मान ताम्रपत्र समेत रु. १२,००० (बाह्र हजार) को अस्वीकृत विचार–साहित्य पुरस्कार प्रदान गर्दै आएको छ । साथै नेपाली साहित्य सम्बन्धी उल्लेखनीय सम्बद्र्धन र प्रवद्र्धनको कार्य गर्ने विशिष्ठ व्यक्तिलाई उहाँहरूका योगदानको कदर गरी अस्वीकृत विचार–साहित्य सम्मान प्रदान गर्दै आएको छ । ०२६ सालदेखि आन्दोलित अस्वीकृत जमातका “अस्वीकृत साहित्य” आन्दोलनको नाममा स्थापित यस पुरस्कारको स्थापना त्यसै आन्दोलनका प्रणेता डा. कविताराम श्रेष्ठले ०५४ सालमा आफूले आर्जन गरेका सम्पूर्ण लेखकीय पारिश्रमिक र पुरस्कारका रकमबाट अक्षयकोष खडा गरी गर्नु भएको हो । । गुठीका संस्थापक प्रवन्ध समितिमा अध्यक्ष स्व. कृष्णचन्द्र सिंह प्रधान, सदस्य सचिब  नगेन्द्रराज शर्मा, कोषाध्यक्ष बालकुमारी श्रेष्ठ, र सदस्यहरूमा गोविन्द भट्ट, डा. अभि सुवेदी,  नारायण ढकाल, सोमनाथ घिमिरे र अमर कुमार प्रधान हुनुहुन्थ्यो ।

Comment

Related News