h

News

नेवार समाज हङकङमा नयाँ नेतृत्व

news

नेवार समाज हङकङको चौथो अधिवेशनले रचना प्रधानको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ ।

५ फेब्रुअरी बगैचा रेष्टुरेण्ट, हङकङमा सम्पन्न अधिवेशनमा आगमी २ वर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतबाट चयन गरिएको हो । नयाँ कार्य समितिमा उपाध्यक्ष भेषमणी श्रेष्ठ र रोहित बहादुर श्रेष्ठ, सचिव सरीता श्रेष्ठ, सह–सचिवमा स्वदेश महर्जन, कोषाध्यक्ष अरुण महर्जन, सह–कोषाध्यक्ष रिना कर्नोजिया र सदस्यहरुमा महेश शिल्पकार, राजेन्द्र ढंगोल, राम कुमार श्रेष्ठ, राजेश कुमार शाही, उष्मा मुल्मी र रविना श्रेष्ठ रहेकाछन् ।

अधिवेशनमा संस्थापक अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको संयोजनमा गरिएको संसोधित बिधान २०१७ लाई पारित गरिएको थियो । संस्थाका सल्लाहकार चन्द्र शाक्यको संयोजनमा गठित तीन सदस्यीय निर्वाचन समितीले नव निर्वाचित कार्य समितिको घोषणा गरेको थियो । बन्द सत्रमा निवर्तमान सचिव हरि श्रेष्ठले २०१४–२०१६ को कार्य समितिको काम कारवाही बारेको प्रतिवेदन र कोषध्यक्ष सरिता श्रेष्ठले आर्थीक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यस अघि अधिवेशन उदघाटन समारोहमा समाजको ईतिहास, गतिविधि समेटीएको स्मारिका नेवाः को विमोचन गरिएको थियो । पत्रकार डम्बरकृष्ण श्रेष्ठद्धारा सम्पादित स्मारिकाको जेष्ठ सदस्य कान्छीमाया महर्जन, समाजका संस्थापक अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, पूर्व अध्यक्ष  माणिकलाल श्रेष्ठ, निवर्तमान अध्यक्ष सत्रुधन उदाश, संरक्षक कृष्ण राजभण्डारी, सल्लाहकार, चन्द्र शाक्य तथा विषेश अतिथीहरु गैर नेपाली संघ (एनआरएन) हङकङका अध्यक्ष ललित आङबुङ, नेपाल चेम्बर अफ कमर्स हङकङका अध्यक्ष डासु राम पराजुली,  नेपाल बिजनेश एशोसिएशन हङकङका अध्यक्ष प्रकाश पुन लगायतका अतिथीहरुले संयुक्त रुपमा बिमोचन गर्नु भएको थियो ।

देवराज राई द्धारा सञ्चालित समारोहमा निवर्तमान अध्यक्ष उदाश, तथा स्मारिका सम्पादक श्रेष्ठ सहित विशेष अतिथीहरुले शुभकामना  दिनु भएको थियो ।
 

Comment

Related News