h

News

हङकङ र मकाउमा ‘द स्पोन्सर’

news

नेपाली फिल्म “द स्पोन्सर“को प्रिमियर आगमी २६ फेब्रुअरीमा हङकङस्थित युनलङ थिएटर हलमा हुने भएको छ । भने ७ मार्चमा मकाउ कल्चर सेण्टरमा यो फिल्म मकाउबासीले हेर्न पाउनेछन् । प्रणय लिम्वू निर्देशित ‘द स्पोन्सर’ आरबिए फिल्म्सको व्यानरमा रुद्रवहादुर गुरुङले निर्माण गर्नुभएको हो  । भने फिल्मको प्रोमोटर त्रिलोक गुरुङ (याम) रहनुभएको छ ।

पोडे आर्ट सोसाइटी, हङकङको आयोजनामा २६ फेब्रुअरी बेलुकी पौने ८ बजे हुने प्रर्दशनीमा फिल्मका निर्देशक लिम्बु, निर्माता गुरुङका साथै चिनिया फिल्मकर्मी समेत उपस्थित हुनेछन । मकाउमा भने गुरुड्ड (तमु) समाज मकाउ र नेपाली सोसल एशोशिएसन मकाउको आयोजनामा बेलुकी पौने ८ बजे प्रर्दशन हुनेछ ।

तीन घण्टा लामो फिल्म पूर्वी नेपालको सप्तकोसी किनारमा वस्ने एक टुहुरी कौशिकाको वरीपरी घुमेको छ । बाल मनोविज्ञान र नेपाली समाजको एउटा पाटोलाई फिल्मले उजगार गरेको छ । माछा मारेर जीविका धान्ने पारिवारिक पृष्ठभूमीकी कौसिकाको अमेरिका जाने सपना र उनको परिवारका दुःखको सेरोफेरोमा फिल्म केन्द्रीत छ ।

फिल्ममा प्रविण खतिवडा, ग्रीष्मा नेपाल, कामेश्वर चौरासिया, एलिना श्रेष्ठ, रेखा कर्ण, रमेशरञ्जन झा, रामभजन कामत, सुरेश नेपाल आदिको अभिनय रहेको छ । फिल्म निर्देशक लिम्बुले यसअघि ‘इतिहास जित्नेहरुका लागि’, “क्षमा देऊ तर नविर्स“ आदी वृत्तचित्र वनाएका छन् । हालै मात्र जन गायक रामेश माथीको “डढेलो भित्रका सतिसाल“ बायोग्राफीमा सह निर्देशन गरेका लिम्बुको “द स्पोन्सर“ पहिलो कथानक चलचित्र हो । आरबिए फिल्म्स मार्फत रुद्र बहादुर गुरुङले यसअघि “सि माला“ फिल्म निर्माण गर्नुभएको थियो ।

Comment

Related News