h

News

बेलायतमा छायाङकन गरिएको म्युजिक भिडियो स्वरुपराज आचार्यको स्वरमा

2017-02-14

एडमीन

news

गायक स्वरुपराज आचार्यको स्वर टंक सम्बाहाङ्फे गीतमा गायक राजु आङदेम्बेको संगीत रहेको म्युजिक भिडियो सन् २०१५ को अन्त्यतिर बेलायतमा छायाङकन पुरा गरिए पनि औपचारिक रुपले म्युजिक भिडियो प्रकाशित गरिएको थिएन । 'दोष मेरो के थियो र ?' भन्ने बोलको म्युजिक भिडियो हालसालै सन् २०१७ फेब्रुवरी १४ भेलेण्टाईन अवशर पारी गीतकार टंक सम्बाहाङ्फेको युट्युब अकाउण्टबाट सार्बजानिक गरिएको छ ।

यो म्युजिक भिडियोको निर्देशन तथा प्राबिधिक सम्पादन फिल्म निर्देशक मिलन चाम्सले गर्नु भएको छ । त्यसैगरि म्युजिक भिडियो मोडलको संगीतकार स्वयम् राजु आङदेम्बे फिल्म नायक ध्रुब दत्त र ललिता सम्बाहाङ्फेले अभिनय गर्नु भएको छ । म्युजिक भिडियोमा समाबेश गरिएका सम्पूर्ण दृश्य बेलायतको रहेको कुरा मोडल तथा संगीतकार राजु आङदेम्बे बताउनु भएको छ ।

"मैले यो गीतमा धेरै आशा राखेको छु किनभने पहिलो पटक मेरो प्रयासमा आधुनिक फ्लेवरमा गीतलाई दर्शकहरु सामु छायाङकन गरि ल्याएका छौ त्यसकारण दर्शकहरुले मन पराउनु हुनेछ ।" –  संगीतकार राजु आङदेम्बे भन्नु हुन्छ । हङकङ बसेर गीति लेखनमा ख्याति कमाएका गीतकार टंक सम्बाहाङ्फे भन्नु हुन्छ। "
बजारिया मायाँ बोलको म्युजिक भिडियो पछि दोस्रो ड्रीम प्रोजेक्ट दोष मेरो के थियो र बोलको म्युजिक भिडियो युट्युब मार्फत बिश्वब्यापी प्रीमियर गरेका छौ । बेलायतमा म्युजिक भिडियो छायाङकन गरिएकोले गीतको बोल अनुसार दृश्य राखिएकोले दर्शकहरुले पक्कै मन पराउनु हुनेछ ।"

युमा आर्टस नेपालले बजार बितरणको जिम्मा लिएको छ।  दोष मेरो के थियो र भन्ने बोलको म्युजिक भिडियोमा गायक स्वरुपराज आचार्यको स्वर निक्कै जमेको सुन्न पाईन्छ । स्वर संगीत र गीतको त्रिकोणात्मक संयोजन अत्यान्तै मिलेको पाईन्छ । त्यहि अनुरुप बेलायतमा म्युजिक भिडियो छायाङकन गरिएको उत्कृष्ठ रहेको छ


 

Comment

Related News