h

News

कर्णाली नेपालकी सुनमाया बूढा र पूर्णलक्ष्मी नेउपाने विजयी

2017-02-18

Amod Rai

news

हङकङमा सम्पन्न भएको एमएसआईजी ५० किलोमिटर अल्ट्रा ट्रेल रन प्रतिस्पर्धामा कर्णाली नेपालकी दुई महिला खेलाडीहरू विजयी भएका छन् ।

सुनमाया बूढा १८–३९ वर्ष उमेर समूहमा प्रथम र ओरअलमा दोश्रो स्थान त्यस्तैगरि पूर्णलक्ष्मी नेउपाने १८–३९ वर्ष उमेर समूहमा तेश्रो र ओभरअलमा चौथो स्थान हासिल गरेका हुन् । सुनमायाले  ५० िकलोमिटरको दुरी ७ घण्टा ४० मिनेट २६ सेकेण्डमा पूरा गरिन् । पूर्णलक्ष्मीले ८ घण्टा ८ िमनेट २५ सेकेण्डमा पूरा गरिन् ।

एक्सन एशिया ईभेन्ट अन्तर्गतको एमएसआईजी ५०केएम साईकुङ सिरिजमा -- ५० किलोमिटर, २२ किलोमिटर  र १२ किलोमिटर गरी तीन विशेष क्याटागोरीमा  महिला – पुरुष १ हजार २ सय १६ जनाले प्रतिस्पर्धा गरेको अयोजकले जनाएको छ ।

प्रतियोगितामा दिननाथ बगाले र माइकल जी गुरुङले पनि सहभागिता जनाएका थिए । 

Comment

Related News