h

News

अस्वीकृत विचार साहित्य पुरस्कार तथा सम्मान समारोह सम्पन्न

news

फाल्गुन , २०७३ । अस्वीकृत विचार साहित्य गुठी एवं कविताराम बाल साहित्य प्रवद्र्धन अनुष्ठानको २१ औं पुरस्कार तथा सम्मान समारोह सम्पन्न भएको छ ।


समारोहमा देश देशान्तरका नेपाली भाषा, साहित्यमा आवद्ध विशिष्ट व्यक्तिहरुलार्ई शताब्दी पुरुष एवं संस्कृतिवीद साहित्यकार सत्यमोहन जोशीको बाहुलीबाट सम्मान प्रदान गरिएको थियो ।


स्वर्ण शिक्षा ई. स्कुलको २१ औं वार्षिक उत्सवमा विद्यालयकै प्रागंनमा आयोजन गरिएको कार्यक्रममा सिक्किम विश्वविद्यालयका नेपाली विभाग प्रमुख प्रा.डा. कविता लामा, रुसका वरिष्ठ साह्यितकार कृष्णप्रकाश श्रेष्ठ र लखनऊ भारतका साहित्यकार सुरेन्द्र लिम्बू परदेशीलाई पुरस्कार सम्मान गरिएको थियो ।

Comment

Related News