h

News

धरान रनमा पुरुष तर्फ पर्वतका तीर्थ, महिला तर्फ आर्मीकी सानुमायाले जिते

news

धरान– पाचौं धरान रन नेवा च्यारिटी एट के रन एण्ड वकमा शनिबार पुरुष तर्फ खुल्ला तर्फ को उपाधी तीर्थ पुनले जितेका छन् । भारतीय सेनामा कार्यरत पर्वतका पुन गत बर्षको विजेतासमेत रहेका उनले  निर्धारित दूरी ८ किलोमिटर २६.३ मिनेटमा पार गर्दै यस बर्ष समेत प्रथम स्थान बनाउदै नगद ४० हजार हात पारे ।

    उनलाई पच्छ्याउदै रामेछाप घर भएका नेपाल आर्मीका हेमलाला श्रेष्ठ दोश्रो भए । उनले २६ मिनेट ३६ सेकेण्डमा दुरी पुरा गर्दै नगद ३० हजार रुपैया र प्रमाणपत्र पाए । ओखलढुंगा घर भएका नेपाल आर्मीकै टीकाराज कट्टुवालले २७ मिनेट २७ सेकेण्डमा दुरी पुरा गर्दै तेश्रो हुदै नगद २० हजार रुपैया पाए ।

महिला तर्फ आर्मी क्वलका सानुमाया कार्की प्रथम भए । उनले आठ किलो मिटरको दुरी ३४ मिनेट ३ सेकेण्डमा पुरा गर्दै नगद ४० हजार रुपैया र प्रमाणपत्र हात पारिन् । दोश्रो स्थानमा धादिङकी सन्तोषी श्रेष्ठले ३४ मिनेट १३ सेकेण्डमा दुरी पुरा गर्दै नगद ३० हजार रुपैया हात पारिन् । तेश्रो स्थानमा जुम्लाकी सिता न्यौपानेले ३६ मिनेट ७ सकेण्डमा दुरी पार गर्दै नगद २० हजार हात पारिन् ।

    अण्डर १६ समुह तर्फ व्वोइज तर्फ नँन्जो भोटेले  ३२ मिनेट २६ सेकेण्डमा सोही दुरी पार गर्दै प्रथम हुदै नगद ५ हजार रुपैया हात पारे । दोश्रो स्थानमा लखन लिम्बुले ३२ मिनेट २७ सकेण्डमा दुरी पार गर्दै नगद ३ हजार हात पारे । तेश्रोस्थानमा ३४ मिनेट २० सेकेण्डमा दुरी पार गर्दै प्रतिक राईले नगद २ हजार हात पारे ।

    अण्डर १६ कै गल्र्स तर्फ अमृति भण्डारीले ३७ मिनेट ५३ सेकेण्डमा आठ किलोमिटरको दुरी पार गर्दै प्रथम भइन् । उनले नगद ५ हजार र प्रमाणपत्र पाइन् । दोश्रोमा सृजना राईले ४२ मिनेट ५९ सेकेण्डमा दुरी पुरा गर्दै नगद ३ हजार र तेश्रोस्थानमा अस्मिता बस्नेतले ४३ मिनेट ६ सेकेण्डमा दुरी पार गर्दै नगद २ दुइ हजार हात पारिन् ।

    अण्डर  १२ समुह तर्फको व्वाइजमा माल्दिना आङथुपोले ३६ मिनेट ५८ सेकेण्डमा दुरी पार गर्दै प्रथम भए । यसैगरी दोश्रो सन्देश वेघाले ३८ मिनेट ४० सकेण्डमा दुरी पार गरे भने तेश्रो भएका सन्दिप महर्जनले ३९ मिनेट २६ सेकेण्डमा सो दुरी पार गरेका थिए । उनीहरुले क्रमश नगद पाचहजार, तीन हजार र दुइ हजार रुपैया हात पारेका थिए । गल्र्स तर्पm प्रथम भएकी प्रमिला विकेले ४८ मिनेट २५ सेकेण्ड, दोश्रो भएकी अनुषा प्रधानले ५७ मिनेट २८ सकेण्ड र तेश्रो भएकी स्वेच्छा मगरले ६१ मिनेट ४९ सेकण्डमा दुरी पार गरिन् । उनीहरुले पनि नगद पाचहजार, तीन हजार र दुइ हजार हात पारे ।
    
भेट्रान्स पुरुष तर्फ निर्मल राई ३६ मिनेट २८ सेकेण्डमा दुरी पार गर्र्दै प्रथम भए । दोश्रो स्थानमा मोहान सुव्वाले ३८ मिनेट ४८ सेकेण्ड, तेश्रोमा राम तामाङले ३९ मिनेट १९ मिनेटमा दुरी पार गरे । उनीहरुले क्रमश नगद पाच हजार, तीन हजार र दुइ हजार रुपैया र प्रमाणपत्र हात पारे ।

    भेट्रान्स महिला तर्फ प्रथम भएकी रिता् राईले ५२ मिनेट २० सेकेण्ड, दोश्रो भएकी गंगा गुरुङले ५८ मिनेट ५९ सेकेण्ड र तेश्रो भएकी सुवता राईले ६३ मिनेट ३० सकेण्डमा दुरी पार गरिन् । उनीहरुल पनि क्रमस नगद पाच हजार, तीन हजार र दुइ हजार रुपैयाहात पारे । धरान रनको स्थानीयबाट विनिता लिम्बुले ३८ मिनेट ५१ सेकेण्डमा दुरी परा गर्दै नगद पाच हजार हात पारिन् ।

    स्वस्थ्य धरान नाराका साथ प्रत्येक बर्ष  आयोजना हुदै आएको नेपालकै सबैभन्दा ठुलो दौड प्रतियोगितामा सवै समूहबाट २ हजार २ सय २२ जनाले दौडमा भाग लिएका थिए । धरान यो समेत ३ सय चार हप्ता भएको छ । यसका आठ अजार ६ सय २६ जना नियमित सदस्य रहेका छन् ।

यसपटक धरान रनबाट संकलित रकम विद्यालय जान नपाएका गरिव परिवारका बालबालिकालाई सहयोग गर्ने आयोजक धरान रनका अध्यक्ष रमु राईले बताए । असहायहरुलाई शिक्षा क्ष्ँेत्रमा सहयोग गर्ने उदेश्यले धरान रनले शनिबार नै अक्षय कोष समेत स्थापना गरेको छ । हालसम्म धरान रनको नेवा च्यारिटिले विभिन्न असहयायहरुलाई र संघसंस्थालाई ८ लाख रुपैया सहयोग गरिसकेको छ ।
 

Comment

Related News