h

News

बुढासुव्वा रेडबुल गोल्डकपको उपाधी पाचौ पटक पनि पुलिसकै पोल्टामा

news

धरान– सडेन डेथको आधारमा नेपाल पुलिस क्लवले धरानमा सम्पन्न अन्तराष्ट्रिय आमन्त्रण बुढासुव्वा रेडबुल गोल्ड कप फुटवल प्रतियोगिताको उपाधी यो समेत पाचौं पटक उचाल्न सफल भएको छ । संकटा क्लव काठमाण्डौ विरुद्धको खेलमा पुर्वनिर्धारित समयमा १–१ गोलको बराबारी भएपछि टाइव्रेकर भएको थियो । टाइव्रेकरमा पनि बराबारी भएपछि सडेन डेथमा छिनोफानो भएको थियो ।
पुलिसकालागि धरानको मैदान भाग्यशाली बन्दै आएको यो प्रतियोगिता सहित उसले पाचौं पटक उपाधीमाथि कव्जा जमाएको हो । उपाधीसंगै पुलिसले नगद ५ लाख रुपैया, प्रमाणपत्र र ट्रफि हात पार्न सफल भयो । उपविजेतामा चित्त बुझाएको संकटाले नगद २ लाख ५० हजार रुपैया र प्रमाणपत्र र ट्रफि हात पा–यो ।

सडन डेथमा पुलिसका सुरज घिमिरेको बल संकटाका गोलरक्ष विनय श्रेष्ठले रोक्न नसकेपछि पुलिस एकाएक उपाधी विजेता बनेको थियो । यसअघि  टाइव्रेकरमा पुलिसका तेज तामाङ, जुमानु राई, र अभिशेक रिजालले मात्र गोल गरेका थिए । अजित भण्डारी, बुद्धलामाको प्रहारलाई संकटाका गोल रक्षक विनयले असफल बनाएका थिए । यसैगरि संकटाका अनिल गुरुङ, शुसील क्ष्ँेत्री, र अमित तामाङले गोल गरे भने मार्टिन र राज पौडेलको प्रहारलाई पुलिसका गोल रक्षक रोशन खड्काले रोकन सफल भएका थिए ।

टाइब्रेकरमा पनि बराबर भएपछि सडेन डेथमा संकटाका कुलदिप कार्की, र पेट्रिक जोनले मात्र गोल गरेका थिए । भूषण सुव्वा, लाओल ओलेकान, दिपेश श्रेष्ठ र विनय श्रेष्ठको प्रहार असफल भएको थियो । पुलिसकालागि सडेन डेथमा भोला सिलवाल, रोशन खड्का र सुरज घिमिरेले गोल गरेका थिए । विक्रम धिमाल, तीर्थ राना र अरविन चाहारको प्रहार असफल भएको थियो ।

यसअघि खेलको २७ औ मिनेटमा संकटाका राज पौडेलले पहिलो गोल गरेर टिमलाई अग्रता दिएकाथिए । उनले सजिन थापाको पासमा गोल गरेका थिए । खेलको ३३ औं मिनेटमा जुमानु राई गोल फर्काउदै १–१ को बराबरीमा पु¥याएका थिए । उनले संकटाका अनिलले पुलिसका बुद्ध लामालाई डिबक्स एरियामा लडाएपछि रेफ्रिले पेनल्टी अवसर दिएपछि त्यसलाई सदुपयोग गरेका थिए ।
खेल अवधिभरमा दुवै टिम आक्राम शैलीमा मैदानमा उत्रिएका थिए । संकटा र पुलिसले गोल गर्ने अवसरअरु धेरै पटक गुमाएका थिए ।

संकटाका गोलरक्षक विनय श्रेष्ठ वेष्ट प्लेयर हुदै उनले एकलाख ८० हजार रुपैयाको यामाहाको मोटरसाइकल पुरस्कार पाए । उदियमान खेलाडि धरान निलोका रेजिन सुव्वा भए । उनलाई नगद १० हजार रुपैया प्रदान गरिएको थियो । म्यान अफ द म्याच पुलिसका रोशन खड्का भए । उनले नगद पाच हजार पाए । खेलको वेस्ट स्ट्राइकर पुलिसकै जुमानु राई भए । उनललाई नगद १५ हजार र राजु राईले थप ६ हजार रुपैया थपेर २१ हजार पुरस्कार पाए । बेस्ट मिड फिल्डरमा धरानका हेमन्त गुरुङ, वेस्ट डिफेन्समा नेपाल पुलिसका विक्रम धिमाल, वेस्ट गोलकिपरमा रोशन खड्का भए । उनीहरुलाई जनी १५ हजार नगदले पुरस्कृत गरिएको थियो । प्रतियोगिताको हाइ स्कोररमा पुलिसमा जुमानु राई र संकटाका अनिल गुरुङ घोषित भए । उनीहरुले जनही नगद साढे १२ हजार प्राप्त गरे ।

समापन समारोहामा आयोजक धरान फुटवल क्लवका अध्यक्ष तथा एन्फाका उपाध्यक्ष किशोर राई, शसस्त्र प्रहरी बलका पुर्व महानिरिक्षक दुर्जकुमार राई र राष्ट्रिय खेलकुद परिषदका सचिव केशव विष्टले विजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र र मेडल वितरण गरेका थिए ।  

Comment

Related News