h

News

विपि प्रतिष्ठानले उपकुलपतिमा प्रो डा रौनियारलाई पायो

news

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति पदमा प्रतिष्ठानकै रेडियोलोजी विभागका पूर्व प्रमूख प्रोफेसर डा राजकुमार रौनियार नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले रौनियारलाई उपकुलपतिमा नियुक्त गरेको हो ।

स्थायी घर सुनसरीको दुहवी भएका डा रौनियारले एमबीबीएस भारतको केरला युनिभर्सिटी, एम डी रेडियो डाइग्नोसिसमा अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स एम्स दिल्ली बाट गरेका हुन् । सन १९९३ देखि उनी विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजिष्ट भएर प्रवेश गरेका डा रौनियार नेपालको रेडियोलोजिष्टहरुको अध्यक्ष हुदै सार्क क्षेत्रीय रेडियोलोजिष्ट एसोसिएसनको अध्यक्ष समेत रही सकेका छन् । उनले यसअघि अमेरिका, जापान, स्वीजरल्याण्ड, हङकङलगायत डेढ दर्जन मुलुकमा आयोजित अन्तराष्ट्रिय रेडियोलोजिष्ट सम्मेलनहरुमा उत्कृष्ट रेडियो लोजिष्टको पुरस्कार प्राप्त गरेका छन् । रौनियार प्रतिष्ठानका सिनियर प्राध्यापक हुन् । लामो समयदेखि रेडियोलोजी विभागको विभागीय प्रमुख भएर काम गरि सकेका उनले विपि प्रतिष्ठानलाई छुट्टै विश्वविद्यालय बनाउन आफु लागि पर्ने बताए ।

 उपकुलपतिमा नियुक्त भएका प्रा डा रौनियारले सरकारले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने र प्रतिष्ठानलाई थप सुविधा सम्पन्न बनाएर सर्वसाधारणलाई सहज सुविधा दिन आपूm सक्रिय हुने बताए । उनले भने, ‘हाल चलिरहेको प्रतिष्ठानका ड्रिम प्रोजेक्टहरु क्यान्सर उपचार केन्द्र, मातृ तथा शिसु उपचार केन्द्र, आठ सय शैयाको नया भवन निर्माण कार्यलाई निरन्तरता दिदै दक्षिण एसियाकै उत्कृष्ट स्वस्थ्य उपचार केनद्रको रुपमा प्रतिष्ठानलाई चिनाउने मेरो लक्ष रहेको छ ।’ उनले सर्वसधारण, गरिव र निमूखाको उपचारमा सस्तो, सुलभ तर चाडो कसरी गर्ने भन्ने विषयमा पहिले कन्द्रित हुने बताए ।    

विश्व भरका प्रतिष्ठित मेडिकल युनिभर्सिटीहरुसंग राम्रो सम्बन्ध र विद्यार्थी आदान प्रदान तथा भगिनि सम्बन्ध राखेको प्रतिष्ठानको उपकुलपति हुनु गौरवको विषय भएकाले उपकुलपति बन्नकालागि १६ जनाले दरखास्त हालेका थिए । प्रतिष्ठानको उपकुलपतिकालागि स्वास्थ्य मन्त्रीले डा रौनियार सहित प्रतिष्ठानका प्रा डा विक्रम प्रसाद श्रेष्ठ र गंगालला ह्दयरोग उपचार केन्द्रका डा रामेश कोइरालाको नाम कुलपति तथा प्रधानमन्त्री समक्ष सिफारिस गरेका थिए ।

Comment

Related News