h

News

मिलन अमात्यको स्वरमा रहेको रोजी लाबुङ राईको गीतको म्यूजिक भिडियो सार्वजानिक

2017-03-05

Admin

news

गीतकार रोजी लाबुङ राईको शब्द, महेश खड्काको संगीत र मिलन अमात्यको स्वर रहेको “सुनसान रातको....“ गीतको म्यूजीक भिडियो हालै सार्वजानिक भएको छ ।

एलबम रोजाईमा संग्रह भएको यस गीतको म्यूजिक भिडियोको निर्देशन खगेन्द्र पन्धाक लिम्बूले गरेका छन् । यस म्यूजिक भिडियोमा चिरण अधिकारी र वसन्ती भाटले अभिनय रहेको छ । भिडियोको सम्पादन,  क्यामेरा सबै निर्देशक आफैले गरेका छन् ।

म्यूजिक भिडियोको सहनिर्देशन जटेश्वर जिरेल (कोपिलले) गरेका छन् । क्यामेरा सहयोगीमा केशर माङयुङ रहेका छन् । म्यूजिक मेडिया प्रा.लि. को सहयोगमा निर्माण भएको यस भिडियो पोष्ट प्रोडक्शन अन्तरा प्रोडक्शनले गरेको छ ।

Comment

Related News