h

News

हङकङमा नेपथ्य

2017-03-08

Admin

news

फेरि एकपटक हङकङको मञ्चमा नेपथ्य  उभिने भएको छ । हङकङस्थित ‘तमु एशोसिएसन’ को आयोजनामा नेपथ्य आउन लागेको हो । मार्च १२ तारिखका दिन युनलङ अडिटोरियमा नयाँ–पुराना नेपाली लोक रक गीतहरु सुनाउनेछ । नेपथ्यको निम्ति हङकङ आत्मीय नाम पनि हो । ब्याण्डका प्रशंसकहरुकै कारण टोलीले हङकङमा पटक पटक आफूलाई प्रस्तुत गरी रहेको छ ।   

‘कुरुप अनुहार हो, यहाँ कोहि साथी छैन
बेरुप अनुहार हो, यहाँ कोहि साथी छैन’

बोलको गीतबाट कन्सर्टको सुरुवात हुने ब्याण्डले बताएको छ । एशोसिएसनले आयोजना गर्न लागेको आठौं रोधी साँझको अवसर पारेर ‘नेपथ्य लाइभ इन हङकङ’ प्रस्तुत हुने  सचिव झम गुरुङ बताउँछन् । प्रस्तुतिका निम्ति ब्याण्ड मार्च ९ तारिख हङकङ अाउने अायोजकले बताएको छ । स्टेजमा अमृतलाई सँधैझैँ ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन् ।

Comment

Related News