h

News

खाती, श्रेष्ठ र रिजाललाई नइ पुरस्कार

2017-04-08

Admin

news

काठमाडौं, २०७३ चैत २६ गते
नइ प्रकाशनले काठमाडौं उपत्यका बाहिर रहेर नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पु¥याउने रुपन्देहीका अजम्बरध्वज खातीलाई पचास हजार रूपियाँ राशि सहित ‘नइ धनरुप पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

छ दशकअघिदेखि नेपाली भाषासाहित्यमा निरन्तर समर्पित भई एक दर्जन सृजनात्मक कृतिको लेखन र प्रकाशन गर्दै साहित्यिक सङ्गठनका लागि समेत उत्सर्गिक ८२ वर्षीय खातीलाई ‘नइ धनरुप पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको हो ।

त्यसै गरी उपत्यका बाहिर बसेर सृजनात्मक र सङ्गठनात्मक रुपमा नेपाली भाषासाहित्यको सेवामा निरन्तर समर्पित रहँदै पु¥याएको विशिष्ट योगदानका निम्ति चितवनका साहित्यकारद्वय गायत्री श्रेष्ठ र सरस्वती रिजाललाई संयुक्त रुपमा ‘नइ बुलु शर्मा पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको छ । यस पुरस्कारको राशि पचास हजार रूपियाँ रहेको छ । ।  
   
नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।  

शताब्दी पुरुष डा.सत्यमोहन जोशीको ९८ औं शुभजन्मोत्सवका अवसरमा आगामी वैशाख २९ गते काठमाडौंमा नइ पुस्कारहरु समर्पण गरिने भएका छन् ।

Comment

Related News