h

News

टेन्डम प्याराग्लाईडिङ परीक्षामा ४० जना पाइलटहरुको उतीर्ण

2017-05-06

Anuj Kulung

news

मे ६, २०१७ | नेपालको  पहिलो प्याराग्लाईडिङ स्कुल बाबु एड्भेन्चर्स स्कुलबाट सञ्चालित टेण्डम प्याराग्लाईडिङ परीक्षा सम्पन्न भएको छ ।

बाबु एड्भेन्चर्स स्कुल र नागरिक उड्ययन प्राधिकरणको सुपरीवेक्षणमा बाबु एड्भेन्चर्स स्कुल मूख्य कार्यलय स्याङजा भीरकोट नगरपालिका ५ स्वारेक स्याङजामा बैशाख २२ गते परीक्षा संचालन भएको हो ।  
टेन्डम परीक्षा उत्तीर्ण भएपछि पाइलटहरु ब्यवसायिक रुपमा उडान गर्न सक्ने लाइसेन्स प्राप्त गर्नको लागि योग्य भएका छन् ।

परीक्षामा ४० जनाको सहभागीता रहेको थियो । परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक गरी दुई चरणमा सम्पन्न भएको थियो । परीक्षा पछि रबिन अधिकारी, प्रभात खड्का र मनिष हिराचनले क्रमशः प्रथम, द्धितिय र तृतिय स्थान हासिल गरेका थिए । बाँकी सबै विद्यार्थीहरु उतीर्ण भएका छन् । प्रमूख प्रशिक्षक सानो बाबु  सुनुवार प्रशिक्षक दामोदर पराजुली, बालकृष्ण बसेल सहजकर्ताको रुपमा रहेका थिए ।
मनोरञ्जनात्मक रुपमा विकास हुँदै आइरहेको प्याराग्लाईडिङ क्षेत्र पछिल्लो समय नेपालमा व्यवसायिक रुपमा पनि उत्तिकै अघि बढिरहेको छ । स्वदेशी तथा विदेशी पर्यटकहरुको निम्ति अति आकर्षणको केन्द्र बनेको प्याराग्लाइडरहरू बताउछन् ।

 विश्वको सर्बोच्च शिखर सगरमाथाको चुचुरोदेखि समुन्द्रसम्म प्याराग्लाइडिङ गरी विश्वमा चर्चा कमाउन सफल सानो बाबु सुनुवारले औपचारिक रुपमा केहि बर्ष यता नेपालमा प्याराग्लाईडिङ स्कुल बैधानिक रुपमा सञ्चालनमा ल्याएका हुन् ।  आगामी यहि सेप्टेम्बर १ देखि पुनः स्कुलमा बिगिनर प्याराग्लाइडिङ कोर्ष सञ्चालन हुने अनिल सुनुवारले जानकारी दिनुभयो ।

Comment

Related News