h

News

इन्टिग्रेसन, चिनियाँ भाषा अनि हाम्रा आवश्यकताहरू

2016-09-02

news

–देवराज राई
कार्यकारी प्रमुख सीवाई ल्योङले पोलिसी एड्रेसमा भनेका छन्– साउथ एशियन इथनिक माइनोरीटीजहरू ६० हजार छन्, पछिल्लो दशकमा ५० प्रतिशत बृद्धि भएर गएका छन् । किटानीका साथ हामी र हाम्रा नानीहरूलाई डिस एडभान्टेज समूहमा राखेर सहयोग गर्ने नाममा हाम्रो नाडी छाम्ने काम भएको छ । हामीलाई अपांग, असक्षम वर्गमा राखेर इन्टिग्रेसनको नाममा चिनियाँ भाषालाई कारक मान्नु कतिसम्म जायज छ ? के हो त वास्तविक समस्या ? यस बारेमा विभिन्न चर्चा–परिचर्चा भइरहेका छन् । हाम्रो प्रश्न छ– किन साउथ एशियन मात्र ? ईष्ट एशियन अनि यूरोपियन पनि त छन् । उनीहरूले अंग्रेजी पढ्दा इन्टिग्रेसन भयो ? हामीले पढ्दा डिस एडभान्टेज ?
    सन् १९९७ सालमा हङकङ चीनमा हस्तान्तरण भए लगत्तै धेरै माध्यमिक विद्यालयहरूमा पठन–पाठनको माध्यम चिनियाँ भाषामा परिवर्तन भयो । बेलायतको उपनिवेशपछि हङकङको भविष्य के हुने हो ? धेरै स्थानीयहरू ढुक्क हुन सकेनन् । विश्वविद्यालयमा विधार्थीहरूको भर्ना कम हुन गयो । अंग्रेजी भाषामा दख्खल कम भएको कारण अन्ततः सय अधिक माध्यमिक विद्यालयहरू अंग्रेजी माध्यममा फर्र्किए । स्कुल बेस मेडियम अफ इन्सट्रक्सनलाई शिक्षा विभागले सहज बनाइदियो । हस्तान्तरणपछि भएको आर्थिक मन्दी र २००३ सालमा भएको सार्स रोगको महामारीका कारण यहाँको बाल जन्मदर न्यून भयो । स्थानीय चिनियाँका बच्चा जन्मेनन्, हाम्रा विधार्थी संख्या बढ्यो । सरकारले न्यूनतम विधार्थी भर्ना मानदण्ड तयार गरेको कारण सन् २००१–२००७ सालबीचमा न्यू टेरीटोरीज क्षेत्रका अधिकांश भिलेज स्कुलहरू विधार्थीहरूको अभावमा सदाका लागि बन्द भए ।  केही विद्यालयहरू एकअर्कामा समाहित भए अनि फेरि बन्द भए ।

विद्यालयहरूमा एनसीएस विधार्थीहरू
    नन चाइनिज स्पिकिङ (एनसीएस) विद्यार्थीलाई भर्नाका लागि सरकारी विद्यालयहरूले ठूलै योजना बनाए । विभिन्न प्रलोभन देखाएर न्यूनतम विद्यार्थीहरूका कारण बन्द हुन लागेका विद्यालयहरूमा उनीहरुलाई भर्ना गरियो ।  अहिले पनि न्यू टेरीटोरिजका अधिकांश माध्यमिक विद्यालयहरू विद्यार्थी अभावको कारण बन्द हुने अवस्थामा छन् । ती विद्यालयहरूमा एनसीएस विद्यार्थीलाई भर्ना लिने अनि २०१६ सालसम्म जसोतसो बाँचिरहने हिसाबकिताबमा लागेका छन् माध्यमिक विद्यालयहरू । किनभने २०१६ सालपछि प्राथमिक तहबाट धेरै विधार्थीहरू माध्यमिक विद्यालयमा प्रवेश गर्नेछन् । त्यतिबेला ती विद्यालयहरूलाई हाम्रा नानीहरूको आवश्यकता पर्ने छैन । जब एनसीएस विद्यार्थीहरू जम्मा हुन थाले, ती विद्यालयहरूमा बाइलिइङ्ग्योल टिचिङ प्रारम्भ भयो । अंग्रेजी भाषामा दक्षता नभएका धेरै शिक्षकहरू विस्तारै पाखा लागे । एनसीएस अभिभावकहरूको संलग्नता बढेपछि ती विद्यालयहरूमा विधिवत अंग्रेजी भाषाका पाठ्यक्रमहरूले प्रवेश पाए । हाम्रो संख्या बृद्धिसँगै जातीय अल्पसंख्यकको मातृभाषा, साहित्य, संस्कृतिहरूका आधारभूत ज्ञानहरू लिने क्रम प्रारम्भ भयो ।

डेजिग्नेटेड विद्यालय र सेग्रीगेसनका कुरा
    एनसीएस विद्यार्थीहरुको अधिक संख्या भएका विद्यालयहरूलाई शिक्षा विभागले २००६–२००७ शैक्षिक शत्रदेखि डेजिग्नेटेड स्कुल भनी नामाकरण गरिदियो, प्रति स्कुल ३  लाख डलर र २०१२ सालमा आएर ६ लाख डलर प्रति स्कूल बजेट निकासा गरिदियो । एनएसी (न्यूली अराइभ्ड चिल्ड्रेन) विधार्थीहरूको इमोसनल निड्सका लागि सहयोग गर्न जातीय अल्पसंख्यक शिक्षक, कर्मचारी विद्यालयहरूले भर्ना ग¥यो । यो क्रमसँगै धेरै विद्यालयहरूमा चिनियाँ, नेपाली, पाकिस्तानी विधार्थीहरूसँगै अध्ययन गर्न पाए । केही विद्यालयहरूमा अंग्रेजी माध्यममा अध्ययन गर्न नसकेका चिनियाँ विधार्थीहरूका लागि चिनियाँ माध्यममा पढाइ भइरहेको छ । सन् १९९० अघिदेखि नै अल्पसंख्यक विधार्थीहरूलाई भर्ना लिइरहेका विद्यालयहरू, जो आफू बसेको स्थान भन्दा धेरै टाढा थिए, मा गइरहनु पर्ने एक प्रकारको झन्झट समाप्त भयो । आफू वरपर रहेका डेजिग्नेटेड विद्यालयहरूमा उच्च मनोबलका साथ हाम्रा नानीहरूले चिनियाँभाषा लगायतका विषयहरू पढ्न पाएका थिए ।
    डेजिग्नेटेड विद्यालयहरू पछि निर्धारण गरिएको होइन । जुन विद्यालयहरूमा एनसीएस विधार्थीहरूको संख्या बढ्नुमा कुनै करकाप थिएन । अभिभावकहरूको नीजि विचार र विद्यालयप्रतिको भरोसाका कारण उनीहरू अंग्रेजी माध्यमको विद्यालयहरू, जहाँ निशुल्क पढाइ हुन्छ, को माग गरिरहेको अवस्थामा थियो । चिनियाँ भाषामा टेलरमेड करिकुलमहरू ईडीबीको सहयोगमा निर्माण भएर पढाउन थालियो । धेरै विधार्थीहरूको चिनियाँ भाषा यसर्थ पनि राम्रो भएर गएको थियो ।
    धेरैले इन्टरनेशनल विद्यालयहरूमा पढाउन सक्ने अवस्था थिएन जसका कारण आफूलाई पायक पर्ने विद्यालयहरू खोज्नु, अनि विद्यालय स्वयंले पनि विद्यालयमा एनसीएस विधार्थीहरू राखेर भए पनि विद्यालय चलाउनु पर्ने वाध्यता थियो । जसका कारण धेरै विद्यालयहरूमा जब एनसीएस विद्यार्थीहरु पढ्न थाले ती विद्यालयहरूमा स्थानीय चिनियाँ समूदायले आफ्ना नानीहरू राख्न छाडे । अर्थात भनौं हाम्रा नानीहरूसँग घूलमिल हुनु चाहेनन् । उनीहरूले विकल्प रोजे । के यो तीतो यथार्थ होइन र ? के यो जातीय भेदभाव होइन र ?
    शैक्षिक सत्र २००६÷७ मा डेजिग्नेटेड प्रारम्भ हँुदा मात्र १५ विद्यालहरू थिए । २०१२÷१३ मा आइपुग्दा २० प्राथमिक र १० माध्यमिक विद्यालयहरूमा एनसीएस विधार्थीहरूको उपस्थिति बढेर गयो । जहाँ उनीहरू मल्टीकल्चर एजुकेशनलाई प्राथमिकता दिन थाले । शिक्षा विभागले धेरै नजीकबाट एनसीएस विद्यार्थीहरुलाई हेर्ने र खोतल्ने काम ग¥यो । तथापि माध्यमिक तहबाट ड्रप आउटको क्रम रोकिएन, रोकिएको छैन ? यसको सुक्ष्म अध्ययन आवश्यकता भएकोबेला समान अवसर आयोग (ईओसी)को दबाबमा शिक्षा विभागले डेजिगनेटेड विद्यालयहरू खारेज गर्न दबाब दियो । ईओसीलाई युनिसन नामक गैह्र सरकारी संस्थाले ब्याकअप ग¥यो । युनिसनलाई केही अवसरवादीहरूले साथ दिए ।
    अन्ततः शैक्षिक सत्र २०१३÷१४ देखि ईडीबीले विद्यालयहरूलाई समेत थाहै नदिई डेजीगनेटेड नाम हटाइदियो । २०१४÷१५ को शैक्षिक शत्रदेखि सेन्ट्रल एलोकेशनका लागि जब फारम भर्ने समय आयो तब अभिभावकहरूलाई सन् १९८० सालभन्दा अगाडिदेखि एनसीएस विधार्थीहरूलाई भर्ना गरिरहेको विद्यालयहरूलाई मात्र सप्लीमेन्ट्री स्कूल भनी अभिभावकहरूलाई भ्रम फैलाउने काम गरेको छ । माध्यमिक विद्यालयको फारममा पनि यो समस्या पक्कै आउने छ ।  
    इन्टिग्रेशन भनेको एसिमिलेशन होइन । समाहित भइजानु होइन । विभिन्न बिल अफ राईट्सहरूले पनि हामीलाई साथ दिएको छ । चौतर्फी विकासमा विद्याथीर्ले ज्ञान पाउनु उसको नैसर्गिक अधिकार हो । यस कारण अंगेजी माध्ययममा पढाइ हुनुलाई सेग्रीगेशन मान्ने ? यो नितान्त अभिभावकहरूको रोजाइको कुरा हो । मेन स्ट्रीममा भर्ना गर्न चाहेको भए यहाँका ब्याण्ड १ अंग्रेजी माध्यमका विद्यालयहरूमा हाम्रा नानीहरूलाई किन भर्ना लिइन्न ? के हाम्रा नानीहरू उनीहरू भन्दा कमजोर छन र ? किन हाम्रा नानीहरू जो ब्याण्ड ३ विद्यालयहरूमा पठाउन खोजिएको छ ?

के चिनियाँ भाषा जान्नु इन्टिग्रेशन हो ?
    शैक्षिक शत्र २०११÷१२ मा फर्मी वङको युनिसनले केही पाकिस्तानीहरूलाई जम्मा गरेर चिनियाँ भाषा नजानेको कारण आफूहरूले काम नपाएको भन्दै हल्लीखल्ली ग¥यो । यतिका वर्ष पढेर पनि चिनियाँ भाषा सिक्न नसक्नुको कारण विद्यालयलाई दोष दिइयो । फर्मी वङलाई थाहा भएन– इन्टिग्रेशनको मूख्य कारक तत्व के हो भनेर ? सम्पूर्ण दोष चिनियाँ भाषालाई दिइयो ।
    जबरजस्त चिनियाँभाषा पढाउन विद्यालय स्तरमा मात्र होइन – यहाँका सबै गैह्र सरकारी संस्थाहरूलाई समेत धेरे रकमहरू निकासा गरी दिए । ती एनजीओहरूले हाम्रो नाममा आएको बजेट निकासा गरी, खान, बस्न, हात धून, हिड्न सबै सिकाए । हामीलाई हाम्रा पोशाकहरू प्रदर्शन गर्न लगाए । हाम्रो कमि कजोरीहरूमा उनीहरूले मौकाको फाइदा उठाउँदै चिनियाँबन्न खूबै सिकाए, सिकाइरहेका छन् । फेरि पनि समस्या त त्यही छ ।
    हामी हङकङको बासिन्दा, उनीहरूले कहिल्यै सम्झेका छैनन् । हाम्रो पृष्ठभूमि र योगदान कही कतै उल्लेख छैन । हामीलाई हङकङको आधारभूत कानुन प्रदत्त मौलिक अधिकार प्रयोग गर्न दिन चाहिरहेका छैनन् । हरेक दिन प्रत्यक्ष–अप्रत्यक्ष भेदभावको कारण चिनियाँ भाषा होइन । ग्रासरुटमा चिनियाँ भाषाले महत्व राख्छ तर यो इन्टिग्रेसन नहुनुको प्रमुख कारण होइन । अस्तित्व स्वीकार नहुनु चाँहि प्रमुख कारण हो ।

यूनिसन, संचारमाध्यम र इन्टिग्रेसन
    हङकङमा जातीय अल्पसंख्यकको मूख्य समस्याहरूलाई अन्ततिर मोड्दै मूल समाजमा इन्टिग्रेसन नहुनुको कारण युनिसनले चिनियाँ भाषालाई मानेको छ । हाम्रो प्रश्न छ– जातीय अल्पसंख्यकको सरोकारवालाहरू, यस बारेमा दक्ष व्यक्तिहरूसँग छलफल नगरी युनिसनले झारो टार्ने काम किन गरिरहेको छ ?
    संचारमाध्यमको कुरा गर्ने हो भने यहाँको मूलधारका संचारमाध्यमहरूले हामीलाई कहिल्यै पनि साथ दिएको छैन । हङकङको जातीय अल्पसंख्यकहरूको योगदान, उनीहरूले पाएको सफलता कहिल्यै पनि संचार माध्यममा अटाउँदैनन् । यी संचारमाध्यमहरूले साउथ एशियन इथनिक माइनोरीटीजहरूलाई नकरात्मक कोणबाट प्रोजेक्शन गरी मूलधारसँग ठूलो ग्याप सृजना गरेको छ । हामीहरू स्थानीय नजरमा ड्रगिष्ट, फाइटर बनेका छौं । तल्लो स्तरको काम गर्नेमा कहलिएका छौं । हाम्रा पितापुर्खाहरूले हङकङको लिगेसी निर्माणमा दिएको योगदान न त संचारमाध्यममा छन् न त युनिसनलाई थाहा नै छ । जबसम्म जातीय अल्पसंख्यकहरू पनि हङकङका बासिन्दाहरू हुन्, उनीहरू पनि हङकङको एक भाग हुन् उनीहरूको भाषा, संस्कृतिहरू हङकङका हुन् भनी सरकारले संरक्षणका लागि पहल गर्दैन तबसम्म इन्टिग्रेसन हुन्न ।

किन विधार्थीहरू माध्यमिक तहबाट ड्रपआउट भइरहेका छन् ?  
    हामीसँग उपलब्ध भएका विविध तथ्याङ्कलाई हेर्दा एनसीएस विद्यार्थीहरू धेरै दूव्र्यसनी छन्, ती मध्ये नेपालीहरू अलि बढी । सुन्दा दुःख अनि अचम्म लाग्छ नेपालीहरूका लागि, यो नमिठो यथार्थ हो । माध्यमिक विद्यालयबाट किन यति धेरै ड्रपआउट भइरहेका छन् ?
    मैले प्राथमिक तहमा पढाएको तर माध्यमिक विद्यालयबाट बीचैमा अध्ययन छाडेका १० जना विधार्थीहरूमा हालै नमूना सर्वेक्षण गरेको थिएँ । उनीहरू मध्ये ३ जनाले ड्रपआउट हुनुमा परिवारको कारण बताए, ७ जनाले विद्यालयका शिक्षकको कारण बताए । यसकारण हामी भन्न सक्छौ हाम्रो विधार्थीहरूलाई वर्तमान अवस्थाको पाठ्यक्रमले समेट्न सकेको छैन । यहाँको विद्यालयप्रति हाम्रा नानीहरू सुरक्षित महशुश गर्न सकिरहेका छैनन् । चिनियाँ समूदायका शिक्षकहरूले हाम्रा नानीहरूको सेन्टीमेण्ट बुझ्न सकेका छैन । मोनोटोनस भइरहेको छ अध्ययन–अध्यापन ।
    एनसीएस विद्यार्थीहरूको यो समस्याप्रति हामीले केही विद्वानहरूसँग छलफल चलायौं । उनीहरू भन्छन्– विधार्थीहरू ड्रपआउट हुनुको प्रमुख कारण यहाँको करीकुलम र चिनियाँ पर्सिप्सन बोकेका शिक्षक शिक्षिकाहरू । धेरैले इन्टिग्रेसनका लागि सिंगापूरमाजस्तै मल्टीकल्चर एजुकेशन करीकुलम ठीक हुन्छ भनिरहेका छन् । किन हामीलाई जबरजस्त चिनियाँ भाषा लाद्न खोजिएको छ ?

भाषा सिक्नु र ज्ञान लिनु फरक कुरा
    मेरो लेख चिनियाँ भाषाको विरुद्धमा होइन । म पनि चिनियाँ भाषा अहिले सिकिरहेको छु । भाषाको ज्ञानले मानिसको पहँुचलाई बृहत्तर बनाउँछ । स्थानीय भाषा सिक्नुमा कुनै विमति होइन । गएको १० वर्ष एनसीएस विद्यार्थीहरूको संगतमा उनीहरूलाई मैले कहिल्यै पनि भनेको छैन कि चिनियाँ भाषा नसिकौं ।
    हरेक दिनजसो हुने विधार्थी र शिक्षाकर्मीसँगको सेमिनार, बैठक र कक्षाहरूमा मैले चिनियाँ भाषा पढाउने तरिकामा प्रश्न गरेको छु । शिक्षा विभाग र विद्यालयले उपलब्ध गराएको तालिमहरूमा भनेको छु । भाषा सिक्नु र ज्ञान लिनु फरक कुरा हो ।
    पछिल्लो वर्षको तथ्याङ्कलाई हेर्ने हो भने एचकेसीई होस वा एचकेडएसीई, ०.५ प्रतिशत एनसीएस विधार्थीहरूमात्र उत्तीर्ण भइरहेको तथ्य हामीसँग छ । ईडीबीसँग पनि छ तर उनीहरू किन पास भइरहेका छैनन् प्रति चासो छैन । हाम्रा विधार्थीहरू किन ड्रपआउट भइरहेका छन् भन्ने कुरामा चासो छैन । उनीहरू त केबल जुन लेभलबाट छाडोस् मतलब भएन, केवल चिनियाँ भाषा जानोस् भन्ने मात्र छ ।  ०.५ प्रतिशत भित्र हामी नेपाली कतिमा पर्छौ ?
    एचकेडएसई परीक्षामा हाम्रो परिणाम शून्य भने होइन । सैक्षिकसत्र २०१२÷१३ मा २४ अधिक नेपाली विधार्थीहरूले परीक्षा उत्तीर्ण गरी विश्वविद्यालयहरूमा स्थान सुरक्षित गरेका छन् । ती सबै विधार्थीहरू इङलीस स्ट्रीमका विद्यालयबाट गएका विधार्थीहरू थिए । जो विधार्थीहरू मेन स्ट्रीमबाट थिए उनीहरू परीक्षामा अनुत्तीर्ण रहे । हामीले बुझ्नु पर्ने कुरा के हो भने– हाम्रो उद्देश्य भनेको यहाँको विश्वविद्यालयहरूमा हाम्रा नानीहरू पुगेर उच्च शिक्षा हासिल गरोस भन्ने हो । ग्लोबल सिटिजन बनुन् भन्ने हो । नत्र त स्नातक, स्नात्तकोत्तर नेपालमा पढी आई यहाँ फोहर सफा गर्नुजस्तै हो । अध्ययनलाई सम्मान गरौ भन्ने हो ।
    यदि कसैले चिनियाँ भाषाको कारण नानीहरू विश्वविद्यालयमा पुगेका छैनन् भन्छ भने म उनीहरूलाई गएको वर्ष उत्तीर्ण भएको विधार्थीहरूको जीसीएससी परीक्षामा सबैले पाएको ए अथवा ए स्टार देखाउन सक्छु । हाम्रो समस्या गणित, लिबरल स्टडीज, साइन्स विषयहरू हुन किनभने माध्यमिक विद्यालयहरूमा ती विषय राम्ररी पढाउन जान्ने शिक्षकहरूको अभाव छ । अंग्रेजी माध्यममा पढाउँदा त हाम्रो हालत ०.५ प्रतिशतमा छ भने चिनियाँ माध्यममा पढाएमा कसो होला ?
    हङकङ विश्व सहर हो, हाम्रो पनि हो । यसको सवल र दूर्वल पक्षहरूमा हाम्रो संलग्नता हुनु जरुरी हुन्छ । हो यहाँको मूलधार ९५ प्रतिशत एकै किसिमको छ । हाम्रो आवाजहरू सानो सुनिन्छ । के हामी कमजोर छौ भन्दैमा सबै कुरा त्याग्ने हो । हङकङको वासिन्दा भएका कारण हामीलाई पनि उत्तीकै अधिकारहरू कानुनले प्रदान गरेको छ । हामी सबै मिलेर हङकङको उन्नतिका लागि काम गर्नु पर्छ ।
    एक अभिभावक वा समाजको अगुवा भएका कारण हामीले भविष्य, समुदायको भविष्यप्रति सरोकार राख्न अति आवश्यक छैन र ? हामीले बोल्ने भाषा, साहित्य संस्कृतिहरू संरक्षण गरिदेऊ भन्ने हाम्रो कर्तव्य होइन र ? हामी र हाम्रा नानीहरूलाई कस्तो शिक्षादीक्षा आवश्यक छ भन्ने कुरा निक्र्योल गर्ने अधिकार हाम्रो होइन र ? चिनियाँ भाषा सिक्ने बहानामा हामीले हाम्रो परिचय नै समाप्त गर्नु त भएन नि ! कामका लागि भाषा सिक्ने हो भने पुतोङ्वा हाम्रा नानीहरूलाई सिकाउ न ।
    हामीले विद्यालय र अभिभावक स्तरमा छलफल प्रारम्भ गरौं र यसलाई सामाजिक रुपमा उठान गरौ । अन्य समूदाय जस्तै पाकिस्तानी, इण्डियन, फिलिपिनो समूदायसँग पनि चर्चा गरौं । यहाँ कुनै तर्क वा वादविवाद गर्नका लागि यो लेख लेखिएको होइन । यो हाम्रो साझा सवाल हो । हङकङको उन्नति प्रगतिमा हाम्रो प्रत्यक्ष संलग्नता छ । हार्मोनियस सोसाईटी निर्माण गर्न हामी सबैको कर्तव्य हो । हा

Comment

Related News