h

News

तीज गीत “झुम्का लगाउँछु“

2017-07-23

news

हिन्दू नारीहरुको महान चांड हारितालिका तीज नजिकिँदै गर्दा बजारमा दिनहुँजसो थुप्रै तीज गीतहरु आउने क्रममा फेरि अर्को छुट्टै स्वादको अडियो र भिडियो सहितको तीज गीत “झुम्का लगाउँछु“ रिलिज भएको छ ।

गीतकार सुमन कार्कीको शब्द, गायक सिडी विजय अधिकारीको संगीत,राजु कार्कीको एरेञ्ज र गायिका मनिषा राईको आवाजमा उक्त गीत युट्युबमार्फत भर्खरै सार्बजनिक गरिएको छ ।

सिडीएम म्युजिक क्रिएशनको प्रस्तुतिमा रहेको सो गीतको भिडियो निर्देशन जीवन शाहीले, नृत्य निर्देशन  सन्तोष राजबहाकले , छायाँकन उत्सब दहालले र सम्पादन अर्जुन पोखरेलले  गरेका छन् । पार्वती राईको धमाकेदार नृत्य रहेको यस तीज गीतलाई हाम्रो सुभकामना ।

Comment

Related News