h

News

आरुषी क्रियशनमार्फत सरीता महर्जनलाई सहयोग

news

काठमाण्डौ, नेपाल
    
केही समयदेखि आफ्नो बुबालाई कलेजो दिएर मिडियामा चर्चा भईरहेकी सरीता महर्जनलाई आरुषि क्रियशन नामक एक युट्युब च्यानलले रु.७१,१०० सहयोग रकम प्रदान गरेको छ । गत शुक्रबार आरुषि क्रियशन काठमाँण्डौका संवाददाता गायक दिनेश न्यौपानेको हातबाट उक्त रकम सरीता महर्जनलाई  काठमाण्डौ घरमै भेटी हस्तान्तरण गरेका छन् । आफ्नो बुबालाई कलेजो दिनासाथ आमाको मुटुको समस्याले झनै स्वास्थ्य स्थिति खराब भएपछि आर्थिक रुपमा सख्त कमजोर भएको खबर पाउना साथ धेरै संघसंस्था ब्यक्तिहरुले समेत महर्जनको लागि सहयोग रकम प्रदान गरिरहेका छन् ।

“दिने मान्छे कहिले गरिब हुदैन र नदिने पनि कहिले धनि हुदैन । हामीले सरीतालाई आफ्नो तन, मनले सक्दो सहयोग रकम उठाई प्रदान गरिदिने बाटो मात्र बनेका हौ । हाम्रो प्रयासबाट सानो रकम उठ्न सफल रह्यो । हामीलाई धेरै खुशी मिलेको छ ।” आरुषी क्रियशनका सञ्चालक अनुज कुलुङले जानकारी दिनुभयो ।

क्रियशनले विदेशमा रहेका ब्यक्तिहरुमा सहयोग रकम अपिल गर्दै उक्त रकम उठाउन सफल रहेको हो । कोलोराडो स्टेट अमेरिकामा बस्नुहुने आरुषि क्रियशन कोलोराडोका संचालक क्षितिज कुलुङको नेतृत्वमा उक्त रकम उठाउन सफल भएको हो । “हामी अब उहाँलाई सहयोग रकम मात्र नभई उहाँ आफै नै आफ्नो पुरानो व्यवसाय बुटिकलाई निरन्तरता दिई बजार बिस्तार गरेर कसरी आर्थिक रुपमा सबल बनाउने ? त्यो कुरामा पनि हामी सख्त रुपमा सोचिरहेका छौ । बजार बिस्तारको लागि हामी भबिष्यमा पनि सहयोग गर्ने प्रतिवद्धता छ ।” क्षितिज कुलुङले भन्नुभयो ।

रकम हस्तान्तरण पछि सरीता महर्जनले सबैप्रति आभारी प्रकट गर्दै यो घडिमा ममात्र नभई धेरै नै मजस्ता सहयोग गर्नुपर्ने मानिसहरु छन् । उनिहरुलाई पनि सहयोगको अपिल गरे । आरुषी क्रियशनले चाँडै नै आफ्नो युट्युब च्यानलमार्फत समसामयिक बिषयबस्तुमा आधारित विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

Comment

Related News