h

News

एनआरएनको महासचिवमा त्रिलोक (यम कुमार) गुरुङको उम्मेद्वारी ः आफ्ना प्रविद्धताहरु सार्वजानिक

news

एनआरएनको स्थापना, विकास र यसको समृद्धिकोलागि स्थापनाकालदेखि नै सक्रिय एनआरएनका वर्तमान सल्लाहकार त्रिलोक (यम कुमार) गुरुङले आगामी कार्यकालकालागि महासचिव पदमा उम्मेद्वारी दिनुहुने भएको छ ।

अक्टोबर १४ देखि १७ सम्म काठमाण्डौंमा एनआरएन विश्व सम्मेलन अयोजना हुनेछ । एनआरएन सदस्यहरुले आगामी दुईवर्षकालागि नयाँ नेतृत्वको चयन गर्नेछन् ।

हाल हङकङ, मकाउमा निर्माण र सुरक्षा सम्बन्धी क्षेत्रमा व्यवसाय गर्दै आउनु भएका गुरुङ एनआरएन हङकङको दुई कार्यकाल अध्यक्ष, एशिया प्रशान्त क्षेत्रको संयोजक एवं एनआरएन आईसीसीका दुईकार्यकालका सल्लाहकार समेत रही सक्नु भएको छ ।

विशेषतय गोरखाको लाप्राक नमून वस्ती निर्माणमा एनआरएनका अध्यक्ष शेष घलेसँगै विशेष सक्रिय हुनुभएका गुरुङ एनआरएन नेपाल भूकम्प पूनः निर्माण कार्यसमितिको (एनइआरटी) कार्यकारी सदस्य, भूकम्प राहत वितरण, केन्द्रय कार्यलय भवन निर्माण, लाप्राक नमुना वस्ती निर्माण लगायतका क्रियाकलापमा प्रत्यक्ष संलग्न हुनुहुन्छ ।

महासचिवका प्रत्याशी त्रिलोक (यम कुमार) गुरुङले आफ्ना ६ बँुदे प्रतिबद्धता पत्र सार्वजानिक गर्नुभएको छ ।

प्रतिबद्धतामा उल्लेख भएका बुदाहरुः
१. संघको मार्गदर्शक प्रस्ताव भिजन २०२० एण्ड बियोण्ड लाई कार्यन्वयन गर्दै संघको समग्र रुपान्तरण र संस्थागत विकाशलाई पहिलो प्राथमिकतामा राख्ने छु ।
२. निर्माणधीन लाप्राक नमुना वस्ती र केन्द्रीय कार्यलय निर्माणलाई पूर्णता दिई अर्को नमुनावस्ती निर्माण सम्पन्न गर्ने छु।
३. संघको सदस्यता संख्यालाई आफ्नो कार्यकालभित्रै न्यूनतम एकलाख पुर्याउने छु ।

४. नेपालमा प्रत्यक्ष बैदेशिक लगानी तथा गैरआवसीय नेपालीको व्यक्तिगत तथा सामूहिक लगानीकालागि अभिवृद्धि गरी नेपालको समृद्धिको साझेदार बन्ने अग्रसरता लिने छु ।

५. गैरआवसीय नेपाली नागरिकता प्राप्तिलाई आफ्नै कार्यकालभित्र सुनिश्चित गरी दोस्रो पुस्तालाई संघमा आकर्षित गर्न बिशेष कार्ययोजना ल्याउने छु ।

६. बैदेशिक रोजगार कल्याणकारी कोषको सञ्चालन सुरुवात गरी बिदेशमा अलपत्र परेका, दुःख पाएका नेपालीहरुलाई उद्दारलाई प्राथमिकतामा राख्ने छु । बिदेश जानुअघि नेपालमै निःशुल्क तालिम दिलाउने तालिम केन्द्रको स्थापना गर्न पहल गर्नेछु ।

महासचिव पदका प्रत्याशी त्रिलोक (यम कुमार) गुरुङलाई हाम्रो शुभेच्छा सहित विजयीकालागि शुभकामना ।
 

Comment

Related News