h

News

हङकङ आईपुगे नवराम

news

पुराना गायक तथा संगीत सर्जक नवराम राई आफ्नो सांगीतिक कार्यक्रमका लागि हङकङ आईपुगेका छन् । लामो समयदेखि धरानमा रहेर नेपाली संगीत क्षेत्रमा निरन्तर लागी परेका राईलाई धेरैले नचिने पनि उनको संगीतबाट भने धेरै नयापुस्ताका श्रोता समेत परिचित छन् ।

सबिन राईले गाएका गुराँसको फेद मुनि..., कालो कालो रातको... जस्ता हिट गीतहरूको संगीत नवराम राई कै हो । उनको आफ्नै एकल अल्बम समेत निस्केको छ। राईका तिमी मलाई भूलिदेउ..., ती साइली..., बिष देउ... , कुखुरे आँखा देखेन...,तिम्रै लागि... आदि गीतहरू चर्चित छन् ।

हङकङ नेपाली कला मन्दिर र धरान १७ समाज हङकङको आयोजनामा १५ अक्टुवरमा बगैचा रेष्टुरेण्ट एण्ड बार जोर्डनमा हुने नवराम राई म्युजिकल नाइटमा राईलाई हङकङका स्थानीय नेपाली कलाकारहरूले साथ दिनेछन् । राईलाई हङकङमा संगीतकार दिनेश सुब्बा, कलाकारहरू कबी राई, सुरज सुब्बा, कराते प्रशिक्षक हेम बहादुर पुन आदीले स्वागत गर्नु भएको थियो ।

Comment

Related News