h

News

किन्डरगार्टेन भर्ना / जरुरी कुराहरु

2017-11-02

Dev Raj Rai

news


हङकङवासी नेपाली दाजुभाइ र दिदीबहिनीहरु
धेरै अभिभावक विशेषगरी किन्डरगार्टेन भर्नाकालागि सोधी गरिरहनु हुन्छ । यहाँहरुको प्रश्न र आफ्नो अनुभव अनि केही किन्डरगार्टेनहरुसँगको सहकार्य र सोधीखोजी गरी यहाँ केही बुँदाहरु तपाईलाई जानकारी पुगोस भन्ने उद्देश्यले लेखेको छु । यो जानकारी नन - प्रफिट मेकीङ किन्डरगार्टेनको हकमा मात्र लागू हुनेछ ।
 
किन्डरगार्टेन (किशलय) ः हङकङमा पूर्व प्राथमिक विद्यालय वा किन्डरगार्टेन सरकारबाट संचालित छैन । यसकालागि समुदाय वा नीजिरुपमा मात्र संचालन अनुमति प्रदान गर्दछ । किन्डरगार्टेनमा के १ (नर्सरी), के२ (लोवर केजी), के३ (अपरकेजी) गरी ३ तह छन् ।
 
के हो किन्डरगार्टेन एजुकेशन स्कीम ?
–- हङकङ सरकारको शिक्षा विभागले यस विभागको गाईडलाईन विशेषगरी करीकुलमलाई पछ्याउन चाहाने नन प्रफिट मेकीङ संस्था अन्तरगत संचालित किण्डरगार्टेनहरुमा अध्ययन गर्न चाहाने बालबालिकाहरुलाई आधारभूत सब्सीडी अर्थात आर्थिक सहयाता प्रदान गर्छ । किन्डरगार्टेन विशेषतय हाफ डे संचालन हुन्छ र इजुकेशन स्कीमले हाफ डेकालागि मात्र कभर गर्दछ । यो स्कीम प्राप्त गर्नकालागि आरसी (रजिष्ट्रेशन सर्टीफिकेट) प्राप्त गरी शिक्षा विभागको गाईडलाईन अनुसार समयमा आवेदन दिने ।
 
किन्डरगार्टेन भर्नाकालागि के–के गर्ने ?
किन्डरगार्टेन भर्नाकालागि हामीलाई निम्नकुरा अति आवश्यकता पर्दछ । त्यो हो – आरसी (रजिष्ट्रेशन सर्टीफिकेट) र (एपी) किण्डरगार्टेन एडमीशन पास । आरसी (रजिष्ट्रेशन सर्टीफिकेट) प्राप्त गरेमा हामीलाई एजुकेशन स्कीम प्राप्त हुन्छ । आरसी नपाउनेले पनि शिक्षा लिन त पाउँछ तर (एपी) किण्डरगार्टेन एडमीशन पास प्राप्त गर्नु पर्दछ र किन्डरगार्टेनले तोकेको मासिक शुल्क तिर्नु पर्छ ।
 
आरसी पाउन के गर्ने ?
यदि तपाईको नानीबाबुहरु २०१५ डिसेम्बर ३१ अगाडि जन्मेका हुन भने । तपाईले आफूलाई मन पर्ने किन्डरगार्टेनहरुमा गएर किन्डरगार्टेनको फारम भर्नु भयो नै होला । सेप्टेम्बर देखि नोभेम्बर भित्रमा गएर विद्यलायमा जानकारी लिने । किन्डरगार्टेनको नीजि एडमीशन मेकानिजम हुन्छ त्यस अनुसार सहभागी भएर आगामी नोभेम्बर ३०, २०१७ भित्रमा आरसीकालागि शिक्षा विभागमा निवेदन बुझाउने यसकालागि सम्बन्धित किण्डरगार्टेनहरुले सहयता गर्न पनि सक्छन् ।
 
भर्नाका लागि बाध्यता छैन ?
किन्डरगार्टेनलाई तपाईको नानीबाबुहरुलाई भर्ना गर्नै पर्छ भन्ने बाध्यता छैन । शिक्षा विभागले तोकेको निश्चित कोटामा कसलाई अन्तवार्ता गर्ने, कसलाई बोलाउने, राख्ने, नराख्ने त्यो किन्डरगार्टेनको अधिकार क्षेत्रभित्र पर्छ । त्यसलाई हामीले सम्मान गर्नु पर्दछ । तथापि तपाईले ईच्छा गर्नु भएको किन्डरगार्टेनले २२ डिसेम्बर २०१७ भित्रमा भर्ना सम्बन्धी उसको निर्णय सुनाउनु पर्ने हुन्छ ।
 
१ जनवरी २०१६ पछि जन्मेका बच्चाहरुकालागि के गर्ने ?
यदि तपाईको बालबच्चाहरु १ जनवरी २०१६ साल पछि जन्मेका हुन भने तपाईले अर्को वर्षकालागि प्रयास गर्ने ।
 
अन्तमा,
हङकङवासी नेपाली दाजुभाइहरु
आफ्ना नानीहरुको भविष्यकालागि बेलैमा चासो, वास्ता, फिक्री गरौं । अरुको लहैंलहैमा नलागौं । यो विद्यालय राम्रो त्यो नराम्रो भन्ने हुँदैन मात्र तपाई कस्तो अभिभावक हो । तपाईले कस्तो ज्ञान बुद्धि विवेक प्रदान गर्नु भएको छ ? त्यसले फरक पार्दछ ।
 
यो भन्दा धेरै कुरो त सम्बन्धित किण्डरगार्टेनहरुले बताउने नै छन् ।

 

Comment

Related News