h

News

एउटी विद्रोही प्राज्ञ : प्रेमा शाह

news

- नरेन्द्रराज प्रसाई
 म सूर्यसँग सम्भोग गर्छु
 आउ मलाई सम्भोग गर !

प्रेमा शाहको जन्म:
प्रेमा शाहको जन्म संवत् २००२ असार १६ गते शुक्रबार वीरगन्जको श्रीपुरमा भएको थियो । यिनको चिनाको नाउँ गिरिराजलक्ष्मी शाह थियो । प्रेमा शाहको जन्म भएपछि यिनलाई उनका बुबा पूर्णेन्द्रविक्रम शाह तथा आमा अरुणा शाहको न्यानो काखबाट अलग्याइयो । अर्थात् जन्मेको चौध दिनमा उनलाई वीरगन्जबाट काठमाडौँस्थित उनको मावलीघर ल्याइएको थियो ।

प्रेमा शाह शिशुकालमा नै मावलीको सम्पत्ति बनिन् । उनका मावलीपट्टिका हजुरबुबा विज्ञानशमशेर जबरा त्यति बेला जर्नेल थिए । जनरल राणाकै पालन र पोषणमा प्रेमा शाहको शिशुकाल बित्यो र बाल्यावस्था पनि बित्यो । उनी बाल्यकालदेखि नै गीत गाउने र नाच्ने कलामा पनि आबद्ध थिइन् । यिनको नाच्ने कला देखेर यिनकी धाईआमा मक्ख पर्थिन् । वास्तवमा प्रेमा शाहकी धाईआमा नै यिनकी सर्वस्व पनि थिइन् । त्यसै सन्दर्भमा यिनले आफ्नो डायरीमा पनि लेखिन्, ‘मैले मेरी आमाको अनुहार देखेको छैन । मैले मेरी आमाको दुध पनि चुस्न पाइँन । मेरी बुबू धाईआमा (तुलसीदेवी उपाध्याय कोइराला) नै मेरी आमाको रूपमा मैले पाएँ ।

प्रेमा शाहलाई मावली घरमा अत्यन्तै चिज गरेर राखिएको थियो । उनलाई त्यहाँ पढ्न पनि निक्कै राम्रो व्यवस्था थियो । उनले मावलीमा नै कखरा पढिन् । ठूलो वर्णमाला र साधारण लेखापढी पनि उनले त्यहीँ पढिन् । उनलाई पढाउन मामा घरमै अलगअलग विषयका बेग्लाबेग्लै शिक्षक नियमित रूपमा आउने गर्थे । घरमा राम्ररी पढ्न र लेख्न जानेपछि यिनलाई पाटन हाईस्कुलको बिहानको कक्षामा एकै चोटि छैटौँ कक्षामा भर्ना गरियो ।

प्रेमाको शिक्षा: 
प्रेमा शाह सुरुसुरुमा स्कुल जाँदा आँखामा लामोलामो गाजल, मुखमा क्रिमपाउडर र हीराको टप लगाएर जाने गर्थिन् । त्यस बखत उनले थाइकट कपाल काटेकी हुन्थिन् । उनी सिँगारिएर स्कुल जाँदा आफू बेहुलीझैँ भएको अनुभूति बटुल्थिन् । यिनलाई स्कुल पुर्याउन र ल्याउन हिलम्यान नामक कालो मोटरजान्थ्यो । त्यति बेला यिनको बेग्लै सान र मान थियो ।

प्रेमाले एक वर्ष पाटन हाईस्कुलमा पढेपछि त्यस स्कुलको बिहानका सम्पूर्ण कक्षा मदन मेमोरियल स्कुलमा सरे । त्यसपछि उनी पनि मदन मेमोरियल स्कुल जान थालिन् । त्यस बेला पनि उनी स्लिकको लुगामा ठाँटिएर स्कुल जान्थिन्; उनको त्यो सान देख्न नसकेर साथीहरूले पछाडिपट्टिबाट उनका लुगा ब्लेडले काटिदिने गर्थे । त्यहाँ उनले आठ कक्षासम्म मात्र पढिन् । अनि उनी पाटनको त्रिपद्म स्कुलमा भर्ना भइन् । त्यसपछि यिनलाई पाटनको मङ्गलबजारस्थित आदर्श कन्या निकेतनमा पुर्याइयो । त्यही स्कुलबाट यिनले २०१६ सालमा एसएलसी दिइन् ।

प्रेमा शाहलाई सधैँ स्कुल पुर्याउने अङ्गरक्षक सलोनी थिइन् । पहिले सलोनी पुष्करशमशेरका घरमा काम गर्थिन् र त्यहाँबाट उनी जनरल विज्ञानशमशेरका घरमा पुगेकी थिइन् । प्रेमालाई स्कुल पुर्याउने क्रममा सलोनीचाहिँ सोही स्कुलको पालेसँग चटारिन थालिन् । हुँदाहुँदै उनी प्रेमा शाहलाई स्कुल पुर्याएर एक दिन पालेसँग उताउतै हिँडिन् । त्यसपछि प्रेमाले अङ्गरक्षकको खासै काम देखिनन् र उनले एक्लै स्कुल जाने दृढता व्यक्त गरिन् ।

प्रेमा शाहले वनारसमा पनि पढिन र जापानमा पनि पढिन् । तर उनले आईए, वीए र एम्ए चाहिं नेपालमा नै पढिन् ।

सामाजिक, पारिवारिक र वैयक्तिक हरेक सङ्घर्षसँग जुधेर यिनले २०२६ सालमा नेपाली विषयमा एमए पास गरिन् ।


प्रेमाको व्यक्तित्व:
प्रेमा शाह समकालीन पुस्ताकी हट्टाकट्टा, साहसी, निर्भीक, दृढ र सक्रिय नारीस्रष्टाको नाउँ मानिन्छ । कुनै बेला राजधानीमा उनी जब कविता सुनाउन मञ्चमा उभिन्थिन् तब त्यहाँ एउटा उत्साह, उमङ्ग र जागरणको वातावरण सृजना हुन जान्थ्यो । उनी कविता भन्दाभन्दै एउटा कवितामय जीवन नै भनिसकेकीहुन्थिन् । प्रेमा शाहको कविता र जीवनको परिभाषाले साहित्यकै परिभाषालाई चुली पारेको हुन्थ्यो । त्यसैले प्रेमा शाह त्यसै बेलादेखि नै नेपाली साहित्यमा चर्चित बनिन्, प्रसिद्ध भइन् र अन्ततः नअस्ताउने तारा नै बनिन् ।

प्रेमा शाह कविता पढेर चर्चाको शिखरमा पुगेको नाउँ हो । त्यो नाउँ झनैझनै उकालोमा नै हिँडिरह्यो; किनभने उनले लेख्नका लागि आफ्नो मन, वचन र कर्म अर्पित गरिन् । चर्चाको जुन टाकुरो छोए पनि उनले लेखी नै रहिन् । कहिले उनले कविता लेखिन्, कहिले कथा लेखिन् र कहिले उपन्यास लेखिन् ।लेख्तालेख्दै फेरि उनी चर्चित बनिन्, उनी कति चर्चित भइन् भने अति चर्चित भइन् । अति सर्वत्र वर्जयेत् भनेझैँ चर्चाचर्चाले नै उनी नेपाली भाषा साहित्यबाट एकाएक हराइन् । अथवा भनूँ खाने, कमाउने, बाँच्ने र जीवन धान्ने कामका लागि सक्रिय रूपमा रचना निर्माणका बाटाबाट उनी पर सरिन् ।

प्रेमाको यौन काव्य:
यौनको केन्द्रविन्दुमा पुगेर साहित्यसृजना गर्ने स्रष्टामध्ये प्रेमा शाहको स्थान अग्रपङ्क्तिमा रह्यो । जीवन गतिलो पनि नुहुनाको तात्पर्यको अदृश्य कुण्ठा पनि प्रेमा शाहले आफ्ना रचनामार्फत प्रस्तुत गर्ने गर्थिन् । यति हुँदाहुँदै पनि उनी आफ्ना भावना मनोवैज्ञानिक ढङ्गबाट मीठो भाकामा प्रस्तुत गर्थिन् । नेपाली भाषा साहित्यमा उनको लेखनी आफ्नो बेग्लै आयाममा स्थापित भएको थियो । उनको लेखनको सौन्दर्यका विषयमा धेरै समालोचकले उनको मुक्तकण्ठले प्रशंसा पनि गरे । उनी नेपाली साहित्यमा सङ्ख्यात्मकभन्दा गुणात्मक रूपमा लेख्ने स्रष्टा थिइन् । त्यसैले उनले लेखेका कविताचाहिँ थोरै पनि भए र ती थोरै पनि प्रायः यौन, प्रेम र समर्पणमा समर्पित भएका देखिए-

तिमीमा मेरो प्यार हीराको जन्तरझैँ
सधैँ छातीमा झुन्ड्याएर
तिमीलाई माया गरिसकेकी छु ।
जाडोका ती रातभर
तिमीलाई यी ओठका न्यानो आवरणमा
गुट्मुट्याएर मैले तिम्रो कानमा
प्रणयका कति गीत भरिसकेकी छु ।

प्रेमाको साहित्यिक व्यक्तित्व:
प्रेमा शाहले पढ्दै साहित्य सृजना गर्दै गरिन् । पाटन कलेजबाट आईए र बीए गरिन्जेलमा उनी नेपालका डाँडाकाँडा ढाक्ने साहित्यकार भइसकेकी थिइन् । त्यस बेला यी बिहान तथा हिमानी पत्रिकाको सम्पादक मण्डलमा रहिन् । यिनले त्रिभुवन विश्वविद्यालयमा एमए पढ्न थालिन् । त्यहाँ पढ्दा यिनलेदेउरालीको सम्पादन पनि गरिन् । त्यस बेलासम्ममा यिनी नेपालभित्र मात्र होइन नेपालबाहिर नेपाली भाषा बोल्नेहरूमाझ समेत साहित्यकारका रूपमा चिम्किसकेकी थिइन् ।

नेपाली भाषा साहित्यमा प्रेमा शाह कलिलै उमेरदेखि नै चर्चित थिइन् । यी मदन मेमोरियल स्कुलमा पढ्दै गर्दा शारदा पत्रिकाका लागि रत्नध्वज जोशीले यिनको एउटा रचना लिएर गएका थिए । त्यसपछि विभिन्न पत्रपत्रिकामा यिनका लेखरचना, कथा, कविता प्रकाशनमा आइरहे ।

प्रेमा शाहको जीवनमा मावलीको प्रभाव, श्रीमानहरूको प्रभाव र छोरीको प्रत्यक्ष प्रभाव गाँसिएको पाइन्थ्यो । यी सबै पूर्वदृश्यहरूका कारण उनका रचनाहरू पनि त्यही परिवेशबाट लेखिए ।


प्रेमासँग पुरूष आकर्षण:
प्रेमा शाहको यौवनावस्थामा यीसँग धेरै पुरुषहरू झुत्ती खेल्थे । खास गरेर युवाहरूमा पनि बौद्धिक वर्ग यिनको पछि लाग्ने गर्थ्यो ।

विद्यार्थी जीवनमा प्रेमा शाहसँग नजिक हुन धेरै विद्यार्थीले धेरै कसरत पनि गरे । धेरैले यिनलाई आकाशका तारा झार्ने वचन पनि दिए । वास्तवमा प्रेमा शाह रूपमा पनि सुन्दरी थिइन्, बिछट्टै राम्री थिइन् र खुलस्त पनि थिइन् । यिनको मिलनसार स्वभावबाट मान्छेहरू झन् यिनीसँग हुरुक्कै हुन्थे । त्यति मात्र होइन; यिनले रचना पनि पुरुषलाई झुम्म पार्ने खालका लेख्थिन् । त्यसैले स्कुल, कलेज र विश्वविद्यालय पढेताका एकातिर यी आफ्ना पछि लाग्ने पुरुषहरूसँग सामना गर्थिन्, अर्कातिर आफ्नो पढाइलाई अगि बढाउने क्रम थियो भने साहित्यरचनामा पनि यिनलाई नसा लागिसकेको थियो । त्यस बेला यिनकासबैभन्दा मिल्ने पुरूष साथी डा.ध्रुवचन्द्र गौतम पनि एक थिए । 

प्रेमाको प्रथम विवाह:
प्रेमा शाहले यौवनावस्थामा उनका पछि लाग्ने पुरुषहरू एकएक गर्दै छाडिसकेकी थिइन् । यसै बीच २०२८ साल असार १८ गते यिनको पाटनका जेपी शाहीसँग लगनगाँठो कसिएको थियो । बिहेपछि प्रेमा शाह बनारस पढ्न गइन् । उनी बनारसमा पढ्न बस्ता शाहीले उनलाई धूमधाम सहयोग पनि पुर्याएका थिए । त्यसै समयमा प्रेमा शाहले बनारस हिन्दू विश्वविद्यालबाट बाटिक पेन्टिङ्गमा डिप्लोमा गरिन् । साथै त्यहाँ उनले सेरामिक्सको पनि अध्ययन गरिन् । तर शाही दम्पती नेपाल फर्केपछि लगत्तै यिनीहरूको पारपाचुके भयो । किनभने आफू शाहीकी उप पत्नी हुन पुगेको कुरा उनले त्यसै बेला थाहा पाएकी थिइन् । लोग्नेसँग सम्बन्ध विच्छेद भएपछि कलासम्बन्धी अध्ययन गर्न उनी जापानतिर लागिन् ।

प्रेमाको दोस्रो विवाह:
जापानबाट फर्केपछि प्रेमा शाहले काम खोजिन् । त्यस बेला अर्थात् २०३६ सालसम्ममा यिनका पुराना मित्रहरूमध्ये धेरैजसो यीदेखि टाढाटाढा पुगिसकेका थिए । अनि त्यति बेला यी बानेश्वरको एभरेस्ट सेराटन होटलमा जागिर खान्थिन् । तर यिनको सुन्दरताको पारख

Comment

Related News