h

News

कवि तथा गीतकार हाङपाल आङ्बुहाङले लिम्बू भाषामा आफ्नो पहिलो गीति एल्बम

2018-01-01

Admin

news

कवि तथा गीतकार हाङपाल आङ्बुहाङले लिम्बू भाषामा आफ्नो पहिलो गीति एल्बम ‘ताराप्’ लिएर दर्शक तथा श्रोतामाझ आएका छन् । उक्त एल्बमलाई नयॉं बर्ष सन् २०१८ को अवसर पारेर गीतकारले आफ्नै फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।

एक दशकभन्दा लामो समययता सिंगापुरलाई कर्मथलो बनाउँदै आएका गीतकारले हाइकु संग्रह “च्याब्रुङको आवाज” पछि ताराप् (लक्ष्य) गीति एल्बम प्रकाशित गरेका हुन् । ताराप् एल्बममा ५ वटा लिम्बू गीतहरु संगृहित छन् । जसमा संगीतकार स्वयं गीतकार  हाङपाल आङ्बुहाङ, सेमिहाङ सिंगक, ब्रबिम सेर्मा र कुल्बा हाङ्सरुम्बा लिम्बूले संगीत भरेका छन् भने टेकेन्द्र यक्सो, अशोक लोहोरुङ, कृष्णभक्त राई र मनि ताम्लिङको एरेन्ज रहेको छ ।  गायकगायिका: सुनिता थेगिम, सेमिहाङ सिंगक, ब्रबिम सेर्मा र निरु हाङ्सरुम्बाले स्वर दिएका छन् ।

उक्त एल्बममा समावेश गरिएको तीन वटा गीतहरुको म्युजिक भिडियो यूट्युबमा अपलोड गरिएको छ । “खेप्सेम्मे - खेप्सेम्मे ... “ बोलको गीतमा भिडियो निर्देशन र छायांकन खगेन्द्र पंधाक लिम्बूको रहेको छ । यो गीत एउटा बाल पाठ्यक्रमको निम्ति सहयोगी सामग्री बन्न सकोस् साथै लिम्बू भाषा, लिपी, सँस्कृति र साहित्यको बिकास गर्नको निम्ति बालबालिकाको बौद्धिक विकास गराउनु जरुरी कुरा हो भनेर गीतसंगीतको माध्यमदेखि सन्देश बुलन्द गरिएको छ । यसै एल्बमको गीत “याप्मी लाजे ओ...” सिंगापुर देशमा छायांकन गरिएको पहिलो लिम्बू म्युजिक भिडियो हो ।

Comment