h

News

गोर्खा ट्रेलब्लेजर हङकङको टाईटल स्पोन्सर QNET

2018-01-18

admin

news

जनवरी 20, 2018 हङकङममा आयोजना हुने नयाँ च्यारिटी रेस QNET Gurkha Trailblazer 2018 ट्रेलरेसलाई प्रसिद्ध एसियन डाइरेक्ट सेलिङ कम्पनी QNET ले टाईटल स्पोन्सर गरी सहयोग प्रदान गरेको छ ।

िवश्वमा शान्ति स्थापनार्थ विश्व युद्धहरूमा आफ्नो ज्यान गुमाएका नेपाली सिपाहीहरू (गोर्खालीहरूको) सम्मानमा  QNET Gurkha Trailblazer अल्ट्रा ट्रेलरेस हङकङको उत्तरपूर्वी न्यू टेरिटोरिजमा 12 किलोमिटर र 26 किलोमिटरका दुईवटा दुरीमा प्रतियोगिता सम्पन्न हुनेछ । एक प्रेस विज्ञप्ति मार्फत QNET का अध्यक्षा Mr. Richard Zinkiewicz ले भन्नुभयो - "च्यारिटी रेसमा शीर्षक (टाईटल) स्पोन्सर घोषणा गर्न पाउँदा हामी उत्साहित भएकाछौं । यो प्रायोजन हाम्रो स्वतन्त्र जीवनयापन अभियान (Absolute Living campaign) सँग पूर्ण रूपमा सम्बद्ध छ ।"

 "QNET स्वीकार गर्दछौं की तपाईंले आफ्नोलागि लिनुपर्ने आधारभूत निर्णयहरू मध्ये एउटा निर्णय भनेको आफ्नो स्वास्थ्य तन्दुरुस्तीको बारेमा ख्याल गर्ने नै हो । तसर्थ यस्ता दौडहरू मार्फत आफ्नो शारीरिक स्वास्थ्यलाई पूर्ण सक्रियतामा ख्याल गर्नाले अझ धेरै सन्तुलित जीवनशैली िजउन सकिन्छ ।" Mr. Zinkiewicz भनाई थियो की - “QNET को स्वतन्त्र जीवनयापन अवधारणा दौडमा भाग लिई सबैभन्दा पहिला रेखा पार गर्ने भन्दा पनि जीवन प्रतिको उत्साह र स्वास्थ्य तथा तन्दुरुस्तीमा अग्रसर हुने दृष्टिकोणको िवकास होस् भन्ने कुरामा बढी केन्द्रित रहेको छ । उत्साहले नै QNET लाई सफलताको यति ठूलो उचाईमा पुर्‍याएको छ ।"

हालैका वर्षहरूमा यस खेलले आफ्नो लोकप्रियतालाई बढाउँदै गएकोमा Gurkha Trailblazer ले संसारभरका धावकहरूलाई आकर्षण गर्दै यो हङकङको ट्रेल क्यालेण्डरमा लोकप्रिय हुने आयोजकहरूको अपेक्षा छ । उहाँहरूले नेपाली हिल रेसिङ च्याम्पियन मिरा राईलाई पनि यस कार्यक्रममा सहभागी हुन निमन्त्रणा गर्नुभएको छ ।

गोर्खा ट्रेलब्लेजरबाट प्राप्त हुने सबै आम्दानी बाल कल्याण योजना (Child Welfare Scheme, CWS) मा जानेछ र उक्त योजनाले QNET द्वारा प्रायोजन गरिने दौडबाट प्राप्त हुने आम्दानीलाई नेपालका विद्यालयहरू सुधार गर्नमा प्रयोग गर्नेछ भनी Mr. Zinkiewicz ले जानकारी गराउनुभयो ।

"यस कार्यक्रमले हङकङमा भएका हाई स्कूल डिप्लोमा छात्रवृत्तिमा नेपाली युवाहरूलाई आर्थिक रूपमा सहायता गर्नेछ । यसले गोर्खालीको इतिहासलाई संरक्षण र प्रवर्द्धन गर्न पनि मद्दत गर्नेछ" भनी उहाँले थप्नुभयो ।

Gurkha Trailblazer च्यारिटी दौडलाई गोर्खाली इतिहासलाई प्रवर्द्धन गर्न – विश्व र हङकङको लागि आफूहरूले गरेको योगदान तथा बलिदानलाई सम्झिनका लागि सुरु गरिएको हो । यसले बहादुरहरू मध्ये पनि सबैभन्दा बहादुरलाई सम्मान गर्छ । अहिलेसम्म विभिन्न राष्ट्रका लगभग 3५८ जना सहभागीहरूले QNET Gurkha Trailblazer दौडमा सहभागी हुन दर्ता गराइसकेका छन् ।

 QNET को बारेमा केही कुरा
प्रसिद्ध एसियन डाइरेक्ट सेलिङ कम्पनीको रूपमा, QNET ले 100 भन्दा धेरै राष्ट्रहरूमा स्वतन्त्र प्रतिनिधिहरू (Independent Representatives, IRs) भनिने आफ्ना वितरकहरूबाट आफ्नो इ‍-कमर्स मार्फत विभिन्न उत्पादनहरू उपलब्ध गराउँछ । कम्पनीका विश्वभर विभिन्न राष्ट्रहरूका स्थानीय सञ्चालन वा फ्रैन्चाइजीहरू बाहेक 25 वटा राष्ट्रहरूमा कार्यालय तथा एजेन्सीहरू र 50 भन्दा बढी स्टोकिस्टहरू छन् ।

QNET संयुक्त अरब इमिरेट्स, मलेशिया, सिङ्गापुर, फिलिपिन्स र इन्डिनेशियाको डाइरेक्ट सेलिङ एसोसियसन्सका साथसाथै हङकङ फुड एसोसियसन्स, हेल्थ सप्लिमेन्टस् इन्डस्ट्री अफ सिङ्गापुर लगायत अन्य धेरैको सदस्य रहेको छ ।

खेलकूदको उर्जाले भरिपूर्ण कर्मशक्ति, उत्साह र सामूहिक कार्यले QNET लाई प्रतिबिम्बित गर्छ भन्ने कम्पनीको दृढ विश्वासले गर्दा QNET फुटबल (म्यान्चेस्टर सिटी फुटबल क्लबको डाइरेक्ट सेलिङ पार्टनर), तेकवान्दो, रग्बी लगायत धेरै खेलकूदहरूको प्रायोजनहरूमा पनि सक्रिय छ । थप जानकारीका लागि, कृपया QNET को वेबसाइट www.qnet.net मा जानुहोस् ।

जारी गर्ने:
QNET Public Relations
Units G-L 21/F MG Tower.
133 Hoi Bun Road, Kwun Tong.
Hong Kong
सम्पर्क – Ms. Rita Suttarno
+852 97808239
rita.suttarno@qigroup.com
 

Comment

Related News