h

News

छ जनालाई नइ बाल पुरस्का

2018-04-08

NAI

news

नइ प्रकाशनले आआफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने ५ वर्षदेखि १५ बर्ष सम्मका छ जना बालबालिकालाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
‘नइ बाल पुरस्कार’बाट पुरस्कृत हुनेहरूमा रिहना भट्टराई (बहुआयामिक) , एञ्जेलिना न्यौपाने (साहित्य), स्वन्ति श्रेष्ठ (गायन तथा नृत्य) रहेका छन् ।ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही दस हजार रूपियाँ रहेका छन् ।

यसैगरी नइ कोपिला पुरस्कार नृत्यमा सुश्री सगुन श्रेष्ठ र गायनमा रुनिषा सुनुवारलाई समर्पण गर्ने निर्णय भएको छ ।ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही सात हजार रूपियाँ रहेका छन् ।ताम ्रपत्रसहित पाँच हजार रूपियाँ राशिको नइ चिच िला पुरस्कार पाँच वर्षीय स्निग्धा देवकोटालाई समर्पण गरिने भएको छ ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।शताब्दी पुरुष  डा.सत्यमोहन जोशी द्वारा उहाँको ९९ औं शुभजन्मोत्सवका अवसरमा आगामी वैशाख ३० गते काठमाडौंमा नइ पुस्कारहरु समर्पण गरिने छन् ।नइ प्रकाशनका २८ वटा पुरस्कारमध्ये यस वर्ष २२ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिभालाई नइ पुरस्कार समर्पण गरिने छ ।

Comment