h

News

हङकङेली नेपाली संस्था र व्यक्तिहरु सम्मानित

news

@देवराज राई
हङकङ नेपाली महासंघले आफ्नो १९औं वार्षिक उत्सवको उपलक्ष्यमा हङकङको नेपाली समुदायको विविध क्षेत्रमा सक्रिय संस्था एवं व्यक्तिहरुलाई सम्मान एवं प्रशंसापत्र प्रदान गरेको छ ।

अप्रिल २९ तारिखका दिन हेनरी जी ल्योङ याउ मा तेई कम्युनिटी सेन्टरमा विविध कार्यक्रम बीच महासंघसँग आवद्ध संस्थाहरु र नेपाली समुदायको चौतर्फि विकासमा काम गर्ने संस्था र व्यक्तिहरुलाई पुरस्कृत गरेको छ ।

सम्मानित हुनेहरुमा सीता लिम्बू (सामाजिक), डा. चुराबहादुर थापा (शिक्षा), सोलिसिटर एकनारायण शर्मा (शिक्षा तथा कानुन), रबिन सार्की (बहुप्रतिभाशाली बालक), इन्द्र लिम्बू (स्वस्थ), चन्द्रका राई माया (महिला व्यावसायी), नेपाल फाईनान्स लिमिटेड (अर्थ व्यावसाय), बाग्लुङ नौमती बाजा समूह (संस्कृति), सन्ध्या गुरुङ (नृत्य कला), सुनिता गिरी (साहित्य), भद्रकला आङबुहाङ (गीतकार), अनुज रोक, टीबी याक्खा र अमृत गुरुङ (पत्रकारिता–मेडिया) र नेप युनाईटेड फुटबल क्लव (खेलकुद) क्षेत्रमा योगदान दिएका कारण महासंघले सम्मान गर्यो ।

हङकङ सरकारबाट चिफ एक्ज्यूकेटिभ कमेण्डेसन फर कम्युनिटी सर्भिस अवार्ड २०१७ बाट सम्मानित एनआरएन हङकङकी अध्यक्ष राधिका गुरुङ (टीका) लाई  महासंघले विशेष बधाई पत्र प्रदान गरेको थियो । साथै कार्यक्रममा मिस नेपाल वल्ड श्रृङ्खला खतिवडालाई हङकङका नेपालीहरुको तर्फबाट क्राउन पहिर्याई सम्मान गरेको थियो । १९ औ वार्षिक उत्सवमा महासंघमा आवद्ध संस्था र व्यक्तिहरु नेपाल क्लव हङकङ (सक्रिय सदस्य संस्था), लोकराज लिम्बू, चन्द्रकुमार लिम्बू (सक्रिय परिषद् सदस्य), अर्चन गुरुङ (सक्रिय सल्लाहकार), टंक राना (सक्रिय कार्यसमिति पदाधिकारी) लाई प्रशंसापत्र प्रदान गरेको थियो ।

हङकङ स्थीत नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत कमल प्रसाद भट्टराई प्रमूख अतिथि रहनु भएको कार्यक्रमा मिस नेपाल वल्ड श्रृङखला खतिवडा, हिडन ट्रेजरका डिरेक्टर प्रमोद रत्न कंशकार, गायक सुमित खड्का, डीएबी पार्टीकी प्रमूख स्टारी ली, विधायिका परिषद्का सदस्य भिसेन्ट चेङ लगायतका व्यक्तिहरुको उपस्थितिमा कार्यक्रममा महासंघका भूपू अध्यक्षहरु हेजेन राई, प्रदीप थापा, हेम लिम्बू सल्लाहकार अर्चन गुरुङ, कमल पौड्याल, कुलप्रसाद गुरुङ, प्रकाश पुन, हर्क राना, बेद खड्का लगायतका व्यक्तिहरु उपस्थित थिए ।

कार्यक्रमको अन्तमा विविध साँस्कृति कार्यक्रमहरु सीएसटीनका बालबालिकाहरु, आईकेटी कलेजका नेपाली विधार्थीहरुको नृत्य एवं मिस नेपाल हङकङका विजेताहरुका साथमा मिस नेपाल श्रृङ्खला खतिवडाको विशेष प्रस्तुति रहेको थियो ।

Comment