h

News

अरुण र दुधकोशीको अव्स्ट्याकल हटाए दोलालघाट र तुम्लिङटार जलयात्रा सहज

news

प्रदीप मेन्याङ्बो
धरान– प्रधानमन्त्री केपि ओलीले आफ्नै समुद्र र महासागर नभएपनि नेपाली पानीजहाज चलाउने सपना बारे बोल्दा धेरैले हावादारी गफको संज्ञा दिएका थिए ।
समुद्र र महासागर नेपाली भुगोलमा नभएपनि भएका नदीहरुमा जेटबोट, मोटरबोट संचालन गरेर जलयात्रा मार्फत मुलुक भित्रका गाउ, जिल्ला र शहरलाई जोड्न सकिन्छ भन्ने उदाहरण बराहक्षेत्रको चतरामा हाल संचालित जेटबोटले देखाएको छ ।
जेटबोट र मोटरबोट संचालन गर्न सकिने नदीहरु नेपालमा धेरै छन् । उत्तरी हिमालय पर्वत श्रृङ्खलाका हिउ पल्गेर बनेका वेगवान ती नदिहरु भएका अधिकांस जिल्ला, गाउमा सार्वजनिक सवारी साधन पुग्ने मोटरबाटो छैनन् नत हवाई मैदान । तर जलमार्गको संभावना प्रसस्त छ । यही संभावनाको आधारमा सुनसरीको बराहक्षेत्रस्थित चतराको कोशीबाट अरुण नदी र दूधकोशी (सुनकोशी) नदीमा जेटबोट जलयातायात संचालन भइरहेको छ ।
जेटबोट संचालन भएयता यात्रुहरुले दुधकोशी नदी किनारमा पर्ने भोजपुर हतुवागढीको चुहार र भसुवासम्म र अरुण नदीको किनारमा पर्ने भोजपुर र धनकुटाको सिमाना पर्ने सिम्लेसम्म सहजै पुग्न सकेका छन् । अरुण र दुधकोशीमा भएका अव्स्ट्याकल हटाएमा चतराबाट अरुण नदीहुदै संखुवासभाको तुम्लिङटारको फेदिमा र दुधकोशीको दोलालघाटसम्म यात्रुलाई एकै घण्टाको समयमा पु¥याउन सक्ने े जेटबोटका एकमात्र क्याप्टेन वृच्छासिं दनुवारले बताए । उनी नेपालका अधिकांस नदीहरुमा मोटरबोट र जेटबोट चलाएर दुइ दशकको लामो एडभेन्चर अनूभव बटुली सकेका क्याप्टेन हुन् ।
उनले भने, ‘अरुण र दुधकोशीका वीच वीचमा रहेका केही ढुङ्गा हटाउन सके हिडेर दिन लाग्ने ठाउमा एक घण्टामा म जेटबोट पु¥याउन तयार छु । तर यो काम सरकारले गर्नु पर्छ ।’ हामीसंग नदीको अव्स्ट्याकल हटाउने प्रविधि छैन ।’
कोशी नदीमा निर्माण भएको नया“पुल मुनी स्थापना गरेको बन्दरगाहदेखि धनकुटाको सिम्ले र भोजपुरको भसुवा, चुहारसम्म जेटबोट पुगेपनि त्यहाभन्दा माथि नदीमा रहेका विशाल चट्टानका कारण नदी बीचैबीच जस्तो सुकै एडभेन्चर भएपनि त्यो यात्रा तय गर्न नसक्ने क्याप्टेन दनुवारले बताए ।
केही वर्ष अघि कोशी रिभर ट्रान्सपोर्टको मोटरबोट दोलालघाटसम्म पुगेको थियो । अहिले चालुअवस्थामा रहेका जेटबोटका क्याप्टेन वृच्छासिं दनुवारले नै उक्त बोटलाई दोलालघाटसम्म पु¥याएका थिए । हालचालु जेटबोट पानीमा संचालन गर्न कम्तिमा डेढफुट पानीको लेवल चाहिन्छ । तर हिमालदेखि तिव्रताकासाथ वगेर आएका दुधकोशी र अरुण नदिका प्रवाह वीच वीचमा विशाल चट्टानमाथि चिप्लदै वग्ने भएकाले पानीको लेवल एकदुइ ठाउमा नपुग्दा आधुनिक प्रविधिमा आधारित जेटबोटलाई काभे्रको दोलाल घाट र संखुवासभाको तुम्लिङटार फेदिसम्म पु¥याउन नसकिएको दनुवारले बताए ।
नेपालको नदीहरुमा मोटरबोट र जेटबोट चलाएको अनुभवका आधारमा उनलाई कोशी नदीका जानकार मानिन्छ । उनले भने, ‘सरकारले चाहयो भने दोलालघाटसम्म जेटबोटबाट यात्रु आवतजावत गर्न सकिन्छ  तर नदीका ‘अब्स्ट्याकल्सहरु’ सरकारले पन्छाइदिनुपर्छ ।’ पर्यटक गाइडका रुपमा काम गर्दागर्दै दुईदशक अघि नै दनुवार अमेरिकी नागरिकको संगतले नेपालका विभिन्न नदीमा मोटरबोट र जेटबोट चलाउन सिकेका हुन्  ।
पहिलो चरणमा भोजपुुरको हतुवागडी स्थित भसुवासम्म पुगिरहेको जेटबोटकालागि दूधकोशीको बाधा पन्छाउने हो भने उदयपुरको बेलका नगरपालिका– ७ र भोजपुरको हतुवागढी गाउपालिका– ९ को लाम्पातेसम्म पुग्न सकिने बताए । उनकाअनुसार अरुणबाट अझै टाढाको दुरीमा पर्ने तुम्लिङटारसम्म जेटबोट संचालन गर्न नदीको वीचमा रहेको दुइटा अव्स्ट्याकल (ढुंगा) ब्लाष्ट गर्नुपर्ने र दुधकोशी (सुनकोशी)बाट दोलालघाट पुग्नकालागि एउटा ढुंगा ब्लाष्ट गर्नुपर्ने छ ।
    वराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिले दुइमहिना देखि व्यावसायिक रूपमा जेटबोट सञ्चालन गर्दै आएको छ । जेटबोटले भोजपुरका हतुवागडी, आमचोक, धनकुटाको सहिदभूमि गाउपालिकासहित भोजपुर–खोटाङका दक्षिणी भेगका स्थानीयलाई छोटो दूरीमै सुनसरीको बराहक्षेत्रसँग जोडिदिएको छ ।
जेटबोट संचालक सदस्य मध्ये कवि राईले नागरिकको सुविधालाई ध्यानमा राखेर सरकारले नदीका केही अव्स्ट्याकलहरु पन्छाउने हो भने चतराबाट हिडेर हप्तौं लाग्ने भोजपुर, खोटाङलगायतका पहाडी क्षेत्र जेटबोटबाट एकै घण्टामा पुग्न सकिने बताए । उनले भोजपुरको पावला, दुङमाना, पाङ्चा, यू“, वासिङ, पूर्णे, बयाङ, आमचोकसम्मका स्थानीय यात्रुहरु प्रत्यक्ष लाभान्वित हुने बताए ।
खोटाङका लिकुवापोखरी, भञ्ज्याङ, काउलेदेखि चिसापानीसम्मका स्थानीय एकै घण्टामा सुनसरीको चतरा आइपुग्न सक्ने पनि राईले बताए । चतराबाट चिसापानी हिडेर जाने हो भने तीन दिनसम्म लाग्छ । यी क्षेत्रहरुबाट चतरासम्म आइपुग्न -याफ्टिङमा करिव ८ घण्टा लाग्छ ।
वराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रा.लि.का संचालक अध्यक्ष सन्तोष भण्डारी र निर्देशक अमित भगतले सरकारले जलयातायातलाई सहज बनाउदै स्थानीय यात्रुलाई अर्को क्षेत्रसंग जोड्नकालागि जेटबोट बैकल्पिक यातायातको साधन मानेर नदीका अव्स्ट्याकल हटाउन माग गरे । अमितले, ‘हालसम्म निजी क्षेत्रबाट कोशी, अरुण र दुधकोशीमा जल यातायात्र संचालन भइरहेको छ । तर व्यापकरुपमा जेटबोट संचालन गर्न नदिका अव्स्ट्याकल हटाउन सरकारले नै पहल गर्नु पर्छ ।’
उनका अनुसार जेटबोटले पूर्वका मुख्य शहरसंगको दूरी निकै कम बनाएको छ । सार्वजनिक सवारी साधनबाट घण्टौं समय लाएर शहर पस्नु पर्ने यात्रुले अब २० मिनेटको समयमै ठूलाठूला पहाड र अक्करे भिरहरु छिचोल्न सकेका छन् । तर जेटबोटको सम्भावना र यात्रुहरुको सुविधा यतिमा मात्र पर्याप्त छैन । अरुणतिरबाट जा“दा सिम्ले र अखुवाटारको बीचमा पर्ने  छहरालाई ‘कटिङ’ गरेर ‘साइट लाइन’ सारेमा तुम्लिङटारसम्म सहजै पुग्न सकिने अमितले बताए ।
व्यवसायिक रुपमा जेटवोट सञ्चालनमा आएपछि अरुण र दुधकोशीमा रोमान्चक जलयात्रा गर्नेहरुको संख्या दिनदिनै बढेको छ । सुगम, सस्तो र वैकल्पिक जल मार्गका रुपमा तमोर नदी जेटबोट संचालन गर्नेबारे अध्ययन गरिरहेको उनले बताए । उनले पुर्वका मुख्य नदीहरुमार्फत जलयात्रा गर्दै आसपासका पर्यटकीय स्थलको रमणीय दृष्य अवलोकन गर्ने बाह्य र आन्तरिक पर्यटकलाई पनि आकर्षण गर्न थप योगदान पुग्ने बताए ।
    हाल एउटा जेटबोटले दैनिक पाच देखि आठ पटक ओहोर दोहोर गर्दै आएको छ । प्रतिघण्टा करिव ४० देखि ५० किमिका दरले जेटबोट पानीमा हुइकिदा एकदिन लाग्ने बाटोमा आधा घण्टामा यात्रुलाई गन्तव्यमा पु¥याउने गरेको छ । एक पटकमा ३५ जनासम्म यात्रु बोकेर जेटबोट चल्ने गरेको छ ।

-------
अरुण र दुधकोशीको संगमस्थल । जेटबोट चढेर भोजपुरको हतुवागढीको चुहारसम्म जादै जलयात्रीहरु । तस्वीरः प्रदीप मेन्याङ्बो
 

 

Comment

Related News