h

News

नेपाली चलचित्र 'थात्थलो'को अफिसियल फर्ष्ट लूक पोष्टर सार्वजनिक

2018-07-19

Admin

news

मुख्य भूमिकाहरूलाई मात्र प्राथमिकता दिएर पूराना शैलीको कथामा बन्ने चलचित्रहरूको भीडमा बहूल चरित्र र पात्रहरू बोकेर फरक तर ठेट धारमा बनिएको चलचित्र 'थात्थलो'को अफिसियल फर्ष्ट लूक पोष्टर सार्वजनिक भएकोछ ।

बहुप्रतिक्षित यो चलचित्रमा सुमी लिम्बू, कञ्चन थलङ, किशोर कुमार लिम्बू, सज्जन श्रेष्ठ, आयुशा लिम्बुखिम, नबिन लिम्बू, सिता कुमारी तुम्बापो, सन्जय लिम्बू, दुर्गा लिम्बू (पन्धाक), जयसन लिम्बू आदिको प्रमुख भूमिका रहेको छ ।

 खगेन्द्र पन्धाक लिम्बूको लेखन-निर्दैशनमा रेन्बो रेज म्युजिक प्रा.लि.को ब्यानरमा निर्मित 'थात्थलो'मा बिबी लिम्बूले प्रमुख सहायक निर्देशनको काम गरेका छन् भने किशोर कुमार लिम्बू, सिता कुमारी तुम्बापो र खगेन्द्र पन्धाक लिम्बू निर्माता रहेका छन् ।

तेह्रथुम, संखुवासभा र ताप्लेजुङका उच्च पहाडी सुन्दर क्षेत्रमा छायाङ्कन गरिएको यो चलचित्र खगेन्द्र पन्धाक लिम्बू, बिबी लिम्बू, नबिन लिम्बू र सन्जय लिम्बूले छायाङ्कन गरेका छन् । ड्रोन छायाङ्कन मेघराज मगरातीको रहेको छ । खगेन्द्र पन्धाक लिम्बू, बिबी लिम्बू र पर्शु लिम्बू(थलङ)को सम्पादन रहेकोछ ।

शब्द-सङ्गीत पनि खगेन्द्र पन्धाक लिम्बूले नै गरेका हुन् भने अबिर लिम्बू(पन्धाक), अमृता सम्बाहाम्फे लिम्बू, सुस्मा लिम्बू र सञ्जय लिम्बूको पार्स्वगान रहेकोछ । सङ्गीत संयोजन गणेश गुरुङको रहेकोछ ।

साउन ७ गते यो चलचित्रको अफिसियल ट्रेलर सार्वजनिक हुने र दशैंमा हङकङबाट प्रिमियर शो गरी विश्वभरी प्रदर्शन हुनेछ ।

Comment

Related News