h

News

निकै चर्चामा रहेको चलचित्र ‘थात्थलो' को अफिसियल ट्रेलर सार्वजनिक

2018-07-23

news

खगेन्द्र पन्धाक लिम्बूको लेखन-निर्देशन तथा बिबी लिम्बूको प्रमुख सहायक निर्देशन रहेकोछ । सुमी लिम्बू, कन्चन थलङ, किशोर कुमार‌ लिम्बू, सज्जन श्रेष्ठ, नबिन लिम्बू, आयुशा लिम्बुखिम, सिता कुमारी तुम्बापो, सन्जय लिम्बू, दुर्गा लिम्बू, जयसन लिम्बू, खुशिला लिम्बू आदिको प्रमुख भूमिका रहेको छ ।

संखुवासभा, तेह्रथुम र ताप्लेजुङको उच्चपहाडी सुन्दर ईलाकामा छायाङ्कन गरिएको थात्थलो चलचित्रको ट्रेलर युट्युव मार्फत सार्वजनिक भएको छ । किशोर कुमार लिम्बू, सिता कुमारी तुम्बापो र खगेन्द्र पन्धाक लिम्बू निर्माता रहेको यो चलचित्र फरक धारमा बनेको मेकरहरूको दाबी छ ।

विश्व आदिवासीहरूको आवाजलाई सम्वोधन गर्न र गाउँलेहरू सहरमा पलायन भईरहेको अवस्थालाई मध्यनजर गरी नेपाली पर्यावरणलाई जोगाउने सन्देशसहित चलचित्र बनेको निर्देशकको भनाई छ । यस चलचित्रमा शब्द तथा सङ्गीत पनि खगेन्द्र पन्धाक लिम्बू कै रहेछ भने बिबी लिम्बू, खगेन्द्र पन्धाक लिम्बू, नबिन लिम्बू र सन्जय लिम्बूको छायाङ्कन रहेकोछ । खगेन्द्र पन्धाक लिम्बू, बिबी लिम्बू र पर्शुराम थलङको सम्पादन तथा मेघराज मग्रातीको ड्रोन छायाङ्कन रहेको छ । दशैंबाट हङ्कङबाट प्रिमियरशो हुने तयारी रहेको निर्माताहरूको जानकारी छ ।

Comment

Related News