h

News

कुलुङहरुको जिल्ला कार्यक्रम समिति पुनगर्ठन

news

बिरेठाटी, कास्की
नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ जिल्ला कार्यसमिति कास्कीको पुनर्गठन कार्यक्रम अन्नपूर्ण गाउपालिका ८ बिरेठाटीमा सम्पन्न भएको छ । कुलुङ संघको केन्द्रीय अध्यक्ष चन्द्रसिं कुलुङको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । २०६९ सालमा पहिलोपटक महेश थिम्राको अध्यक्षतामा ११ जना पदाधिकारीहरुको चयन भई २०७२ सालमा साधारण सभा गरी खुशी कुलुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो ।
कार्यसमिति चयन भएता पनि प्राविधिक कारणले संस्था निष्क्रिय रहिरहेको अवस्थामा पुनः पुनर्गठन कार्यसमिति चयन गर्नुपर्ने आवश्यकता भएकोले नयाँ कार्यसमिति गत शुक्रबार महेश थिम्रा कै संयोजकत्वमा चयन भयो । यसैगरी उपसंयोजक तारा होङेलु, सदस्य सचिव अनुज मुम्हो, कोषाध्यक्ष परम मोरोखु, सदस्यहरु सिलास गेप्दुलु, प्रेम थिम्रा, मनिकुमारी थिम्रा, अनिल थिम्रा, लकु तोमोछा (सुब्बा), इन्द्र ङोपोचो र एलन गान्खु गरी ११ सदष्यीय कार्यसमिति चयन भयो ।
नयाँ कार्यसमितिलाई बधाई अनि शुभकामना दिदै कुलुङ संघ जिल्ला कार्यसमिति मोरङका अध्यक्ष टेक बहादुर मोरोखुले भने  “मोरङमा कुलुङ संघ निकै सक्रियता साथ अघि बढेको कारणले त्यस ठाउँमा राजनीतिक क्षेत्र र सरकारी तवरबाटै हामीलाई निकै सकरात्मक रुपमा आर्थिक एबम नैतिक सहयोगहरु पाइरहेका छौ । ” ।
त्यसैगरी कुलुङ संघ जिल्ला कार्यसमिति सुनसरीका अध्यक्ष आशधन रिन्होले “आफ्नो भाषा संस्कृति र जाति बचाउन यूवाहरुको चासो निकै कम देखिन्छ । यूवाहरुको चासो र सक्रियता अति आवश्यक कुलुङ संगठनलाई आवश्यक छ ।” भन्दै सुझाव सहित बधाई अनि शुभकामना दिए ।
“कुलुङ लगायत अन्य धेरै जातिहरुको भाषा, संस्कृति लोप हुदै गइरहेको र राज्यबाट पाउनुपर्ने अधिकारबाट बञ्चित भईरहेको अवस्थामा आफ्नो हक अधिकारको लागि विभिन्न आन्दोलन र मागहरु भइराख्दा पनि राज्यबाट सुचिकरण नभईरहेको अवस्थामा हरेक ठाउँमा कुलुङहरुको एकता मजबुत हुन आजको आवश्यकता हो ।” भन्दै प्रमुख अतिथि चन्द्रसिं कुलुङले बताउनुभयो । उहाँले कुलुङ संगठनको इतिहाँस र भाबी रणनीतिको बारेमा पनि कार्यक्रममा बोल्दै चाँडै नै जिल्ला कार्यसमितिको संयोजकत्वमा अन्य इकाई कमिटि पनि गठन गरेर काम गर्न सुझाब दिनुभयो ।

कास्की जिल्लामा कर्मथलोको रुपमा, बसाईसराई भएर जिल्लामै रहिरहेका र विभिन्न कारणले जिल्लामा लामो समयदेखि बसिरहेका सम्पुर्ण कुलुङहरुको एकता, भाषा संरक्षण र संस्कृति उत्थानको निम्ति कार्यसमिति गठन गर्न आवश्यक रहेको कार्यक्रम संयोजक प्रदीप कुलुङले जानकारी दिनुभयो ।

Comment

Related News