h

News

टान पोखराको रजत महोत्सव सहित साधारण सभा सम्पन्न

news

पोखरा कास्की / ११ अगष्ट २०१८
ट्रेकिङ्ग एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको १५ औ अधिवेशन एवं २५ औ वार्षिक साधारण सभा एवं रजत महोत्सव वर्ष २०७४÷७५ कार्यक्रम शनिबार माउन्ट कैलाश होटल लेकसाइड पोखरामा भव्यताका साथ सम्पन्न भएको छ । गण्डकी प्रदेशको मुख्य मन्त्री पृथ्बीसुब्बा गुरुङको प्रमुख आतिथ्य एबं माछापुच्छ्रे गाउँपालिका, अन्नपूर्ण गाउपालिकाको प्रमुख लगायत, पश्चिमाञ्चल टानको पूर्व अध्यक्षहरुको विशेष आतिथ्यमा खुल्ला सत्रको कार्यक्रम भएको थियो ।

“पर्यटकहरुको चाप भित्रिदै गर्दा अन्नपूर्ण गाउपालिकामा विशेष गरी होटलको सहि व्यवस्थापन गर्न नसकेकोले यसलाई चुस्त बनाउन प्रदेश सरकारसंग जोडदार माग गर्दछु” भन्दै अन्नपूर्ण गाउँपालिकाका प्रमुख यूवराज कुँवरले कार्यक्रममा आफ्नो भनाई राख्नुभयो । साथै स्थानीय तहले कुनै पनि विदेशीसंग पैसा उठाउन हुदैन भनेर पहिलो पटक एकद्धार प्रणालीको आवाज अन्नपूर्ण गाउपालिकाले उठाएको कुरा पनि मन्तव्यको क्रममा राखेका थिए ।

“यो क्षेत्रको आर्थिक उन्नतिको श्रोत पर्यटन हो र पर्यटन क्षेत्रलाई दु्रत गतिमा अघि बढाउनलाई व्यवसायीलाई बैंकले न्युन व्याजदरमा ऋण उपलब्ध गराउनुपर्छ । त्यसको निम्ति सरकारले अहम भुमिका खेल्नुपर्ने आवश्यकता रहेको छ ” भन्दै पोखरा पर्यटन परिषदका अध्यक्ष केदार शर्माले आफ्नो भनाई राखेका थिए ।

यसैक्रममा रजत महोत्व बर्षका संयोजक एबमं टान पश्चिमाञ्चलका सल्लाहकार डम्बर के.सी.ले “टानले स्थापना कालदेखि नै विभिन्न चुनौतिहरुलाई सुक्ष्म ढंगले नियाल्दै समाधान गर्दै अघि बढिरहेको छ । व्यवसायीहरुको हक र हितको निमित्त यो संस्थाले खेल्नुपर्ने अहम भुमिका खेल्दै २५ औ रजत महोत्सबको संघारमा आइपुग्दा गर्व लागेको छ र हाल सरकारले पछिल्लो नीतिमा विभिन्न ठाउँपिच्छेको स्थानीय करप्रणालीलाई हटाउदै वान डोर सिस्टममा जानुपर्छ“ भनि कार्यक्रममा आफ्ना भनाई राखेका थिए ।

उक्त खुल्ला सत्र कार्यक्रममै मुख्यमन्त्रिका सामु पश्चिमाञ्चल टानका सचिव शुशिलराज शर्माले संस्थाको प्रगति प्रतिवेदन बाचन गरेर सुनाएका थिए । व्यवसायीहरुको लागि व्यवस्थापन तालिम, इ मार्केटिङ सम्बन्धि तालिम, रजत महोत्सव भ्रमण, नयाँ पदमार्गहरुको पहिचान सम्बन्धि ३६ वटा उपलब्धीमुलक प्रगति विवरण र ०७५÷०७६ को नीति तथा कार्यक्रमहरु समेत कार्यक्रममा बाचन गरेका थिए ।
प्रमुख अतिथि मुख्य मन्त्रि पृथ्बी सुब्बा गुरुङले “टान पश्चिमाञ्चलले उठाएको एकद्धार कर प्रणालीको मागलाई हामीले सकरात्मक रुपमा लिएका छौ र यसलाई कार्यन्वयनमा ल्याउनको लागि केहि समय धैर्य गर्नुपर्ने छ” भन्दै कार्यक्रममा बोलेका थिए ।

“देश समृद्ध हुनलाई पैसा कमाउनु मात्र महत्वपूर्ण होइन । तर त्यहिसंग जोडिएर आएको सामाजिक, सांस्कृतिक, शैक्षिक साथै भौतिक पूर्वाधारको विकास संगसंगै लगेर मात्र देश विकाश हुन्छ र त्यहि अनुरुपमा हाम्रो प्रदेशको पनि विकास हुने छ । पर्यटन क्षेत्रलाई चुस्त बनाउनलाई विकासको निमित्त सरकार र व्यवसायीहरुको उच्च समन्यव हुन जरुरी छ । र टान पश्चिमाञ्चलले सम्पुर्ण व्यवसायीहरुको कुरालाई प्रतिनिधित्व गरी अघि बढाईरहेको सम्पुर्ण कामहरु प्रशंशनीय छन् र आगामी दिनमा पनि अझ धेरै परिस्कृत हुदै अघि बढ्नु कुरामा विश्वस्त छु ।” भन्दै आफ्नो कुरा राखेका थिए ।
यसैक्रमा कार्यक्रमका सभापति एबं टान पश्चिमाञ्चलका अध्यक्ष दीपकराज अधिकारीले “बर्तमान देशको भौतिक विकासको अवस्था र विभिन्न किसिमको अन्य कर उठाउने प्रणालीहरुलाई अवलम्बन गर्दैै लैजाने हो भने पर्यटन बढ्ने हैन घट्ने अवस्था मैले देखेको छु र पर्यटन जस्तो संवेदनशील व्यवसायले सरकारले अति ध्यान पु¥याउन जरुरी छ” भन्दै कार्यक्रममा आफ्नो मन्तव्य राखेका थिए ।
 

Comment

Related News