h

News

हरि भुजेल टान पोखराको नव अध्यक्ष

news

अनुज कुलुङ - लेकसाइड पोखरा
२६ साउन २०७५

ट्रेकिङ एजेन्सिज एशोसियशन अफ पोखराको १५ औ अधिवेशनले हरि भुजेललाई अध्यक्ष पदमा निर्वाचित गर्दै नव कार्यसमिति छनौट गरेको छ । शुशिलराज पौडेल प्रथम उपाध्यक्ष, धर्मराज पन्थी द्धृतिय उपाध्यक्ष, जीवनराज सापकोटा सचिव, उदय सुवेदी सहसचिव, कृष्ण आचार्य कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

त्यस्तै गरि प्रकाश बास्ताकोटी, विश्वहाङ राई, कालिबहादुर नेम्बाङ, रेशमराज अधिकारी, राधिका पौडेल, विकास गुरुङले कार्यसमितिको सदस्य पदमा चयन भएका छन् । अधिवेशन अगष्ट ११ तारिख शनिबार होटल माउण्ट कैलाश रिसोर्ट लेकसाइड पोखरामा सम्पन्न भएको थियो ।

जित हासिल गरेपछि नव निर्वाचित अध्यक्ष भुजेलले तीन महिनाभित्र लेकसाइड पोखरामा पर्यटनलाई प्रभाव पार्ने खालको विभिन्न होडिङ बोर्डहरु हटाउनलाई नेपाल पर्यन बोर्ड, नेपाल पर्यटन परिषद्संग समन्वय गरी मन्त्रालयमा गएर निवेदन पेश गरी हटाउने प्रतिवद्धता व्यक्त गरेका थिए । पर्यटन विकास, रोजगार श्रृजना एबं सुरक्षित पदयात्राकानिम्ति अहिलेको कार्यसमिति सक्रिय तरिकाले अघि बढ्ने बताएका छन् ।

कार्यक्रममा निवर्तमान अध्यक्ष दीपकराज अधिकारी, केन्द्रिय टान प्रथम उपाध्यक्ष जीवन थापाले चयन भएका नयाँ कार्यसमितिलाई शुभकामना दिएका  थिए ।  




 

Comment

Related News