h

News

टान पोखराद्धारा डिजिटल मार्केटिङ तालिम सम्पन्

2018-09-20

Admin

news

असोज ४, २०७५
ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल क्षेत्रीय संघ पोखराले विश्व पर्यटन दिवस २०१८ को अवसरमा “रिचिङ द ग्लोबल अडियन्स विथ स्ट्रोङ डिजिटल प्रेजेन्स” बिषयक एक दिने अभिमुखिकरण कार्यक्रम बिहिबार लेकसाइड पोखरामा सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डको सहकार्य र ब्रेनडिजिट आइटि सोलुसन प्रा.लि. को सहयोगमा पोखराको ट्रेकिङ व्यवसायी तथा सञ्चालकहरुको पुर्ण सहभागिताको साथमा उक्त अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
पर्यटन व्यवसायलाई डिजिटल माध्ययमबाट प्रभावकारी ढंगबाट प्रवद्र्धन गराउनको निम्ति आवश्यक कुराहरुको बिषयमा प्रशिक्षकद्धय सम्राट प्रधान, सञ्जीब श्रेष्ठले प्रशिक्षण दिएका थिए । जसमा सोसल मिडिया मार्केटिङ, सर्च इन्जिन, ब्लगिङ, वेबसाइट म्यानेजमेन्ट जस्ता महत्वपुर्ण बिषयमा उक्त तालिम दिएका थिए ।
“डिजिटल मार्केटिङ तालिम अहिलेको अति आवश्यक तालिम हो । यो भन्दा अझै प्रभावकारी तालिमहरु आगामी दिनमा टान पश्चिमाञ्चलले आयोजना गर्ने छ” भन्दै टान पश्चिमाञ्चलका अध्यक्ष हरी भूजेलले बताए । उक्त कार्यक्रम प्रकाश वास्ताकोटीले तालिम संयोजन गरेका हुन् ।
 

Comment

Related News