h

News

हङकङमा फरक ब्यावसायमा जम्दै नेपाली चेलीहरु

news

नेपाली दिदी–बहिनीले सुरु गरेको अनलाईन सपिङ र स्टोर “बेबी बेशीकस“ले बिदेशी ग्राहकहरुको मन जित्न थालीसकेको छ । हङकङमा चर्चित “बम्ब टु बेबस“ नामक स्टोरमा डेढ दशक भन्दा बढी ब्रान्च म्यानेजर र एडमिष्ट्रेशन म्यानेजरको अनुभव संगालेका दिदी–बहिनी आरती लिम्बू र अनुराधा लिम्बू क्षेत्रीले सुरु गरेको ब्यावसाय भने अरु नेपालीहरुले गरिरहेको भन्दा फरक छ ।

गत साता सेण्ट्लको क्विन्स रोडस्थित लनसिंग हाउसको सातौ तलामा “बेबी बेसीक्स“  नामक स्टोर संचालनमा आएको हो । १५ वर्ष भन्दा बढी अर्काकोमा काम गरेपछि लिम्बू दिदी–बहिनीले आफै खोलेको “बेबी बेशीकस“ स्टोर बिदेशी माझ लोकप्रिय बन्दै गएको छ ।

    “बेबी बेशीकस“ मा गर्भवती महिला, नवजात शिशुदेखि १० वर्ष मुनिका बाल–बालिकाहरुको लागि सबै किसीमका उपयोगी स्वस्थ्य सामाग्री, पहिरन, खेलौना आदी उत्पादन एकै छानामुनी सुपथ मूल्यमा उपलब्ध छन ।  चल्दा चल्दैको “बम्ब टु बेबस“ अचानक बन्द भएपछि लिम्बू दिदी–बहिनीले लामो अनुभव खेर नफाली “बेबी बेशीकस“ नामबाट त्यसलाई पुनर्जीवन दिएका हुन । आरती भन्नुहुन्छ, “हामीले जानेको काम यहि थियो, फेरि अरुकोमा जागिर खाने भन्दा आफै केहि गरौ भन्ने लागेर ब्यासाय सुरु गरेका हौ ।“

    लामो अनुभवपछि आरतीले बहिनी र केहि लगानीकर्ताको साथमा सुरु गरेको यो ब्यावसायबारे धेरै नेपालीलाई थाहै नभए पनि बिदेशीहरु माझ लोकप्रिय बन्दैछ । सम्पर्कमा रहेका पुराना ग्राहकहरु नयाँ ठाउँ सोध–खोज गर्दै आउन थालीसकेको उहाँ बताउनुहुन्छ । स्टोरमा “बम्बस टु बेबस“ का पुराना ग्राहकहरुको भीड लाग्न थालीसकेको छ ।

    आरती भन्नुहुन्छ स्टोर खुलेको एक सातामा धेरै पुराना बिदेशी ग्राहकहरु आउन थालेकाछन् । “पुराना ग्राहक चीनीया तथा अन्य विदेशीहरु धेरै भएपनि “बेबी बेशीकस“ मा नेपाली ग्राहकहरुलाई पनि आकर्षित गरिरहेको उहाँ बताउनुहुन्छ । हङकङका धेरै स्टोरहरुमा महंगो शुल्कमा बिक्री भइरहेका र नेपालीहरुले पनि प्रयोग गर्दै आएका उत्पादनहरु अरु ठाउँ भन्दा सस्तोमा उपलब्ध गराईरहेको दाबी स्टोरको छ । लिम्बुका अनुसार बेलायत र युरोपका अरु देशबाट सिधै कण्टेनरहरुमा सामान मगाउने भएकाले एउटै सामान बाहिर भन्दा सस्तो र कतिपय सामान अन्य स्टोरमा भन्दा आधा मुल्यमा समेत दिन सकेको हो । बच्चाको स्किन केयर “चाईल्ड फाम“ नामक बेलायतको लोकप्रिय उत्पादन अरु स्टोरमा भन्दा निकै सस्तोमा उपलब्ध रहेको लिम्बू बताउनुहुन्छ ।

    लिम्बुका अनुसार वातावरणमैत्री स्तररिय उत्पादनहरु सस्तोसगै अनलाईन शपिङ र हङकङभरी होम डेलीभरी सेवा समेत एकसाथ सुरु गरिएको छ । ५०० हङकङ डलर भन्दा बढीको सामान अनलाईनबाट अर्डर गर्ने ग्राहकलाई होम डेलीभरी सेवा समेत हाजीर छ । बेबीबेशीकसएचकेडटकम www.babybasicshk.com मा गएर सजिलैसग लग ईन गरी सामान रोजेर अर्डर गर्न सकिने र होम डेलभिरीको लागी भ्यान सहितको छुटटै आफनै टीम रहेको लिम्बू बताउनुहुन्छ ।
    आफुहरुको काम र ब्यावसायको अनुभव देखेर अरु पनी नेपाली दिदी–बहिनीहरुले जानेको–सिकेको ब्यावसायमा हात हालुन भन्ने चाहना लिम्बु दिदी–बहिनीको छ । स्थानीय चीनीया र बिदेशी ग्राहकहरुको मन जित्दै आएका लिम्बू दिदी–बहिनी हङकङमा रहेका नेपालीहरुले पनि आफूहरुको काम र ब्यावसायलाई हौसला–माया दिनुहुनेछ भन्ने आशामा हुनुहुन्छ ।

Comment

Related News