h

News

प्राथमिक १ कक्षामा भर्ना

2016-09-17

news

–– यदि तपाईका नानीहरु अहिले किण्डरगार्टेन ३ कक्षामा छन् र सेप्टेम्बर 1, 2017  देखि प्राथमिक १ कक्षामा भर्ना हन गइरहेका छन् भने । अनि तपाईले गत सेप्टेम्बर २२ भित्रमा पी१ प्लेस एलोकेशनमा सहभागी हुनुभएको छ भने ––– 2015 नोभेम्बर २३  सम्बन्धित विद्यालयहरुमा त्यसको परीणाम प्रकाशित हुनेछ । शिक्षा विभागबाट तपाईलाई पत्र पनि आइसकेको हुनेछ ।
–– विद्यालयमा तपाईको नाम प्रकाशित भइसकेको छ र तपाईलाई यहाँको शिक्षा विभागले डिसक्रियशनरी प्लेसमा स्थान दियो भने तपाई भाग्यमानी हुनुभयो अब तपाई झंझट मूक्त हुनुभयो । स्थान दिनुको मतलब तपाईको नानी भर्ना भयो । अब जुन – जुलाईमा पुस्तक र युनिफर्मकालागि तयार हुनुभए हुन्छ तर तपाई आउँदो नोभेम्बरमा सम्बन्धित विद्यालयमा गएर रजिस्टर गर्नु पर्दछ अन्यथा तपाईको स्थान अर्को विधार्थीले पाउने छ ।

–– यदि तपाईले डिसक्रियशनरी प्लेसमा स्थान पाउनु भएन भने अलि झंझट हुन्छ तर ठूलो समस्या भने होइन । यसकालागि 2017 जनवरीको दोश्रो हप्तामा तपाईलाई शिक्षा विभागबाट प्रत्र प्राप्त हुनेछ । पत्रमा तपाईको निवास र त्यस आसपासका कुनै एक विद्यालयमा अस्थाई शिविर हुन्छ र १ भन्दा बढी विद्यालयको कोड नम्बरहरु भर्नु पर्दछ र जुन महिनामा त्यसको परिणाम प्रकाशित हुनेछ ।

अभिभावकहरुलाई मनमा आइरहने प्रश्नहरु ः
के मेरो नानीलाई विद्यालयले भर्ना गर्न नचाहेर यस्तो भएको हो ?
–– विधार्थीहरुको भर्नाका विषयमा विशेष गरी प्राथमिक १ र माध्यमिक १ कक्षामा यहाँको शिक्षा विभागले कसलाई भर्ना गर्ने कसलाई नगर्ने हो यो सबै शिक्षा विभागले निर्धारण गर्छ । तपाईले छनौट गर्नु भएको विद्यालये केवल फारम संकलन गर्ने र शिक्षा विभागमा पठाउने काम मात्र गर्दछ ।

डीपी चरणमा वेईटीङ लिस्टमा पर्नु भनेको के हो ?
– सरकारी र सरकारी अनुदानबाट संचालन भएका विद्यालयमा प्रथम चरणमा ५० प्रतिशत स्थानकालागि मात्र शिक्षा विभागले विधार्थीहरुको स्थान अफर गरेको हुन्छ । यसर्थ सेन्ट्रल एलोकेशन राउण्डमा तपाईले पुनः पहिलो चरणमा अर्थात डीपी राउण्डमा छनौट गर्नु भएको विद्यालयको कोड नम्बरहरु पहिलो नम्बरमा लेख्नु पर्दछ र आफूले चाहेको विद्यालयमा तपाईको नाम प्रकाशित हुन्छ अर्थात बाँकी रहेको ५० प्रतिशत स्थानमा तपाईको नानीले भर्ना हुन पाउँछ तर शिक्षा विभागले निर्धारण गरेको मिति र स्थानहरुमा जानुपर्छ ।

रजिस्टर गर्न छुट्यो भने के हुन्छ ?
–– शिक्षा विभागले निर्धारण गरेको समयवधिमा सम्बन्धित विद्यालयहरुमा गएर फारम दर्ता गर्नु छुटाउनु भयो भने तपाईले पाउनु भएको स्थान वेईटीङ लिस्टमा रहेको कुनै एक विधार्थीले पाउन सक्छ । कृपया, यस विषयमा ध्यान दिनुहुन विशेष अनुरोध गर्दछु ।

नोटः तपाईलाई अरु पनि धेरै प्रश्नहरु होला ? तपाईले यही स्टाटसमा सोध्न सक्नुहुन्छ ।
 

Comment

Related News