h

News

जिल्ला अस्पतालमा औषधि बिक्री कक्ष

2016-09-17

news

बैतडी, १ असोज । जिल्ला अस्पताल बैतडीमा औषधि बिक्री कक्ष सञ्चालनमा आएको छ । सरकारको नीति अनुसार जिल्ला अस्पतालमा शुक्रबारदेखि औषधि बिक्री कक्ष सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले जानकारी दिनुभयो । “औषधि बिक्री कक्षमा बाहिरी औषधि पसलभन्दा सस्तो मूल्यमा औषधि पाइनेछ” उहाँले भन्नुभयो “तत्कालका लागि एक जना बिफर्मा र एक जना अहेवको व्यवस्था गरिएको छ ।”

    सरकारले बिरामीलाई सजिलो होस् भन्ने उद्देश्यले सरकारी अस्पतालभित्र औषधि बिक्री कक्ष सञ्चालन गर्ने नीति लिएको हो । औषधि बिक्री कक्षमा निःशुल्क रुपमा अस्पतालमा उपलब्ध हुने बाहेकका औषधि किन्न पाइने बताइएको छ ।

    जिल्ला अस्पताल परिसरभित्रै औषधि बिक्री कक्षा सञ्चालनमा आएपछि बिरामीलाई सजिलो हुने भएको छ । निःशुल्क रुपमा प्राप्त नहुने तर किन्नुपर्ने औषधि अब सजिलै किन्न सकिने बताइएको छ । रासस
 

Comment

Related News