h

News

प्रथम अन्तर्राष्ट्रिय युवा सम्मेलन असोज १५ देखि

2016-09-18

news

 काठमाडाँै, ३१ भदौ । नेपाली युवाको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन यही असोज १५ गतेदेखि भक्तपुरमा हुने भएको छ ।

 युवालाई स्वदेशमा नै उद्यमशीलता बनाई  रोजगारीमा वृद्धि गर्ने उद्देश्यका साथ राष्ट्रिय युवा परिषद् आयोजना र गैरआवासीय नेपाली सङ्घको सहआयोजनामा सम्मेलन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले जानकारी गराउनुभयो ।

उहाँका अनुसार सम्मेलनमा राजनीतिक दल, सामाजिक सङ्घसंस्था र युवासँग सरोकार राख्ने ३०० युवाको सहभागिता हुनेछ । ‘युवामा सामाजिक उद्यमशीलताको विकास, सामाजिक उद्यमशीलता नै देश निर्माणको आधार’भन्ने मूल नाराका साथ हुने सम्मेलनमा अस्ट्रेलिया र  युरोप महादेश, एसियाका जापान र खाडी मुलुकमा काम गरिरहेका ५० गैरआवासीय नेपाली  सहभागी हुने छन् ।
सम्मेलनको पहिलो चरण असोज १५– १७ गते भक्तपुरमा युवा सम्मेलन र दोस्रो चरण असोज १७ – १८ गते दशरथ रङ्गशालामा युवा महोत्सव हुनेछ ।
 

Comment

Related News