h

News

नेपालीहरुको प्रतिनिधि नायक ध्रुव दत्त

2016-09-06

news

हङकङको नेपाली समुदायमा अभियनको क्षेत्रमा एक समय निकै चर्चा बटुलेका नायक ध्रुव दत्त चर्चामा छन् ।  बेलायततिर स्थाई बसोबास गर्न थाले पछि हङकङको अभिनय क्षेत्रमा भने उनको अभाव महशूष गर्न थालिएको छ । हङकङमा चाँहि चलचित्र अभिनय सम्बन्धि गतिविधिहरु पनि विस्तारै शून्य भइरहेको छ ।

म्यूजिक भिडियो र साना पर्दाका चलचित्रहरु केही वर्ष पहिले प्रशस्तै बने पनि पछिल्लो दुई वर्षहरुमा यो क्रम पनि शून्यशरी नै भएको छ । सबै खाले चलचित्रहरु बन्न छाडेका छन् । हङकङको नेपाली समुदायमा अभिनय र मोडलिङ क्षेत्र कमजोर नै थियो । त्यस माथि  नेपाली समाज चलचित्रको क्षेत्रमा विस्तारै गतिविधि शून्य भइरहेको छ ।

ध्रुव दत्त हङकङेली नेपाली समुदायमा चर्चा पाएका नायक कलाकर थिए । बेलायती नेपाली समुदायमा घुलमिल हुने पुगेका उनी बेलायततिर स्थानान्तरण भए पनि नेपाली चलचित्रको क्षेत्रमा स्थापित नायकको रुपमा आफ्नो स्थान बनाउने शुभसंकेत दिइरहेका छन् । तुलसी घिमिरेको निर्देशनमा बनेको चलचित्र मृगतृष्णामा अभिनय गर्न पाएका उनी अहिले आएर एकाएक चर्चामा छन् ।

नायक ध्रुव १९९४ सालमा हङकङ आएका थिए । लभगभ १५ वर्षसम्म हङकङमा रही मोडलिङ र अभिनय क्षेत्रबाट नेपाली समुदायमा उल्लेख्य योगदान दिएका थिए । नेपाली समुदायकालागि आफू र आफ्नो क्षेत्रलाई मर्यादित बनाउने कोसिस गरेका थिए ।

नेपालमा रहँदै अभिनयतिर लम्किएका उनी आफ्नो करियरलाई हङकङमा तिखारेका थिए । हङकङमा रहँदा विशेषगरी म्यूजिक भिडियोहरुमा उनले अभिनय गरेका थिए । साथीभाइको हौसलाले व्यस्त जीवन बाबजुद पनि अभिनयलाई अंगालेर निरन्तरता दिन सकेका उनले अहिले आएर वर्षमा एक चलचित्रमा काम गर्ने लक्ष्य लिएका थिए र अहिले पूरा पनि गर्दै छन् ।

गुणात्मक चलचित्रहरुमा अभिनययात्रा शुभारम्भ गरेका उनले हङकङमा निर्माण भएको प्रविन बराइलीको निर्देशन तथा कृष्णबहादुर लामगादेको निर्माणमा बनेको सानो पर्दाको चलचित्र द प्लानमा अभिनय गरेका थिए । जुनचलचित्रबाट उनको नाम चर्चामा आएको थियो ।

हङकङमा रहँदै ठूलो पर्दाको विष नामक चलचित्रमा नेपालका महानायक राजेश हमाल र निखिल उप्रेतीसँग अभिनय गर्न पुगेका उनले अभिनयको वास्तविक रस त्यसैबेलादेखि पाएका हुन् । शंकर घिमिरेले निर्माण गरेको यस चलचित्र नेपालका विभिन्न गाउँशहर अनि हङकङ र युकेमा समेत प्रदर्शन भएको थियो । उक्त चलचित्रमा ध्रुवले सहनायकको अभिनय गर्ने अवसर पाएका थिए । घिमिरेकै निर्देशनमा बनेको देशभक्ति चलचित्र वीरताको चिनोमा नेपालका नाम  चलेका कलाकारहरु विराज भट्ट, सुमन सिंह र कल्याण घिमिरेसँग अभिनय गर्ने अवसर पाएका थिए ।

ध्रुवको चलचित्र अभिनय यात्रामा यतिमै समाप्त भएको छैन उनले आफ्नो करियरका चौथो चलचित्रको रुपमा नेपालका सबैभन्दा प्रतिष्ठित निर्देशक तुलसी घिमिरेले निर्देशन गरेको चलचित्र मृगतृष्णामा अभिनय गरेका थिए । जुन चलचित्रमा विराज भट्टसँग पुनः अभिनय गर्ने अवसर पाए र अभिनयलाई निख्खार्ने सुनौलो अवसर पनि पाएका थिए ।

Comment

Related News