h

News

विश्व नारी रत्न ः वानीरा गिरी

news

मान्छे जूनको अनुहार
अघिल्तिर प्रकाश र उज्यालो
पछिल्तिर कुरूपता र अनन्त अन्धकार
यस अर्थमा जून
एउटी किचकन्नी हो ।

डा.वानीरा गिरीका कवितामा गहनता ढाकिएका हुन्छन्, वास्तविकता ओगटिएका हुन्छन् र यथार्थता भरिएका हुन्छन् । गिरी कवितामा जीवन लेख्छिन् र जीवनै कवितामा लेख्छिन् । गिरीका भावभावमा अर्थको साङ्ले पुल जोडिएको हुन्छ । त्यसैले उनी कवितामय धर्तीको गीत लेखेर थाक्तिनन्, काव्यमा प्रकृतिको रेखाङ्कन गरेर अघाउदिन र सृजनामा जीवनको यथार्थ बेहोरा लेखेर हराउदिनन् । त्यसैले उनी लेखन विन्दुको अजर धाराकी नायिका बनिन् । खासगरेर उनी कवितामा नै फुलिन्, कवितामा नै फक्रिन् र कवितामा नै सुगन्धित जाही, जुही र चमेली नै बनिन् । उनका कवितामा एकातिर दर्शनले साँध लगाएको हुन्छ भने अर्कातिर उनका काव्यात्मक विम्बमा लालुपाते फुलेको हुन्छ । उनी प्रकृति, जीवन र जगत्का प्रसङ्गलाई अलङ्कारमय बनाउँछिन् । उदाहरणका लागि भन्ने हो भने जूनअगाडि जति सुन्दर भए पनि त्यसपछिको भाग कालै हुन्छ; अर्थात् त्यहाँ सायद किचकन्नी पनि बसेकी हुन्छे । मान्छे अगाडि मुखले ठिक्क पार्छ तर पछाडिपट्टिबाट उसले आफन्तकै डँडेल्नामा छुरी पनि हान्छ । वानीरा गिरीको परिभाषाबाट हेर्ने हो भने मान्छेहरू मध्येकै मान्छे पनि किचकन्नीको अर्को रूप हुन सक्छ ।

वानीरा गिरी शाश्वत चिन्तनकी धनी स्रष्टा हुन् । उनी बौद्धिक धारामा पनि त्यतिकै बाँधिएकी छिन् । त्यसैले पनि यिनको साहित्यिक मर्यदाले देशदेशान्तर ढाकेको छ । नेपाली साहित्यको श्रीवृद्धिमा उनको योगदान उच्चकोटिको छ । नेपाली नारी सृजनाको इतिहासमा उनको पाइलाले गरिमामय स्थान ओगटेको छ ।  प्रथम नारीस्रष्टा ललितत्रिपुरसुन्दरीदेखि बर्तमान पुस्तासम्मकै हिसाव जोड्ने हो भने पनि डा.गिरी नेपाली भाषासाहित्यको बौद्धिक शङ्कराचार्य हुन् । उनी सृजनात्मक चिन्तनकी शिखर नारी हुन् । यसैले उनी नेपाली साहित्यमा सर्वत्र पुजिएकी नारीचुलीमा नै दरिइन् । यी सबै जोडघटाउले उनी विश्व नारी नेपाली साहित्य रत्नमा नै स्थापित भइन् ।   

वानीरा गिरीको न्वारनको नाउँ सत्यदेवी थियो । उनको जन्म दार्जिलिङको खरसाङमा २००३ साल चैत २९ गते भएको थियो । इन्द्रराज गिरी र जानुकादेवीका पाँच जना सन्तानमध्ये सबैभन्दा कान्छी छोरीका रूपमा वानीरा गिरीको जन्म भएको थियो ।

वानीरा गिरी सानामा रोगी थिइन् । तर पनि उनी ज्ञानी थिइन् । उनले चार वर्षदेखि नेपाली वर्णमाला पढ्न थालिन् । त्यति बेला उनी आफ्नै गाउँको स्कट मिसन स्कुलमा पढ्ने गर्थिन् । त्यस स्कुलबाट उनले चार कक्षा उत्तीर्ण गरिन् । उक्त स्कुलमा पढुञ्जेल उनी कक्षा एकदेखि चारसम्मनै प्रथम भइरहिन् । पाचौं कक्षादेखि उनलाई त्यहीँको सेन्ट जोसेफ स्कुलमा स्थानान्तरण गरिएको थियो । त्यस स्कुलमा उनी कहिले प्रथम र कहिले द्वितीय हुन्थिन् । साथै त्यही स्कुलबाट उनले २०१६ सालमा एसएलसी पास गरेकी थिइन् ।

वानीरा गिरी गिरीपरिवारकी सबैभन्दा कान्छी छोरी भएकीले पुल्पुलिएकी पनि थिइन् । साथै उनको पढाई लेखाई पनि परिवारका अरु केटाकेटीको भन्दा निक्कै राम्रो थियो । त्यसैले बानीरालाई उनका अभिभावकहरुले घरायसी कामधन्धा गर्नुको साटो पढ्नका लागि नै प्रोत्साहित गरे । जसले गर्दा उनको काम पढाई, पढाई र पढाई मात्र हुने गथ्र्यो । यति हुँदाहुँदै पनि उनी कहिलेकाँही घरायसी कामकाज पनि रुचिपूर्वक गर्थिन् । उनले गरेको काम घरमा सबैले मन पराउँथे । किनभने उनी जे काम गर्थिन् मनैले गर्थिन् र राम्रोसँग गर्थिन् ।
वानीरा गिरी स्वावलम्बनप्रति जागरुक थिइन् । साथै अर्थ उपार्जन गर्नुपर्छ भन्ने ज्ञान बानीरालाई सानैदेखि थियो । यसै तारतम्यमा किशोरावस्थामा पुगेका बेला उनले आफ्ना ठूलाबुबासँगसँगै हाटबजार पुगेर कपडा बेच्ने काम पनि गरिन् । बानीराले ग्राहकलाई कलात्मक तरिकाले आकर्षित गर्थिन् । उनले व्यवसाय प्रवद्र्धन गरेको देख्दा त्यसबेला उनका ठूलाबुबा श्रीराम गिरी पनि छक्कै परेका थिए ।

वानीरा गिरी सात वर्षकी हुँदा उनकी आमा स्वर्गीय भइन् । त्यसपछि उनका बुबा इन्द्रराज गिरी र साइँला ठूला बुबाश्रीराम गिरी ले उनलाई बोकीबोकी हिँडे । छोरीको पढाइलेखाइबाट उनीहरू धेरै सन्तुष्ट थिए । त्यसैले उनीहरू छोरीको भविष्य लगेर डाक्टरमा जोड्न चाहन्थे । सोहीअनुरूप वानीराले पनि आईएस्सी पढिन् । आईएस्सीको अन्तिम परीक्षा आउनु केही दिनअघि वानीराको टाउकामा एउटा सिङ्गो पहाड आएर बज्रिएको थियो । भनूँ त्यस घडी उनका बुबाको स्वर्गारोहण भएको थियो । त्यसपछि वानीराको जीवन आँधीहुरीभित्रको जहाजझैँ हुन थाल्यो । तर पनि पुनः परीक्षा दिएर उनले आईएस्सी चाहिँ पास गरिन् ।

बुबाको निधन हुनु भनेको वानीरा गिरीकोे जीवनको यात्रा पिटिक्कै भाँचिनु थियो । तर उनले आफ्नो जीवनलाई भाँचिनबाट जोगाइन् । त्यसपछि उनलाई आर्थिक अवस्थाले भने सारै सतायो । तर पनि उनी आत्तिइनन् । उनी आफ्नो यात्रामा कलिला पैताला फट्कार्दै अगि बढिन् । खास गरेर उनले त्यस घडी कथा, कविता र निबन्धहरू पनि लेखिन् । त्यति बेला उनको त्यो लेखन आत्मसन्तुष्टिका लागि मात्रै नभएर पारिश्रमिक लिने अभिप्रायद्वारा पनि प्रेरित थियो ।

वानीरा गिरी सानैदेखि कवितालेखनमा जोडिएको नाउँ थियो । एघार वर्षकै उमेरमा उनी कवितालेखनमा पुरस्कृत भइसकेकी थिइन् । उनका विषयमा ईश्वरवल्लभले पनि भने “बहिनी वानीरा एउटी सशक्त कवयित्री थिइन् । उनको भविष्यको काव्यभूमिको राप मैले त्यतिबेलै देखेको थिएँ । त्यसैले अगमसिंह गिरीले आयोजना गरेको कविगोष्ठीमा मैले उनलाई पुरस्कारस्वरूप केही कृति दिएको थिएँ ।”

वानीरा गिरीको जीवनमा परेका वज्रपातले उनी साहित्यको गुभो बनिन् । तर बुबाको निधनपछि वानीराको उच्च शिक्षा लिने सपना भने झन्नै चकनाचुर पनि भएको थियो । अनि उनले आफ्नो जीवनको सपना धान्न जागिर खाइन् । अथवा भनौं त्यति बेला उनले बीए पढ्दै स्कुल पढाउँदै गर्न थालिन् । अनि बिहान बेलुका उनले ट्युशन पनि पढाइन् । यसै रीतमा उनले २०२२ सालमा उत्तर बङ्ग विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरिन् ।

स्तरीय पढाई, दार्जीलिङ जिल्लाभरिका वादविवाद प्रतियोगिताहरुको विजेता, काव्य लेखन  तथा खरो र स्पष्ट व्यवहारजस्ता विविध पक्षमा दार्जिलिङमा वानीरा गिरीलाई सबैले मन पराउने गर्थे । उनी जसरी कथा, कविता लेख्थिन् त्यसै गरी स्कुलमा आयोजित सांस्कृतिक कार्यक्रममा सहजतापूर्वक भाग लिने गर्थिन् । तेस्रो कक्षामा उनले सर्वप्रथम कलाकारको भूमिका पनि निर्वाह गरेकी थिइन् । चौथो कक्षामा पनि यिनले नाटकमा आफ्नो भूमिका देखाएकी थिइन् । चाहे वक्तृत्वकलामा होस्, चाहे नाटकमा होस्, चाहे कविता सृजना र काव्य पाठमा भाग लिएर नै होस् उनी हरेक प्रतियोगितामा प्रथम हुन्थिन् र कहीँ कतै द्वितीय पनि हुन्थिन् । कविता प्रतियोगितामा पनि उनको स्तर अग्रपङ्क्तिमा नै हुन्थ्यो । यिनी आपूm मात्र कविता लेख्तिनथिन् अरूहरूलाई पनि प्रोत्साहन दिन्थिन् । उदाहरणका लागि भन्ने हो भने त्यस बेला यिनले ‘मुटु’ नाउँको हस्तलिखित पत्रिका पनि निकालिन् । एघार वर्षको उमेरमा एउटी बालिकाले भित्तेपत्रिका सम्पादन र प्रकाशन गर्दा स्कुलका सम्पूर्ण शिक्षकहरू छक्क पर्थे ।

वानीरा गिरीले स्नातक गरेपछि एमए पढ्ने पनि रहर गरिन् । तर त्यसबखत उनका अगाडि त्यो विषय त्यति सम्भव नै थिएन । यति हुँदाहुँदै पनि दैवको बेठी बजेर उनका लागि एमए पढ्ने वातावरण निर्माण भयो । कुरा के भने, सिद्धिचरण श्रेष्ठले दार्जीलिङका कविहरूलाई चिठी लेख्ने क्रममा गिरीलाई पनि चिठी लेखेका थिए ‘नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा प्रथम कविता महोत्सव हुँदैछ । त्यसमा भाग लिन हुन यहाँलाई अनुरोध गरेको छु ।’ अनि त्यस प्रतियोगीतामा उनले पनि भाग लिइन् । ‘नैतिकता’ शिर्षकको कविता प्रतियोगितामा भैरव अर्याल प्रथम भए भने उनी द्वितीय भएकी थिइन् । त्यस अवसरमा राजा महेन्द्रका हातबाट उनी नगद र पदक सहितले पुरस्कृत भएकी थिइन् । उनलाई सम्मान गरेकै बेला राजाले उनीबारे उनीसँगै गहिरो जिज्ञासा राखेका थिए । त्यसै बेला उनले राजा समक्ष भनेकी थिइन ‘उता नेपाली विषयक एमए छैन । नेपालमा आएर पढ्ने वातावरण पाउँ ।’ अनि उनी दार्जिलिङ पुग्दानपुग्दै उनले एउटा पत्र पनि पाइन् ‘त्रिभुवन विश्वविद्यालयमा एमए पढ्न श्री ५ महेन्द्र छात्रवृत्तिमा वानीरा गिरी मनोनयन हुनु भएको छ ।’ वास्तवमा महेन्द्र छात्रवृत्तिको सुरुवात पनि त्यसै बेलादेखि भएको थियो ।    

वानीरा गिरी २०२२ सालमा काठमाडौं आइन् र एमएमा भर्ना लिइन् । भारतीय विद्यार्थीलाई नेपाली पढ्ने छात्रवृत्तिअन्तर्गत उनले मासिक तीन सय रूपियाँ छात्रवृत्ति पाएकी थिइन् । साथै त्यसै बेला उनले रेडियो नेपालमा पनि सम्पादनको काम गरेकी थिइन् । उनी पढ्न र आफ्नो काममा उत्तिकै मिहेनत गर्थिन् ।

यौवनावस्थाको माधुर्यले छोएकै बेला वानीरा गिरीले आफ्नी भाउजू मार्फत शङ्कर गिरीको फोटो दार्जिलिङमा नै देखेकी थिइन् । उनको दिल त्यसैबेलादेखि त्यही फोटोमा बसिसकेको थियो । शङ्कर गिरी भन्नु उनकी भाउजूका नातेदार हुन् । अनि वानीरा काठमाडौं टेकेकै वर्षमा शङ्कर गिरीसँग पनि उनको परिचय भयो । अन्ततः २०२३ सालमा इन्जिनियर गिरीसँग वानीरा गिरीको वैवाहिक जीवन गाँसियो ।

नेपाली विषयमा एमए उत्तीर्ण भएपछि वानीरा गिरीले ललितकला क्याम्पसमा पढाउने काम पाइन् । केही समयपछि उनी पद्मकन्या क्याम्पसमा पनि पुगिन् । त्यति बेलासम्ममा उनी एउटी सशक्त कवयित्रीका रूपमा पनि यस शहरमा स्थापित भइसकेकी थिइन् ।
वानीरा गिरीले त्रिभुवन विश्वविद्यालयबाट नै एमएड् पनि गरिन् । पढाईमा उनको हौसला अझै चुलिँदै गयो । त्यसपछि उनले विद्यावारिधि गर्ने सोच बनाइन् । उनले यस विषयमा एउटा चिन्तन गरिन् र आपूmलाई मन पर्ने कविलाई पीएच्डीको नायक छानिन् । अनि उनले विषय बनाइन् ‘गोपालप्रसाद रिमालका काव्यमा स्वच्छन्दतावाद ।’ यसै विषयमा वानीराले पीएच्डी गरिन् र नेपाली साहित्यमा पीएच्डी गर्ने उनी प्रथम विश्व नारी भइन् ।

वानीरा गिरीले बाल्यकालदेखि नै आपूmलाई साहित्यतर्पm लगाए तापनि पहिलोपल्ट उनको औपचारिक कविता २०२० सालमा छापिएको थियो । डीके खालिङको सम्पादनमा दार्जिलिङबाट प्रकाशित ‘दियो’ मा ‘मेरो साथी भन्छ’ शीर्षक कविता छापिएपछि गिरी जनसमक्ष प्रस्तुत भएकी हुन् । त्यसपछि उनी कवितालेखनमा क्रमशः चम्कँदै गइन् । दार्जिलिङका विभिन्न पत्रपत्रिकाका अतिरिक्त काठमाडौंका पनि अनगिन्ती पत्रपत्रिकामा उनका रचनाहरू प्रकाशित भइरहे । कृतिकारका रूपमा चाहिँ उनी २०३१ सालमा देखापरिन् । त्यति बेला उनको ‘एउटा एउटा जिउँदो जङ्गबहादुर’ नामक कवितासङ्ग्रह प्रकाशित भयो । त्यसपछि २०३४ सालमा यिनको अर्को कवितासङ्ग्रह ‘जीवनः थायमरू’ प्रकाशित भयो अनि २०३५ सालमा उनको ‘कारागार’ नामक उपन्यास प्रकाशनमा आयो । ‘मेरो आविष्कार’ नामक उनको आत्मकाव्य पनि २०४१ सालमा प्रकाशित भयो । त्यसै गरी २०४२ सालमा उनले ‘निर्बन्ध’ नामक उपन्यास प्रकाशनमा ल्याइन् भने २०५६ मा उनको अर्को उपन्यास ‘शब्दातीत शान्तनु’ प्रकाशित भयो । साथै उनले २०६७ सालमा निबन्धसङ्ग्रह लेखिन ‘पर्वतको अर्को नाम पार्वती’ । अनि ‘काठमाडौं काठमाडौं’नामक कवितासङग्रह. २०६८ सालमा प्रकाशित भयो । २०६९ सालमा प्रकाशित निबन्धसङ्ग्रह ‘जङ्गल जङ्गल’ पनि उनका अरू कृतिकै हाराहारीमा र्चिर्चत बन्यो । खास गरेर उनको ‘शब्दातीत शान्तनु’ भने नेपाली साहित्यमा निकै प्रसिद्ध कृति मानिन्छ । अनि त्यही कृतिले २०५६ सालको साझा पुरस्कार पनि प्राप्त ग¥यो । उनका केही कृति अङ्ग्रेजीभाषामा पनि प्रकशित भएका छन्।  

वानीरा गिरीले त्रिमूर्ति निकेतनबाट गठित विश्व नारी नेपाली साहित्य सम्मेलनबाट २०६९ सालमा विश्व नारी नेपाली साहित्य रत्नको उपाधि पाइन् । यसअघि नै उनी प्रबल गोरखादक्षिणबाहुबाट पनि विभूषित भएकी थिइन् । उनी महेन्द्र विद्या भूषण ‘क’, र रत्नश्री स्वर्ण पदकबाट पनि सम्मानित स्रष्टा हुन् । साथै उनले अमेरिकाबाट इन्टरनेशनल भिजिटिङ फेल्लोसिप पनि पाएकी थिइन् ।

वानीरा गिरीले नेपालका विभिन्न भूभाग घुमिन् । उनले  भारतका पनि विभिन्न ठाउँ डुलिन् । साथै यिनी २०३३ सालमा अफ्रो एसियाली लेखक सम्मेलनमा भाग लिन सोभियत रुस गएकी थिइन् । नेपाली साहित्यलाई शिरमा भिरेर त्यहाँ पुग्ने प्रथम स्रष्टा महाकवि लक्ष्मीप्रसाद देवकोटा थिए भने वानीरा गिरी दोस्रो साहित्यकार थिइन् । नेपाली साहित्यको प्रतिनिधित्व गर्दै उनी भारत, पाकिस्तान, वाङ्लादेश, जापान, फ्रान्स र अमेरिकासम्म पनि पुगेकी थिइन् ।

बौद्धिक सुन्दरी, मनकी सुन्दरी र तनकी सुन्दरी वानीरा अन्ततः धनकी पनि सुन्दरी बनिन् । उनले काठमाडौंको वानेश्वरस्थित मीनभवनमा एउटा भव्य, आकर्षक र राम्रो घर ठड्याइन् । वास्तवमा वैवाहिक जीवनमा गाँसिएपछि उनका जीवनमा कहिल्यै पनि आर्थिक सङ्कट आएन । उनका छोराबुहारी र छोरीज्वाइँ पनि सम्पन्नताकै शिखर आरोहित छन् ।
डा. वानीरा गिरी स्पष्ट स्वभाव भएकी स्रष्टाको नाउँ हो । राम्री भएर पनि सादा र स्पष्ट भएर पनि सरल जीवन बिताउनु गिरीको वैयक्तिक विशेषता मानिन्छ । उनी सत्य माथिकी विजय हुन् । उनले कुनै पनि बाजी जित्नका लागि पनि कहिल्यै असत्य बोलिनन्  

वानीरा गिरीको भावभूमितर्पm चहार्दा उनी वास्तविकतालाई आधार बनाई सृजना गर्ने स्रष्टा हुन् । उनको लेखनमा अस्तित्ववादी र निस्सारतावादी दृष्टिकोणले मितेरी लगाएको पाइन्छ । समाज र मानवीय दृष्टिकोणलाई उनका रचनाले थप अँगालो मारेको पाइन्छ । लेखनमा सरलता, सहजता र सरसताका कारणले नै नेपाली साहित्यजगत्मा माथिल्लो स्थानमा उनको पाइलो टेकिएको हो ।

वानीरा गिरीका पति शङ्कर गिरी वानीराका पथ हुन् । वानीराका हरेक क्षणहरूमा उनका पतिले जलपाती समर्पण गरिरहे । त्यसैले उनले आफ्नो जीवनलाई झनझनै खार्ने काम पनि गरिन् । एक छोरा अपूर्व तथा एक छोरी अपराजिताका माझमा उनले लेखेरै सारा पृथ्वीमा आफ्नो वर्चश्व स्थापित गरिरहिन् । आफ्नो प्राध्यापकीय जीवन र साहित्यिक परिवेश गाँस्तैगाँस्तै वानीरा गिरी नेपाली भाषासाहित्यकी समकालीन पुस्ताकै टाकुरो स्रष्टा मानिइन् ।

वानीरा गिरीका जीवनमा जति उतारचढाव आए उनी त्यति नै सबल, सक्षम र सक्रिय रूपमा जीवनका वास्तविकतासँग लुकामारी खेल्दै हिँडिन् । त्यही परिवेशमा उनी कतै नअलमलिई हिँडिरहिन् । उनको गन्तव्य भनेकै नेपाली साहित्यको उचाईलाई झन उचाई पु¥याउने भइरह्यो । उनको त्यही निष्ठाले उनी विश्व परिवेशको नेपाली साहित्यको सृजनामा अमरप्राज्ञका रूपमा रूपान्तरित भइन् । उनले सधैं जीवन्त कविता लेखनमा नै आफ्नो अस्तित्व बाँधिन् । वास्तवमा लेखनबाटै उनी सग्लो वानीरा गिरी भइन् । त्यसैले उनी आफ्नो काव्यात्मक व्यक्तित्व जनसमक्ष पु-याउन पनि कहिले चुकिनन्् ः

तिम्रो हृदयको नदेखिने पानामा
एउटा सम्बोधन कुँद्छु, खोप्छु
सखा !
यस हिमवत खण्डका
शिखर चुलीहरुलाई साक्षी राख्तै
तिमी मेरा संज्ञा हौ
म तिम्रो अभिशून्यत

Comment

Related News